22
Jun
काठमाडौँ : स्थानीय तहहरूले असार १० गतेभित्र आव २०८२।८३ नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्थासँगै धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न थालेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यही व्यवस्थाअनुसार ललितपुर महानगरपालिका,भरतपुर महानगरपालिका, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका, अछामको रामारोशन गाउँपालिकाले आव ०८२।८३ को नीति तथा कार्यक्रम र…






