Skip to main content

धनगढी न्यूज

Breaking News 1

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी: बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्। जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ। जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए। पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरेहका उनले जानकारी दिए। उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।…
Read More
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि एमालेबाट ६८ जना सिफारिस

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि एमालेबाट ६८ जना सिफारिस

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेशका विभिन्न जिल्लाबाट एकल नामसहित विभिन्न आकांक्षीको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ। पार्टी उपमहासचिव लेखराज भट्टलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल नाममा सिफारिस गरिएको छ। भट्टको नाम डोटीबाट समेत सिफारिस गरिएको छ। त्यसैगरी दार्चुलाबाट पार्टी केन्द्रीय सदस्य गणेश ठगुन्ना, बैतडीबाट केन्द्रीय सदस्य दामोदर भण्डारी र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट डाक्टर दिपकप्रकाश भट्टलाई पनि एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। दार्चुला जिल्लाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी सिफारिस हुँदा बझाङबाट ऐन महर, मोहनराज जोशी र धनलक्ष्मी…
Read More
स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध 'हाडनातामा जबर्जस्ती करणी' मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। १३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्‍याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा उल्लेख गरिएको छ। सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौं कालिमाटीमा डेरा गरी बस्दै आएका थिए। बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन्। आमा बिहान-बेलुका चिया बेच्छिन्। बालिकाको एक भाइ छ। १३ वर्षीया बालिका कालिमाटीको एक विद्यालयमा कक्षा-७ मा पढ्छिन्। उनी घरकी जेठी हुन्।…
Read More
फैसला कार्यान्वयनको दबाबपछि मन्त्री थापासहित १२ जनाले कैद किने

फैसला कार्यान्वयनको दबाबपछि मन्त्री थापासहित १२ जनाले कैद किने

धनगढी:  सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापासहित १२ जनाले कैद सट्टा जरिबाना तिरेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार उनीहरूले कैद किनेका हुन्। जेल ब्रेकसम्बन्धी मुद्दामा मन्त्री थापासहित २१ जनालाई छ महिना कैद सजाय बाँकी थियो। तीमध्ये १२ जनाले प्रतिदिन ३०० रुपैयाँका दरले जरिबाना तिरेका छन् भने चार जनाको मृत्यु भइसकेको छ। पाँच जनाले अझै कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत कञ्चनपुरका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए। “उहाँहरूलाई छ महिनाको कैद भएको थियो,” ओझाले भने, “दिनको तीन सय रुपैयाँका दरले कैदको जरिबाना तिर्न सकिने दफा १५५ को सुविधा छ। सोही अनुसार रकम…
Read More
यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंगो लगाउन थालेको छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसँगको छलफलपछि एमालेले सात सिट पाउने टुंगो लागेको छ। त्यसपछि एमालेले नाममा छलफल चलाउन थालेको हो। यद्यपि नामको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिएका छन्। कोशी प्रदेशमा एमालेले महिला लिने प्रारम्भिक सहमति भएको छ। एमालेले महिला क्लस्टर लिए त्यहाँबाट रोशनी मेचे वा केन्द्रीय सदस्य मेनुका काफ्लेमध्ये एक जना उम्मेदवार बन्ने टुंगो लागेको छ। मेचे ओली प्रधानमन्त्री हुँदा सचिवालयमा थिइन्। उनी झापाको लोपोन्मुख समुदायकी हुन्। काफ्लेको नाम प्रतिनिधि सभाको समानुपातिकको सूचीमा पनि छ। मधेस प्रदेशमा पनि एमालेले महिला लिने सहमति भएको…
Read More
मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् । ‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’…
Read More
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

धनगढीः कैलालीको गेटामा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो। शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डाक्टर डम्बर पालले बताए। यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो। सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको…
Read More
ट्रम्पले किन भने मदुरोलाई ‘कार्टेल अफ द सन्स’, लागुऔषध तस्करी अभियोगमा के छ?

ट्रम्पले किन भने मदुरोलाई ‘कार्टेल अफ द सन्स’, लागुऔषध तस्करी अभियोगमा के छ?

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी अदालतमा लागुऔषध तस्करीसम्बन्धी गम्भीर अभियोगहरू सामना गरिरहेका छन्। तर विश्लेषकहरूका अनुसार उनलाई दोषी ठहर्‍याउन हतियार, लागुऔषध र अवैध धन आर्जनमा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने प्रमाणहरू प्रस्तुत गर्नुपर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै क्याराकासमा सैन्य आक्रमण गरी मदुरोलाई उनकै निवासबाट पक्राउ गरेका थिए। यो सैन्य कारबाहीपछि ट्रम्पले उनलाई 'कार्टेल अफ द सन्स' को प्रमुखका रूपमा चित्रण गरेका छन्। सोमबार न्यूयोर्कको अदालतमा मदुरोमाथि नार्को–आतंकवाद, कोकिन आयात षड्यन्त्र र हतियारसम्बन्धी चार अभियोग लगाइएको छ, जसमा मदुरोले आफू निर्दोष रहेको दाबी गरेका छन्। अभियोगपत्रमा मदुरोले लागुऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बाँडेको उल्लेख छ। त्यस्तै, राष्ट्रपति भवनमा गुरिल्ला…
Read More
चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द

चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द

कञ्चनपुरः केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन्। चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन्। विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ। चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन्। यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता…
Read More
बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडी: बैतडीमा दुई भाइ भण्डारी र चन्दबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। बैतडीबाट दामोदर भण्डारी र हरिमोहन भण्डारी तथा चतुरबहादुर चन्द र भुपेन्द्र चन्दले एक-आपसमा चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमाले बैतडीले आगामी निर्वाचनका लागि निवर्तमान मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल सिफारिस गरेको छ। जिल्ला कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सिफारिस गरेको हो। जेन्जी आन्दोलन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेको भण्डारीले २०७० सालको संविधान सभाको निर्वाचन यता निरन्तर तीनवटा चुनावमा विजय हासिल गरेका उम्मेदवार हुन्। उनलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष नरेश विकले बताए। जिल्ला…
Read More