धनगढी न्यूज

Breaking News 2

साँफे–मार्तडी सडक अवरुद्ध

साँफे–मार्तडी सडक अवरुद्ध

  बाजुरा: लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ। एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ। उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Read More
बल्खु पुलमुनि पुरुषको शव भेटियो: जलमग्न काठमाडौँ

बल्खु पुलमुनि पुरुषको शव भेटियो: जलमग्न काठमाडौँ

काठमाडौँ, साउन १६ गते । काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् । मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।…
Read More
भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर हराए

भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर हराए

भोजपुर — अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी…
Read More
श्रीलंकाले सुपर ओभरमा ३ रनको लक्ष्य दिए, भारतले एक बलमै जित्यो!

श्रीलंकाले सुपर ओभरमा ३ रनको लक्ष्य दिए, भारतले एक बलमै जित्यो!

काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो। सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो।…
Read More
मौसम चेतावनी: केही प्रदेशमा दिनभर मुसलधारे वर्षा

मौसम चेतावनी: केही प्रदेशमा दिनभर मुसलधारे वर्षा

काठमाडौं – पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, लुम्बिनी र…
Read More
धनगढीको चर्चमा  उपमहानगरपालिकाले डोजर चलाएको छ

धनगढीको चर्चमा उपमहानगरपालिकाले डोजर चलाएको छ

धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका…
Read More
चिसापानीबाट ‘खलासी’ किड्न्यापको घटना, कैलाली

चिसापानीबाट ‘खलासी’ किड्न्यापको घटना, कैलाली

धनगढी : कैलालीको चिसापानीबाट एक जनाको अपहरण गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो। लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरेका परिवारको आरोप छ। सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अनुराजको टाउकोमा चोट छ। चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा घटनाकाे आरोप लगाएका छन्।   नारायण शाहीलाई प्रहरीले पक्राउ…
Read More
पाँच दिनदेखि बेपत्ता कैलालीका एक किशोर

पाँच दिनदेखि बेपत्ता कैलालीका एक किशोर

धनगढीः कैलालीका एक किशोर पाँच दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका सन्तोष सुवेदी शुक्रवारदेखि बेपत्ता भएका हुन्। प्रतापुरबाट लम्कीचुहा नगरपालिका–६ गुलरामा रहेको ठुली आमाको घर जान हिडेका उनी सम्पर्क विहीन भएका छन्। शुक्रवार बिहान १० बजे तिर घरबाट गुलराका लागि हिडेका १७ वर्षीय सुवेदीको खोजीका लागि परिवारका सदस्यहरुले आग्रह गरेका छन्। उनको सम्पर्कमा आएकाहरूले बुवा विनोदराज सुवेदीको नम्बर ९८६५६०७४९४ र गोकुलराज सुवेदीको नम्बर ९८४८४४४१७१ मा सम्पर्कका लागि अनुरोध गरिएको छ। भारतमा रहेका आफन्त दिल्लीराज सुवेदीको ००९१–९७१७१२५१३४ र यज्ञराज सुवेदीको नम्बर ८२९१०५६९७६ मा सम्पर्क गर्न भनिएको छ। परिवारले लम्की प्रहरीमा समेत खोजीका लागि निवेदन दर्ता गरेको छ। गहुगा वर्ण भएका…
Read More
सुदूरपश्चिममा विपक्षी सांसदले दिउँसै टर्च बालेर सरकार खोजे

सुदूरपश्चिममा विपक्षी सांसदले दिउँसै टर्च बालेर सरकार खोजे

सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन । संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा (एमाले), नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन । संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए । ‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन । जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन’ उनले भने । ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो ।’ नेपाली…
Read More
खैरो हिरोइनसहित ४ जना कैलालीबाट पक्राउ

खैरो हिरोइनसहित ४ जना कैलालीबाट पक्राउ

धनगढीः कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौलाबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश आउजी सोमवार पक्राउ परेका हुन्। आउजीलाई २ ग्राम खैरो–हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस्तै आज (मंगलवार) राति २ बजे धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४८० नम्बरको स्कुटीमा सवार धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंहसहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६८० मिलिग्राम खैरो हिरोइन र स्कुटिसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×