धनगढी न्यूज

Breaking News 2

अन्ततः शुक्लाफाँटाबाट बाघको उद्धार सम्पन्न

अन्ततः शुक्लाफाँटाबाट बाघको उद्धार सम्पन्न

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ कमलाशा टोलमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगाइएको छ। निकुञ्जमा पुगेपछि बेहोस् अवस्थामा रहेको बाघलाई खोर बाहिर निकालेर स्वास्थ्य परीक्षणसँगै उपचार पनि गरिएको छ। करिब १२ देखि १४ वर्ष उमेर रहेको वयस्क अवस्थाको भाले बाघको शरीरमा चोट छ। अगाडिको दायाँ खुट्टाको दुईवटा नंग्रा छैनन्। पछाडिको पनि बायाँ खुट्टामा एउटा नंग्रा छैन। पछाडिको दायाँ खुट्टामा घाउ भएर किरा परेको अवस्था छ। टोक्ने २ वटा दाँत हल्लिएका छन्। अन्य दाँत पनि खिइएका छन्। घाउ भएको ठाउँमा निकुञ्जका पशु चिकित्सक डा. आभाश श्रेष्ठले उपचार गरेका छन्। त्यसका लागि सुईसँगै औषधि लगाएको उनले बताए। त्यसपछि…
Read More
अत्तरिया खानेपानीले साढे ३ करोड कमायो, २४ लाख बक्यौता

अत्तरिया खानेपानीले साढे ३ करोड कमायो, २४ लाख बक्यौता

  अत्तरिया – कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक आर्थिक वर्षमा साढे ३ करोड बढी आम्दानी गरेको छ । खानेपानी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ५७ लाख ३२ हजार ४६६ रुपैयाँ आम्दानी गरेको हो । संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले खानेपानीको महसुलबाट उक्त आम्दानी प्राप्त गरिएको बताए । यस्तै संस्थाले गत आर्थिक वर्षको २४ लाख ३० हजार ८७५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालय प्रमुख पनेरुले करिब १ हजार ७ सय उपभोक्ताबाट उक्त रकम उठाउन बाँकी रहेको बताए । हाल संस्थाले ५ हजार १३७ उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले…
Read More
दोधारा चाँदनी घटना: बाघले खाएकी आमाको खोजीमा दुधे बालक

दोधारा चाँदनी घटना: बाघले खाएकी आमाको खोजीमा दुधे बालक

धनगढी: कञ्चनपुरमा निकै दु:खद घटना घट्यो। आज बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्। उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो। त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो। मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू…
Read More
डडेल्धुरामा बार्दलीबाट लड्दा एक जनाको ज्यान गयो

डडेल्धुरामा बार्दलीबाट लड्दा एक जनाको ज्यान गयो

डडेल्धुराः डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो। सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए। घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
Read More
मापदण्ड पूरा नगरेका ६३ नर्सिङ कलेज खोल्ने प्रयास विफल

मापदण्ड पूरा नगरेका ६३ नर्सिङ कलेज खोल्ने प्रयास विफल

१७ साउन, काठमाडौं । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार सय बेडको आफ्नै अस्पताल नभएका कलेजले नर्सिङ पढाउन पाउँदैनन् । यही व्यवस्था अनुसार आफ्नै अस्पताल नभएका ६३ वटा नर्सिङ कलेज २०७७ सालमा बन्द भए । नर्सिङ कलेज सञ्चालकहरुले भने मापदण्ड पूरा गर्नुको साटो ‘सम्बन्धन स्वीकृति पीडित संघर्ष समिति’ नै बनाएर सामूहिक रुपमा राजनीतिक लबिङ गर्दै आएका छन् । ‘आफूहरुको लगानीको संरक्षण राज्यले गर्नुपर्ने र कलेज बन्द हुँदा नेपाली विद्यार्थीहरु विदेश पढ्न जान बाध्य भएको’ उनीहरुको तर्क छ । संघर्ष समितिले ८ साउन २०८१ मा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निवेदन पनि दिएका थिए । बिहीबार समितिले यसबारे छ…
Read More
थाई एयर एसियाले भैरहवालाई बैंककसँग सातामा ४ दिन जोड्ने

थाई एयर एसियाले भैरहवालाई बैंककसँग सातामा ४ दिन जोड्ने

एयर एसियाले २०६९ देखि २०७५ सम्म काठमाडौं उडान गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो, थाई एयर एसिया आउने भएपछि बैंक ग्यारेन्टी बुझाइयो नेपालमा बढी पर्यटक आउने आठौं मुलुकमा थाइल्यान्ड पर्छ, थाई एयर एसियाको उडानसँगै थाइल्यान्डबाट पर्यटन आवागमनमा वृद्धि हुने अनुमान प्राधिकरणको छ काठमाडौँ — थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो ।  ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।…
Read More
गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

तम्घास,साउन १८ गते । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा  फर्छ्यौट भएको र ७३ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।  पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा  फर्छ्यौट भएका छन् । आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा…
Read More
भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

भेनेजुएलामा रहेको अजेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

ब्युनस आयर्स,  साउन १७ गते ।  अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ । ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो । अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । “भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु”, माइलीले…
Read More
सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् । ‘मैले मात्र काँध थापेर सरकार जोगिने होइन । अन्तिम समयसम्म उहाँ (मुख्यमन्त्री) लाई साथ दिएको थिएँ’, चौधरीले भने, ‘सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ । मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक…
Read More
बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् । ‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’   उद्घाटन समारोहमा मेयर शाहले…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×