Skip to main content

धनगढी न्यूज

Breaking News 1

इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले? भगवती पाण्डे भगवती पाण्डे बुटवल, पुस २१

इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले? भगवती पाण्डे भगवती पाण्डे बुटवल, पुस २१

रूपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा रहेको १९ दिन पुग्यो। रूपन्देही प्रहरीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेको छ। तर इशानको परिवारले भने इशानको हत्या भएको दाबी गर्दै आएको छ। इशानलाई ठक्कर दिने गाडी, त्यसका चालक र गाडी भगाउन सहयोग गर्ने व्यक्तिलाई समेत पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तर आफन्त र परिवारले हत्या भएको भन्ने दाबी नछाडेपछि घटना थप पेचिलो बनेको छ। कञ्चन गाउँपालिका-३ धौलागिरि टोलका इशान गत पुस २ गते विद्यालयमा तेक्वान्दो सिकाएर घर फर्किएका थिए। घर फर्किएपछि उनी साँझ साढे ५ बजेतिर साथीहरूसँग जिम जाने भन्दै घरबाट थकाली चोकतिर…
Read More
कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

कैलाली–२ मा एमाले उम्मेदवार सिफारिस प्रति असन्तुष्टि, सूर्य बहादुर थापाको नाम छुटेपछि आपत्ति

कैलाली: नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गर्ने क्रममा लोकप्रिय नेता सूर्य बहादुर थापाको नाम समावेश नगरेपछि असन्तुष्टि देखिएको छ। पार्टीले झपट रावल, कमला कुमारी ओली र महादेव बजगाईंको नाम सिफारिस गरेको जनाएको छ। तर लामो समयदेखि क्षेत्रीय राजनीतिमा सक्रिय, कार्यकर्ता र जनतामाझ लोकप्रिय मानिएका सूर्य बहादुर थापाको आकांक्षा हुँदाहुँदै पनि नाम छुटाइएकोप्रति उहाँका समर्थक तथा शुभेच्छुकहरूले आपत्ति जनाएका छन्। सूर्य थापा सँग निकट स्रोतका अनुसार उहाँले उम्मेदवारीको दाबी प्रस्तुत गर्नुभएको थियो। “उहाँको स्पष्ट दाबी हुँदाहुँदै पनि नाम सिफारिस नगरिनुमा हामी सहमत छैनौँ,” स्रोतले भन्यो। क्षेत्रमा विकासप्रेमी नेता तथा जनताका सुख–दुःखका साथीका रूपमा…
Read More
बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?

बालेन पक्षबाट काे–काे बन्दैछन् रास्वपामा पदाधिकारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा ४ पदाधिकारी थप गर्ने निर्णय भएको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय भएको हो । रास्वपासँग कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले एकता हुँदा थपिएको एक उपसभापति कुलमान घिसिङले लिने यसअघि नै सम्झौता भइसकेको छ । महामन्त्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियाे छ । बालेन समूहले लम्सालको नाम प्रस्ताव गरेको छ । उनी मेयर बालेनका पूर्वाधार सल्लाहकार थिए । यस्तै  सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह बन्ने सम्भावना छ । थपिएको पदहरूमा दोस्रो वरीयतासहित कुलमान घिसिङ उपसभापति र सह…
Read More
अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा

अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा

अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको केही घन्टामै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारे — अमेरिकी अपरेसनको एउटा मुख्य उद्देश्य भेनेजुएलाको तेलमाथि नियन्त्रण गर्नु हो। 'हामी विश्वकै सबभन्दा ठूला अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने छौं। उनीहरूले अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने छन् र देशका लागि आम्दानी सुरू गराउने छन्,' ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा भने। मदुरोको पक्राउ र ट्रम्पका यी अभिव्यक्ति यस्तो समय आएका छन्, जब विश्वकै सबभन्दा ठूलो तेल भण्डारमध्ये एक रहेको भेनेजुएलामा लगानी गर्न ठूला तेल कम्पनीहरू हतोत्साहित छन्। उनीहरूले विगतमा भेनेजुएलामा काम गर्दा खराब अनुभव भोगेका थिए। शनिबारको सैन्य कारबाहीपछि…
Read More
बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्कामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर दीपक बिक्रम शाहसहित १४ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का प्रक्रियामा सुरुदेखि नै मिलेमतो गरिएको पाइएको छ । प्रचलित कानुनविपरीत लक्षित बोलपत्रदातालाई ठेक्का दिन योग्यता शर्त तथा मापदण्ड बदनियतपूर्वक परिवर्तन गरिएको र बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरेर नगरपालिकालाई ठूलो आर्थिक हानी नोक्सानी पुर्‍याइएको आयोगको ठहर छ । यस प्रकरणमा अख्तियारले धनगढीस्थित जागृति/एमके/नेपाल जेभी, उक्त जेभीका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहविरुद्ध पनि कैद र बिगो मागदाबी…
Read More
रास्वपा–उनेपा एकता : सहमतिको एक हप्ता नपुग्दै चुलियो असन्तुष्टि

