16
Jul
चितवन — नारायणगढ–मुग्लिन सडकमा पहिरो आएको सुन्दा धेरैलाई सडक बिस्तारका बेला काटेको पाखाबाटै खसेको लाग्छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर सडकबाट खसेका दुई वटा बस त्रिशूलीमै बगेर बेपत्ता भएपछि धेरैको मनमा सडक बिस्तारका बेला काटेको पहाड गाडीमाथि झरेको होला भन्ने छ । तर ६५ जना यात्रु सवार दुई वटा बस बेपत्ता बनाउने पहिरो सडकआडबाट आएको छैन । घटनास्थलमा सडकआडको भित्तामा घाँसपात र बोटबिरुवा यथावत छन् । दुई वटा बस बगाउने गरी त्यो पहिरो कसरी आयो ? डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की दुर्घटनाको भोलिपल्ट नै बस पल्टाउने पहिरोको मूल खोज्न निस्किए । सिमलताल नारायणगढ बजारबाट २३ किलोमिटर जति उत्तरपूर्व मुग्लिन तर्फ पर्छ ।…






