Skip to main content

धनगढी न्यूज

Breaking News 1

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको २५ वर्षे यात्राका २५ रोचक तथ्य

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको २५ वर्षे यात्राका २५ रोचक तथ्य

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मानव निर्मित सबैभन्दा महँगो वस्तु हो र यो २५ वर्षदेखि निरन्तर पृथ्वीको कक्षमा घुमिरहेको छ। यसको २५ वर्षे इतिहासलाई यहाँ २५ वटा अङ्कहरूमार्फत प्रस्तुत गरिएको छ। पृथ्वीबाट करिब ४०० किलोमिटर (२५० माइल) माथि परिक्रमा गरिरहेको आईएसएस मानव जातिको सबैभन्दा महत्त्वाकांक्षी इन्जिनियरिङ परियोजनाहरूमध्ये एक हो। पहिलो ‘एक्सपीडिसन-१’ मिसनदेखि अहिलेसम्म २८० भन्दा बढी अन्तरिक्ष यात्रीहरूले यसको भ्रमण गरिसकेका छन्। यदि तपाईंको जन्म २ नोभेम्बर २००० पछि भएको हो भने, तपाईंको जीवनको हरेक पल अन्तरिक्षमा कोही न कोही मानिस बसिरहेकै छन्। बिजुली आपूर्तिदेखि बस्ने ठाउँसम्म र वाद्ययन्त्रदेखि शौचालयसम्मका कुरा समेटेर आईएसएसको २५ वर्षलाई यहाँ २५ अङ्कमा चर्चा गरिएको छ:…
Read More
कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा

कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा

धनगढी: धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरिको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन्। कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिपरि दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ। कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट वञ्चित भएकी छिन्। उनले गुनासो गरिन्, “कारागारको शौचालय र ढलबाट बग्ने फोहोर वर्षौँदेखि आफ्नो पाँच कट्ठा जग्गामा जमिरहन्छ, फोहोर जम्न थालेपछि न खेती गर्न सकिन्छ, दुर्गन्धले न नजिक जान सकिन्छ।” उनले जग्गामा विगतमा धान, गहुँ, तरकारी खेती गरेर परिवार पाल्दै आएकी थिइन। स्थानीयवासी फोहोर जम्दा हुने दुर्गन्धित वातावरणले सास फेर्नै गाह्रो हुने…
Read More
उपभोक्ता समितिलाई किन मन पराउँदैन प्रदेश सरकार?

उपभोक्ता समितिलाई किन मन पराउँदैन प्रदेश सरकार?

धनगढीः गत आर्थिक वर्षमा प्रदेश सरकारले अधिकांश योजना कोटेसनबाट कार्यान्वयन गरेको प्रदेशसभा सदस्य शिवसिंह ओलीको दाबी छ। उनले काँग्रेस र एमाले निकट ठेकेदारहरूलाई फोन गरेर सरकारले कोटेसनमा अधिकांश साना योजनाको काम गराएको सांसद ओलीको दाबी छ। प्रदेश सभा बैठकमा समेत सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत् कार्यान्वयन हुने योजना कार्यान्वयनमा लगएको  बन्देजको सांसद ओलीले बिरोध गरेका थिए। उनले सरकारले सर्वोच्चको आदेशकै अवज्ञा गरेको बताएका थिए। जेन्जी विद्रोहपछि सरकारहरुमाथि खर्च घटाउनु पर्ने चौतर्फी दबाब थियो। त्यही जगमा सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्ले असोज १० गते खर्च कटौति गर्न विभिन्न निर्णय गरेको थियो। ती निर्णयहरुमा मुख्य गरी चालु आर्थिक वर्षको बजेटमा विनियोजित पुँजीगत निर्माणतर्फ…
Read More
फेरि नजिकिए नेकपा र माओवादी, एकताका लागि नेताहरू सघन छलफलमा