रास्वपा–उनेपा एकता : सहमतिको एक हप्ता नपुग्दै चुलियो असन्तुष्टि

पार्टी एकता सहमति भएको एक हप्ता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा)बिच विवाद चर्किएको छ । एकता सहमतिलाई बाइपास गरी रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप उनेपाले लगाएको छ । साथै संघीयता र गणतन्त्रको विषयमा रास्वपाको प्रस्ट लाइन नआएसम्म एकता नहुने उनेपाका नेताहरूले बताएका छन् । निर्वाचन आयोगमा रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो तर्फबाट १८ जनाको नाम सिफारिस गरेको तर उनेपाको १४ जनाको मात्र नाम परेपछि ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङ रुष्ट बनेका छन् । उनेपाका एक नेताले संघीयता र गणतन्त्रको विषयमा रास्वपा नेतृत्वले प्रस्ट नपारेसँगै एकता वा सहकार्य हुन नसक्ने…
Read More
वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

वीरगञ्जमा तनाव, मधेशभर बढाइयो सुरक्षा सतर्कता

२० पुस, जनकपुरधाम । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा अधिकृतले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको बताए । केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरुले प्रहरीको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको…
Read More
सीमाबाट अर्बौँ हुन्छ तस्करी, राज्य नागरिकलाई गोली दाग्छ

सीमाबाट अर्बौँ हुन्छ तस्करी, राज्य नागरिकलाई गोली दाग्छ

२०८२ पुस १७ गतेको मध्यरात । सुनसरीको कोशी गाउँपालिका–१ का सिटी सफारी चालक विजय साह ६–७ बोरा चिनी र केही चकलेट लोड गरेर भारतीय सीमाबाट फर्किँदै थिए, तर त्यो रात उनको अन्तिम रात बन्यो । सशस्त्र प्रहरीको गोली उनको छातीमा लाग्यो । प्रहरी यसलाई ‘दोहोरो फायरिङ’ भने पनि स्थानीयले भने लेनदेनको विवाद मानेका छन् । कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभित नारायण यादवका अनुसार विजय साह कुनै पेशेवर तस्कर नभई परिवारको गुजारा गर्ने एक साधारण चालक थिए । ‘ऊ विपन्न परिवारको मान्छे हो, सिटी चलाएर परिवार पालिरहेको थियो । उसका दुई छोरा, एक छोरी, श्रीमती र बिरामी आमा हुनुहुन्छ । ऊ…
Read More
बारा-३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

बारा-३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

नेकपा (एमाले)ले बारा-३ बाट मतदान गरेर उम्मेदवार छानेको छ। एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा सहमति नजुटेपछि बारा-३ मा मतदान गरेर एमालेले उम्मेदवार सिफारिस गरेको हो। यसबाट अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी सिफारिस भएका छन्। एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो नम्बरमा सिफारिस भएका छन्। उनी जिल्ला अधिवेशनमा पनि संस्थापन इतरबाट उम्मेदवारी दिएर विजयी भएका थिए। त्यतिबेला उनले केपी ओली पक्षका टिना सुवेदीलाई पराजित गरी जिल्ला अध्यक्ष निर्वाचित भएका थिए। दोस्रो नम्बरमा ३७ मत ल्याएर यम समुल्लाह र ३६ मत प्राप्त गर्दै सीमा ठकुरी उम्मेदवार सिफारिस भएका छन्। निर्वर्तमा सांसद ज्वाला…
Read More
धनगढी उमनपासहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित

धनगढी उमनपासहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित

धनगढीः नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ। शनिवार प्राधिकरणको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गर्ने र नियमित महसुल बुझाउने ग्राहक सम्मानित भएका हुन्। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानरपालिका सहित उत्कृष्ट १० ग्राहकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।   सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, गोदावरी-५ मा रहेको लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि र नेपाल टेलिकम रहेका छन्। यी दश वटा ग्राहकले सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा…
Read More