धनगढी न्यूज

Breaking News 2

सबै प्रदेशका क्षेत्रहरूमा वर्षा हुने, सतर्क रहन अनुरोध

सबै प्रदेशका क्षेत्रहरूमा वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले मुलुकका सातवटै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी…
Read More
प्रधानमन्त्री ओली : नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने

प्रधानमन्त्री ओली : नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जङ्गल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय फोरममा सन् २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने बताउनुभयो । उहाँले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जङ्गल ठुलो रहेकाले बाघका लागि उपयुक्त…
Read More
जापानी स्टार होन्डा दशरथ रंगशालामा आउने

जापानी स्टार होन्डा दशरथ रंगशालामा आउने

काठमाडौं  – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् । साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो । पारोले झन्डै एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेकोमा जापानी स्टार पनि नेपाल आउनेछन् । यसबाहेक गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र बीरगंज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडी समेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल…
Read More
पाकिस्तानमा साम्प्रदायिक लडाइँ: ३५ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक लडाइँ: ३५ जनाको मृत्यु

पेसावर। उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एक बन्दुकधारीले कृषि भूमिमा दशकौँ लामो विवादमा वार्ता गरिरहेको परिषदमाथि गोली चलाएका छन् । त्यो सँगै सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिहरू बुधबारदेखि लडिरहेका स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले बताउनुभयो । यद्यपि उक्त आक्रमणमा कोही पनि घाइते भएन । हुसेनका अनुसार यसले अफगानिस्तानको सिमानामा रहेको कुर्रम जिल्लामा एकसाथ बसोबास गर्ने कुलहरूबीच लामो समयदेखिको धार्मिक तनावलाई पुनर्जीवित गरेको छ । “सुरुमा जग्गा विवाद थियो, यो मुद्दा अहिले साम्प्रदायिक हिंसामा परिणत भएको छ”, हुसेनले भन्नुभयो, “सरकार र…
Read More
कञ्चनपुरमा साइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कञ्चनपुरमा साइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट पश्चिमतर्फ गइरहेका शुक्लाफाँटा–५ गर्जमुनिका ४० वर्षीय खडक साउँद आइतबार (हिजो) साइकलबाट लडेर नालिमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए। टाउकोमा सरीया पसेर घाइते भएका साउँदलाई तत्कालै स्थानीयहरूले उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याएका थिए। अवस्था गम्भीर देखिएकाले उनलाई नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि, थप उपचारका लागि भारत लगिएको थियो। दुर्भाग्यवश, आज (सोमवार) उनको उपचारका क्रममा भारतमा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार, यस प्रकारको दुर्घटना रोक्न…
Read More
कैलाली : दुर्गा ज्योति बोर्डिङ स्कुल बस दुर्घटनामा

कैलाली : दुर्गा ज्योति बोर्डिङ स्कुल बस दुर्घटनामा

धनगढीः कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए। बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ। बस…
Read More
कैलालीमा विशाल अजिङ्गर भेटियो

कैलालीमा विशाल अजिङ्गर भेटियो

धनगढीः कैलालीमा अजिङ्गर फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ भिटरैयाको हरियाली सामुदायिक वन नजिकै गाउँमा आईतवार अजिङ्गर फेला परेको हो। करीब ६ मिटर लामो २५ केजी बराबर तौल भएको वयस्क अजिङ्गर बर्खाको समयमा नदीमा बाढी आउने हुँदा पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ। स्थनीय यूवा तथा उक्त सामुदायिक वनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको बाख्रा समातेको थियो। वन भित्र अजिंगर छन् तर यति ठुलो अजिङ्गर सामुदायिक वनमा अहिलेसम्म पत्ता लागेको थिएन, बर्खाको समयमा प्रायः हरेक वर्ष माथिबाट बग्दै आएको हुन सक्ने स्थानीयहरुले बताए। अजिङ्गर फेला पर्ना साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन वन कार्यालय…
Read More
सडक अवरोधका कारण पुल निर्माण रोकियो

सडक अवरोधका कारण पुल निर्माण रोकियो

बाजुरा । बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को बिचबाट बग्ने बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने सामग्री ढुवानीमा समस्या भएको छ । ग्रामीण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको ठेकेदार कम्पनी एडभेन्चर साउद जेभी कन्स्ट्रक्सनले जनाएको छ । फागुनयता पुल निर्माणको काम दु्रत गतिमा भइरहेको थियो । असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न सकिएको छैन । साउद कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ईश्वर साउदले भने बर्खाको समयमा ज्यामी पाउन पनि समस्या थियो । कहाँ कहाँबाट ज्यामी ल्याएर काम सुरु भइरहेको थियो…
Read More
ठेकराज मावि  मा हरेक शुक्रबार ‘बुक फ्री फ्राइडे’

ठेकराज मावि मा हरेक शुक्रबार ‘बुक फ्री फ्राइडे’

धनगढीः कैलालीको धनगढीस्थित ठेकराज माध्यामिक विद्यालमा अध्ययनरत विद्यार्थीहरुलाई नियमित पठनपाठनसँगै अतिरिक्त सिप सिकाउने कामको समेत सुरुवात गरिएको छ। धनगढी उपमहानगरपालिकाले विद्यार्थीलाई पढाईसँगै सिप सिकाउने कामको सुरुवात गरेको हो। उपमहानगरले हरेक शुक्रवार चार घण्टाका दरले विद्यार्थीहरूलाई मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम दिन थालेको छ। यो वर्ष परीक्षणका लागि नियमित पठनपाठनसँगै सिप सिकाउने कार्यक्रम ठेकराज माविबाट सुरू गरिएको छ। कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीले हरेक शुक्रवार दैनिक चार घण्टा मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक रिपेयरिङको तालिम लिन पाउने गरी तालिमको सुरुवात गरिएको छ। धनगढी उपमहानगरपालिका–११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा ‘किताब बिहिन शुक्रवार’ अर्थात ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु भएको छ।…
Read More
धनगढी : ट्रकको सामान अनलोड गर्दा शव भेटियो

धनगढी : ट्रकको सामान अनलोड गर्दा शव भेटियो

धनगढीः कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ। आज (आइतवार) बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको प्रहरीले जनाएको छ। सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए। एसपी विष्टका अनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ। उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए। उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×