फेरि नजिकिए नेकपा र माओवादी, एकताका लागि नेताहरू सघन छलफलमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबिच सघन छलफल सुरु भएको छ । कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो । त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा विप्लवले नाम परिवर्तन गरी जनयुद्धकालीन नाम माओवादी राखेका थिए । तर, निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिस्ट पार्टीलाई घेराबन्दी गर्ने, कमजोर बनाउने र सखाप पार्ने हिसाबले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै यी दुई पार्टी फेरि नजिकिएको स्रोतले दाबी गरेको छ । माघ ६ गते…
Read More
सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा

सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक सूचीमा नवीन अनुहार समेटेको छ। गत पुस १४ गते बुझाएको समानुपातिक बन्दसूचीमा यसअघि जिम्मेवारी नपाएकाहरू मात्र होइनन्, सशस्त्र द्वन्द्वमा सामेल भए पनि अवसर नपाएका सीमान्त अनुहार पनि समेटिएका छन्। तिनैमध्ये हुन् — सकिना मुस्लिम (कौशर जहाँ)। उनी २०५८ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षताका छापामार थिइन्। त्यति बेला उनको नाम रविना खान थियो। सशस्त्र द्वन्द्वभरि उनी यही नामबाट चिनिइन्। तत्कालीन अगुवा किरण डिसीले उनलाई माओवादी आन्दोलनमा समाहित हुन उत्प्रेरित गरेका थिए। कपिलवस्तुमा जन्मिएकी रविना त्यति बेला किशोर वयकी मात्र थिइन्। मुस्लिम समुदायमा जन्मे–हुर्केकी उनका लागि बाह्य संसार अपरिचित थियो। राजनीतिक…
Read More
बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्। पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।…
Read More
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू

कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू

कुलमान घिसिङले 'पहिचानको पक्षमा दृढतापूर्वक उभिने' वचन दिएपछि उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीमा सहभागी भएका पहिचानवादी नेताहरू यति बेला अनिर्णयमा अल्झिएका छन्। ऊर्जामन्त्रीसमेत रहेका कुलमानले उज्यालो नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसाउने निर्णय गरेपछि लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेका नेताहरू अलपत्र परेका हुन्। कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति भइसकेका छन्। कुलमानको उक्त कदमसँग चिढिएका पहिचान पक्षधर नेताहरूले उनको निर्णयप्रति प्रारम्भिक असहमति जनाएका थिए। आफूहरूसँग कुनै सल्लाह नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रूपमै असन्तोष जनाएका थिए भने रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्राध्यापक डा. महेन्द्र लावतीले पनि गम्भीर असहमति प्रकट गरेका थिए। कुलमान…
Read More
स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ । आज बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरासिंह सार्कीले संशोधन विधेयक टेबुल गर्नु भएको हो । गत असारमा मात्रै प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन निर्माण गरेको थियो । यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन २०८२ सभाबाट सर्वसम्मतले स्वीकृत गरिएको छ । समितिको सभापति अक्कलबहादुर रावलको प्रस्तावमा प्रतिवेदनलाई सर्वसम्मतले स्वीकृत गरिएको हो । प्रदेशसभा बैठकमा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको थियोे । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले…
Read More
सुदूरपश्चिम प्रदेशसभामा विधेयक टेबुल

सुदूरपश्चिम प्रदेशसभामा विधेयक टेबुल

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बुधवारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ। भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उक्त विधेयक टेबुल गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैठौँ वार्षिक प्रतिवेदन २०८१, सातौँ वार्षिक प्रतिवदेन २०८२, प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन र मुख्य न्यायधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे। प्रदेशसभा, सार्वजनिक लेखासमितिका सभापति अक्कलबहादुर रावलले समितिको तेस्रो वार्षिक प्रतिवेदन पेस गरे। बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्तुत महालेखा परीक्षकको पहिलो, छैठौँं र सातौँ प्रतिवेदन उपर अध्ययन एवं छलफलका लागि सार्वजनिक लेखा समितिमा र…
Read More
सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्। विज्ञापन नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच  जिल्लाबाट मात्रै…
Read More