Skip to main content

धनगढी न्यूज

Breaking News 1

सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । बसबाट हाम फालेका यात्रुहरूका अनुसार माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।  
Read More
सुदूरपश्चिममा नयाँ सरकार बनाउने खेल सुरु, चार दिनमै मन्त्रीबाट ‘आउट’

सुदूरपश्चिममा नयाँ सरकार बनाउने खेल सुरु, चार दिनमै मन्त्रीबाट ‘आउट’

धनगढीः केन्द्रमा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेश सरकार फेरिने खेल सुरु भएको छ। जसको प्रभाव बजेटमा पर्ने देखिएको छ। आगामी वर्षका लागि बजेट प्रस्तुत गरिएको भए पनि पास हुन बाँकी छ। कांग्रेस–एमालेको नयाँ समीकरणसँगै सरकार फेरिने खेल सुरु भएको हो। असार १७ मा नयाँ गठबन्धन बन्दा कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने सहमति भएको छ। यसका लागि दलहरूले दौडधुप थालिसकेका छन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार गत असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको भए पनि पास हुन सकेको छैन्। सरकार टिकाउन चार मन्त्रालय…
Read More
बर्षाले खोर डुवाएपछि कञ्चनपुरका अजयको ४० लाख स्वाहा, १० हजार कुखुरा मरे

बर्षाले खोर डुवाएपछि कञ्चनपुरका अजयको ४० लाख स्वाहा, १० हजार कुखुरा मरे

महेन्द्रनगर : चार दिनसम्म लगातार भएको बर्षाका कारण कुखुरा खोर डुवानमा पर्दा कञ्चनपुरका अजय चन्दका १० हजार कुखुरा मरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारामा अजय चन्दको खोरमै दश हजार बोइलर कुखुरा मरेका हुन् । विगत दश बर्ष देखि व्याक्तिगत ५ लाखको लगानीमा चन्दले कुखुरा पालन व्यावसाय गरेका थिए । सानो लगानीमा विस्तारै लगानी फस्टाउदै गएपछी चन्दले एक दशक पछि बैङ्कको कर्जा लिएर थप कुखुरा व्यावसाय गर्ने सोचका साथ अगाडि बढेका थिए । चन्दले संरचना तथा कुखुरामा डेढ करोड लगानी गरेर कुखुरा पालन गर्दै आएका थिए । दश कट्टा जमिनमा कुखुरा ब्यवसाय गर्दै आएका चन्दको सपना बाढीले उडाएको छ । हुर्की…
Read More
धनगढीकी लक्ष्मी मृत्यु प्रकरण डाक्टर भट्टलाई कार्वाही गरिने

धनगढीकी लक्ष्मी मृत्यु प्रकरण डाक्टर भट्टलाई कार्वाही गरिने

  धनगढी : धनगढीको खप्तड कलेजमा अध्यायनरत २२ वर्षीया लक्ष्मी जोशी मृत्यु प्रकरणमा चिकित्सकलाई कार्वाही हुने भएको छ । निसर्ग अस्पतालमा उपचाररत जोशीको मृत्यु भएपछि चिकित्सकको लापरबाही भन्दै आफन्तहरुले कार्वाहीको माग गरेका थिए । मगंलबार साँझ मृतक जोशीका परिवार र अस्पताल बिच उपचारमा संलग्न डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको हो। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको उनका काका हेम जोशीले बताए । पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो। जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी…
Read More
कैलालीमा किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ

कैलालीमा किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयबाट  ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चोधरी पक्राउ परेका हुन्। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको…
Read More
एमालेले विश्वासघात गर्‍यो, हामी विकल्पमा जान्छौं

एमालेले विश्वासघात गर्‍यो, हामी विकल्पमा जान्छौं

असम्भव कुरा के छ र ? किनभने कांग्रेसभित्रकै केही साथीहरूले भन्नुभयो– श्रीमान् र श्रीमतीले बालकोट गएर गरेको सम्झौता हो । सिंगै पार्टीले गरेको होइन । विगतमा एमाले र माओवादी सहकार्यका लागि पटक–पटक भित्री तयारीमा सक्रिय रहने माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नयाँ राजनीतिक विकासक्रमसँग उति सन्तुष्ट छैनन् । शनिबार अपराह्न अर्थ मन्त्रालयमा अनलाइनखबरसँग लामो कुराकानी गर्दै पुनले आगामी दिनको राजनीतिक सम्भावनाबारे मुख खोले । अनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली बीचको सहकार्यमा पैदा भएको दरारसँगै अबका प्राथमिकताबारे पनि चर्चा गरे । पुनसँग बसन्त बस्नेतले गरेको यो अन्तर्वार्ता : तपाईंलाई एमाले–माओवादी गठबन्धनको एउटा आर्किटेक्ट मान्ने गरिन्छ । कहाँनेर फेल खायो तपाईंहरूको…
Read More
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।             मंगलबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिन पछि सेलाउने र मन बुझाउने खालको मान्छे ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (च्यात्दै)  हुर्‍याउने मन छ । उनले भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु…
Read More
नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

धनगढी । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन…
Read More
गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

३२ जेठ, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।
Read More
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

कन्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ  प्राविधिकको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।                   नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा…
Read More