Skip to main content

धनगढी न्यूज

Breaking News 1

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । 'हामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ,' उनले भने, 'पहिचान पनि खुलेको छैन।' उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ‌।रातोपाटी बाट साभार
Read More
नयाँ वर्षको एउटा नयाँ तस्बिर

नयाँ वर्षको एउटा नयाँ तस्बिर

कर्मकल्चर नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा तीन लोकप्रिय अनुहारहरू एउटै निर्वाचन चिह्नको फ्रेमभित्र अटाए। तिनका शुभेच्छुकहरूको खुसियालीले सामाजिक सञ्जाल पूरै उज्यालो भएको छ। रवि लामिछाने अध्यक्ष रहने गरी बालेन्द्र शाह र कुलमान घिसिङबीच भावी सत्ता बाँड्ने सहमतिले देशलाई नयाँ सम्भावनाको पात्रो दिएको छ। राजनीतिमा यस्ता घुम्तीहरू अस्वाभाविक हुँदैनन्, जस्तो कवि तुलसी दिवस लेख्छन् — हिँड्दा हिँड्दै हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ तेर्सिँदा तेर्सिँदै तेर्सो बाटो नै उक्लिएपछि तेर्सिनेको पनि केही लाग्दो रहेनछ! नेतात्रयको यो सहमतिको चाखलाग्दो संयोजन अन्तिम क्षणमा जेनजी आन्दोलनकारीका तर्फबाट हरेकजसो गतिविधिमा सक्रिय सुदन गुरूङले गरिदिए। त्यस हिसाबले भदौ २३–२४ को जेनजी आन्दोलन, नवयुवाको…
Read More
जलवायुमैत्री कृषि अभ्यासले किसानको जीविकोपार्जनमा सुधार, रैथाने बाली संरक्षणमा जोड

जलवायुमैत्री कृषि अभ्यासले किसानको जीविकोपार्जनमा सुधार, रैथाने बाली संरक्षणमा जोड

  धनगढीः जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको सन्दर्भमा सुदूरपश्चिमका किसानहरूले जलवायुमैत्री कृषि प्रणाली, रैथाने बाली संरक्षण, करार खेती र जैविक उत्पादनलाई प्राथमिकतामा राख्दै आफ्नो जीविकोपार्जन सुधार गरिरहेका छन्। सोमबार जैविक विविधता अनुसन्धान तथा विकासको लागि स्थानीय पहल (ली–बर्ड) द्वारा सञ्चालित जीविकोपार्जन सुधार तथा समानुकूल क्षमता अभिवृद्धि कार्यक्रम र समानुकूलित जीविकोपार्जनका लागि साना किसानहरूको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम) परियोजनाको उपलब्धि, सिकाइ आदान–प्रदान तथा परियोजना समापन कार्यक्रममा धनगढीमा उनिहरुले आफ्ना रैथाने उत्पादनको प्रदर्शन सहित सकिाई र उपलब्धिहरु साझा गरेका थिए। सक्षम परियोजनाका प्रमुख ईन्द्रेश्वर मण्डनका अनुसार उक्त परियोजना लक्षित समुदायको खाद्य, पोषण र आम्दानीमा सुधार गर्ने तथा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसँग…
Read More
‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ । दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् । लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी…
Read More
अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका कतिपय नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्कने भएका छन्। नेता प्रदीप यादव र रेणु यादवसहित नेताहरू जसपा नेपाल फर्कन लागेका हुन्। आफूहरू जसपा नेपालमै फर्कन लागेको नेता प्रदीप यादवले जानकारी दिए। ‘पार्टीका बहुमत सदस्यहरूसहित हामी ध्रुवीकरणमा लागेका छौं,’ उनले भने। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि केही नेताहरू जसपा नेपाल फर्किन लागेको बताए। ‘म जाने होइन, केही नेताहरू जान लागेका छन्,’ उनले भने। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच पार्टी एकता गर्ने हिजो सहमति जुटेको थियो। त्यसपछि जनता समाजवादी पार्टीका कतिपय नेताहरू पनि यो एकतामा जान…
Read More
कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

