धनगढी न्यूज

Breaking News 2

कैलालीमा बालिका करणीको आरोपमा एक व्यक्ति हिरासतमा

कैलालीमा बालिका करणीको आरोपमा एक व्यक्ति हिरासतमा

धनगढीः कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिकाका १४ वर्षीय किशोरलाई करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन्। किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतवार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन्।
Read More
महाकालीमा किशोरीले हाम फाल्दा बचाउने प्रयास असफल

महाकालीमा किशोरीले हाम फाल्दा बचाउने प्रयास असफल

दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार महाकालीमा हामफाल्ने किशोरी दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवर रहेको खुलेको छ। शनिबार साँझ  तटबन्धनको पर्खालमा उभिएकी खबर प्रहरीले पाएको थियो। नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन्। पारेर उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा किशोरी महाकालीमा हामफालेकी हुन्। शनिबार नै उनको खोजी गरिएपनि भेट्न सकिएको थिएन्। आइतबार बिहानैदेखि खोजीकार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
Read More
कञ्चनपुरबाट दाङ जाने ट्रकमा आगलागी

कञ्चनपुरबाट दाङ जाने ट्रकमा आगलागी

कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो। महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका–९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए। एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्। खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै गरेको उनले जानकारी दिए।
Read More
कैलाली दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

कैलाली दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

कैलालीमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन भने भजनमा रुखमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन । शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएका थिए । घाइते मध्ये से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीका ५० वर्षीय कुलप्रसाद पंगालीको निसर्ग अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। अर्का चालक २६…
Read More
पहिरोको प्रकोप:चारजना बेपत्ता, दुई घाइते

पहिरोको प्रकोप:चारजना बेपत्ता, दुई घाइते

गोरखा , साउन १३ गते ।  उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छ भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका  चारजना बेपत्ता भएका  उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले राससलाई बताउनुभयोे । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनुभयो । रासस
Read More
किसानलाई भारतीय मलकै भर

किसानलाई भारतीय मलकै भर

भैरहवा, रौतहट, कपिलवस्तु र  नेपालगन्ज — रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्रतर्फ जान्छन् । कहिलेकाहीँ गाउँमा ल्याइएको भारतीय मल खरिद गर्छन् ।   पठानले १० कट्ठामा धान रोपेका छन् । अहिले मल छर्ने बेला हो, मल नछरे बाला राम्रो लाग्दैन । भारतबाट मल किन्दा महँगो पर्छ । पठानका अनुसार गाउँमा सहुलियतको युरिया प्रतिबोराको ९ सय रुपैयाँ पर्छ । भारतबाट ल्याउँदा एउटै बोराको १ हजार ५ सय रुपैयाँ पर्छ । ‘सीमा वारिपारिका सुरक्षाकर्मीलाई चिया खर्च दिनुपर्छ,’ उनले भने, ‘त्यसमा २/३ सय रुपैयाँ खर्च हुन्छ ।’ भारतबाट डीएपी मल ल्याउँदा प्रतिबोरा २ हजार ७…
Read More
ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्पको कम्पन

ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्पको कम्पन

काठमाडौं-ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Read More
आज यी प्रदेशमा प्रबल वर्षाको सम्भावना

आज यी प्रदेशमा प्रबल वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ…
Read More
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन सुझाव

काठमाडौँ, साउन १२ गते । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुन सक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”…
Read More
विश्वकप र वातावरणको सम्मानमा एस.पी.ए कलेजद्वारा ३,४७० बिरुवा वृक्षारोपण

विश्वकप र वातावरणको सम्मानमा एस.पी.ए कलेजद्वारा ३,४७० बिरुवा वृक्षारोपण

धनगढी । धनगढी स्थित एसपीए कलेजले हालै सम्पन्न टी-२० पुरुष विश्वकप २०२४ मा नेपाली क्रिकेटरहरू ले गरेको प्रदर्शनमा तीन हजार चार सय सत्तरी बिरुवा रोपेको छ । शुक्रवार कलेजले हरेक रनमा १० र विपक्षी टिम विरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्व घोषणा अनुरूप ३,४७० बिरुवा रोपेको हो । कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रिन क्लिन धनगढी सँगको सहकार्यमा धनगढी उप–महानगरपालिको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ श्री शारदा मा.वि. बैयाबेहेडीले धनगढी वडा नं. २ स्थित नल्का घाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजालले क्रिकेट…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×