Skip to main content

धनगढी न्यूज

Breaking News 1

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन थालेका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।   सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला…
Read More
राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । २४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।अन्लाईन खबर बाट साभार
Read More
केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ । अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो । यसअघि ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ । अहिलेसम्म जेनजी प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा १६ र इटहरीमा २ जनाको मृत्यु भएको हो । मृतकहरूको सनाखत हुने क्रम जारी छ । अस्पतालका चिकित्सकहरूले जनाए अनुसार, परिवार वा आफन्त आएपछि शव हस्तान्तरण गरिने क्रम जारी छ ।अन्लाईन खबर बाट साभार
Read More
माइतीघरमा आज जेनजीले गर्दैछन् प्रदर्शन

माइतीघरमा आज जेनजीले गर्दैछन् प्रदर्शन

काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। 'हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,' उनले भने। यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्। उनीहरूले सरकारले सामाजिक…
Read More
सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले २०७९ मा नियुक्त गरेका अस्पताल विकास समितिहरूको २०८२ चैतमा समय सकियो। सेती प्रादेशिक अस्पतालसहित नौ वटा अस्पतालहरू पाँच महिनादेखि विकास समिति विहीन छन्। विकास समिति नभएकाले अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ। अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न समस्या भएको अस्पतालहरूले बताउने गरेका छन्। तर, सुदूरपश्चिम प्रदेश सरकार अस्पताल विकास समितिको भागबन्डा मिलाउन अझै सकेको छैन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले राजनीति नियुक्ति भएकाले समय लागेको बताएका छन्। उनले भने, ‘अस्पतालहरूका विकास समितिको चैन २ गतेबाट म्याद सकिएको हो। समिकरणमा छौ हामी। छलफल चलीरहेको छ। राजनीति नियुक्तिको विषय…
Read More
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

गण्डकी प्रदेशमा देखियो ८ जनालाई संक्रमण ५ साउन, पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना…
Read More
कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ।   सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत एक सय आठ मिटर तटबन्धन बनाएको थियो। गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले बताए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको बताएका छन्। सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन्। स्थानीय बलबहादुर चौधरीले…
Read More
बजेट भोलि निर्णयार्थ पेश  गरिने, एमालेले लगायो ह्विप

बजेट भोलि निर्णयार्थ पेश गरिने, एमालेले लगायो ह्विप

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ।   बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ। बजेटबारे सत्तापक्षकै सांसदहरू सन्तुष्ट छैनन्। यसैबीच, सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप लगाएको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन र विनियोजन विधेयकका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।थाहा खबर बाट साभार
Read More
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । 'यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,' इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ । सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतङ्कवादी…
Read More
अक्टोबर ७ को हमास हमलापछि मध्यपूर्वको शक्ति सन्तुलनमा आएको उथलपुथल

अक्टोबर ७ को हमास हमलापछि मध्यपूर्वको शक्ति सन्तुलनमा आएको उथलपुथल

आणविक हतियार कार्यक्रम रोक्न अमेरिकाले पनि इरानमाथि हमला गरेको छ। इसराइलले १० दिनअघि गरेको आक्रमणलाई सघाउन अमेरिकाले आइतबार फर्दोसहित तीनवटा इरानी आणविक भट्टीमा प्रहार गरेको हो। मध्यपूर्वको यो युद्ध शृंखलाको सुरूआत सन् २०२३ अक्टोबर ७ मा भएको थियो, जब हमासले इसराइलमाथि हमला गर्‍यो।उक्त हमलापछि जे–जस्ता घटनाक्रम विकसित भए, त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो उथलपुथल ल्याएको छ।मौसम विज्ञानमा 'बटरफ्लाई इफेक्ट' भन्ने एउटा सिद्धान्त छ, जसले भन्छ — संसारको एउटा कुनामा पुतलीले पखेटा हल्लाउँदा हावामा पर्ने प्रभावले अर्को ठाउँमा आँधी ल्याउन सक्छ।हमासले इसराइलमाथि गरेको हमला पुतलीले पखेटा हल्लाएजस्तो साधारण घटना थिएन। त्यो घटनाले मध्यपूर्वको शक्ति सन्तुलनमा यति धेरै परिवर्तन ल्याउँछ भन्ने हमास, इसराइल वा अरू कसैले पनि सोचेका थिएनन् सायद। तर त्यही घटनाले मध्यपूर्वमा एकपछि अर्को प्रभाव…
Read More