  धनगढीः कैलालीबाट चार जना पत्रकार आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन सिफारिस भएका छन्। कैलालीबाट नेकपा एमालेले दुई तथा नेपाली कम्युनिस्ट पार्टीले दुई जना पत्रकारलाई उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो। नेपाली कम्युनिस्ट पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट पत्रकार प्रकाश मिश्रलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट हर्कसिंह प्रपलालाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको हो। विज्ञापन प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको हो। प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस…
Read More
रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बिहान सातबुँदे सम्झौता हस्ताक्षर हुँदा ऊर्जामन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्। पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै जनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ। ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ शनिबार साँझसम्म पनि रवि र बालेनसँग तारन्तार वार्ता र संवादमा थिए। शनिबार राति ७ बजे बालेन र कुलमानबीच भेटवार्ता भएको थियो। राति अबेरसम्म पनि उनीहरूको कुराकानी जारी थियो। कुलमानसँगको भेटवार्तापछि नै राति साढे ११…
Read More
नयाँ शैलीमा  मानव बेचबिखन: सीमानाका  जोखिममा

नयाँ शैलीमा मानव बेचबिखन: सीमानाका जोखिममा

कञ्चनपुर: भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ। मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ। मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताइन्। विज्ञापन गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ। संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा…
Read More
नेपाली समालोचनाका लौह व्यक्ति, जसले साझा प्रकाशनलाई हुर्काए

नेपाली समालोचनाका लौह व्यक्ति, जसले साझा प्रकाशनलाई हुर्काए

नेपाली साहित्यका गौरवमय व्यक्तित्व हुन् कृष्णचन्द्रसिंह प्रधान । वि.सं. १९८२ साउन ११ गते जन्मेका उनको यो जन्म शताब्दी वर्ष हो । उनको पहिलो रचना विसं २००२ सालमा बनारसबाट काशिबहादुर श्रेष्ठको सम्पादनमा प्रकाशित हुने उदय पत्रिकामा प्रकाशित भएको थियो । विसं २००८ सालमा ‘भन्ज्याङनिरै’ कविता सङ्ग्रह प्रकाशित गर्ने प्रधानले पछि कविता लेखनलाई निरन्तरता दिएनन् । उनको कलम समालोचना विधामा विस्तारित भयो । वि.सं. २०१५ सालमा ‘कवि व्यथित र काव्य साधना’ का लागि मदन पुरस्कार पाएपछि उनको समालोचना कर्म चुलिँदै गयो । उनको ‘नेपाली उपन्यास र उपन्यासकार’ (२०३७) एक मानक कृति हो जसका लागि उनले साझा पुरस्कार पाएका थिए । ‘नेपाली समालोचनाका लौह व्यक्तिको…
Read More
जेनजी घाइतेको उपचार ८१ अस्पतालमा, २२ ले मात्रै पठाए ७ करोडको बिल

जेनजी घाइतेको उपचार ८१ अस्पतालमा, २२ ले मात्रै पठाए ७ करोडको बिल

११ पुस, काठमाडौं । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा २ हजार ५३२ जना घाइते भए । स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेको ८१ वटा स्वास्थ्य संस्थाले उपचार गरेको थियो । सरकारले घाइते बिरामीको उपचार निःशुल्क गरेसँगै विवरण पठाउन स्वास्थ्य संस्थालाई अनुरोध गर्‍यो । यसबीचमा पटक-पटक स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थालाई बिलसहित विवरण पठाउन तोकता गर्‍यो । तर अहिलेसम्म २२ वटा स्वास्थ्य संस्थाले मात्रै विवरण पठाएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार २२ वटा संस्थाले ७ करोड २५ लाखको भुक्तानी माग गरेका छन् । प्रवक्ता बुढाथोकीका अनुसार, मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई तीन किसिमको जानकारी मागेको थियो । घाइतेको विवरण,…
Read More