05
Aug
शिवजी मण्डेल, बझाङ – भगवतीका सोह्र शक्ति रुपहरू मध्ये एक सुर्मादेवीको धार्मिक, तथा ऐतिहासिक धरोहरको पर्व सुर्मादेवी बिरी जात मेला सुरु भएको छ । प्रत्येक वर्ष सुदूरपश्चिमको बझाङ र दार्चुलामा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मा देवी बिरिजात मेला आइतबार देखि सुरु भएको हो । लामो समय सम्म सुर्मा भगवतीको पूजा आराधना गरिने सुर्मा देवी बिरी जात मेला श्रावण महिनाको औँसीबाट सुरु भएर पूर्णिमा सम्म चल्ने गर्दछ । सुर्मा देवी बिरी जात मेलाको समयमा लामो समयसम्म सुर्मा देवी भगवती माताको पूजा आराधना गरिने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका – ७ का स्थानीय तथा शिक्षक कलक बहादुर मण्डेलले बताए । साउन महिनाको औँसीका…






