धनगढी न्यूज

समाचार

चार सिट भागमा परेको राप्रपाका यी हुन् समानुपातिक सांसद

चार सिट भागमा परेको राप्रपाका यी हुन् समानुपातिक सांसद

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो भागमा परेको समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्गो लगाएको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरुषमा भरत गिरी, खस आर्य महिलामा खुश्बु ओली, मुस्लिम पुरुषमा ताहिर अली जनजाति महिलामा सरस्वती लामा चयन भएका छन्।थाहाखबर बाट साभार
Read More
एआईले बनाउँदैछ युद्धलाई झन्–झन् त्रासद

एआईले बनाउँदैछ युद्धलाई झन्–झन् त्रासद

२८ फेब्रुअरी शनिबारका दिन दक्षिणी इरानको मीनाब सहरमा रहेको शजारेह तैय्येबेह (सुन्दर वृक्ष) प्राथमिक विद्यालयमा अमेरिकाले स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा बम हमला गर्‍यो । अमेरिकी बम हमलामा परी १७० बालिकाको ज्यान गयो भने झन्डै ९५ विद्यार्थी र शिक्षक घाइते भए । हमला भएसँगै उद्धारका लागि पुगेका स्थानीयवासी र उद्धारकर्ताहरूको टोलीले भग्नावशेषबाट घाइतेहरूलाई निकाल्दै गर्दा उद्धारकर्ताहरूमाथि फेरि अर्को बमबाट हमला गरियो । विद्यालयमा मारिने १७० बालिकामध्ये अधिकांश ७ देखि १२ वर्षका थिए । यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तपाईँहरूले इरानको प्राथमिक विद्यालयमा बम हमला किन गर्नु भयो भनी पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘त्यहाँ विद्यालय छ भन्नेबारे…
Read More
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

महिला सांसद गौरी कुमारी यादवकी आमा उनलाई डाक्टर बनाउन चाहन्थिन्। आमाले देखेको सपना गौरीले पूरा गर्न सकिनन्। तर डाक्टरी पढ्ने नीति निर्माणको तहमा उनी आइपुगेकी छन्। फागुन २१ को प्रतिनिधिसभा चुनावमा महोत्तरी–४ बाट ३० हजार भोट ल्याएर गौरी निर्वाचित भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव उठेकी थिइन्। गौरीले सानैदेखि भारतको सीतामढी बसेर पढिन्। उनको गाउँमा माध्यमिक विद्यालय थिएन। जनकपुर पनि जान सकिन्थ्यो, तर उनीहरूका लागि जनकपुरभन्दा सीमा जोडिएको सीतामढी नै सहज भयो। सीतामढीमै आइएससी पढेर सकेपछि गौरीको बिहेको कुरा चल्यो। बिहेको कुरा अघि बढाउँदा उनकी आमाको एउटै सर्त थियो — जसले मेरी छोरीलाई डाक्टरी पढाउँछ, उसैसँग बिहे…
Read More
अब जुहारी हैन, जमेर समीक्षा गरौंः योगेश भट्टराई

अब जुहारी हैन, जमेर समीक्षा गरौंः योगेश भट्टराई

काठमाडौंः नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्र फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका हुन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको शोकको यस्तो घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी तथा घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्। पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनको गुनासो छ। भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका…
Read More
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ : गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए। “आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ। केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो। हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ”, प्रवक्ता डा बुढाथोकीले भने। विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२, गत माघ…
Read More
निर्वाचन परिणाम : आशा, आक्रोश र आवेगको मिश्रण

निर्वाचन परिणाम : आशा, आक्रोश र आवेगको मिश्रण

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भई परिणाम समेत आइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेशवादी दललाई मूर्छित बनाएको छ । झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भने आगामी दिशाबारे विमर्शमा छ । सत्ता प्राप्तिको अप्राकृतिक खेल र गठबन्धनबाट दिक्क भएका जनताले अबको पाँच वर्ष एकमना सरकार बन्ने भयो भनेर सन्तोषको सास फेरेका छन् । विश्वास गर्ने हो, आउने सरकारले राम्रै गर्छ । विश्वास आर्जन गर्ने काम सरकार हाँक्नेहरूको हो अन्यथा पाँच वर्षपछि यिनीहरूको पनि हविगत हुने उस्तै नै हो । देशको सत्ता समीकरणमा उलटपुलट ल्याएको यो निर्वाचनले केही महत्वपूर्ण सन्देश दिएको छ । यो लेखमा बुँदागत रूपमा ती…
Read More
रास्वपा केन्द्रीय सचिवालय बैठक आज

रास्वपा केन्द्रीय सचिवालय बैठक आज

काठमाडौ‌: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै, वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।थाहाखबर बाट साभार
Read More
बास्कोटाको तामाङलाई जवाफ, अवसरका लागि गुट बदल्ने र पार्टी फुटाउने काम गरिँन

बास्कोटाको तामाङलाई जवाफ, अवसरका लागि गुट बदल्ने र पार्टी फुटाउने काम गरिँन

काठमाडौंः नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैनिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचनाको जवाफमा एमाले नेता गोकुल बास्कोटाले तामाङलाई जवाफ फर्काएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेता तामाङलाई २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्नेमात्रै होइन, पटक पटक पार्टी फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन।’ बास्कोटाले अगाडि लेखेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन्। म तपाईजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्नेमात्र होइन, पटक…
Read More
आजपनि केही हिमाली तथा पहाडी भेगमा मध्यम वर्षा र हिमपात

आजपनि केही हिमाली तथा पहाडी भेगमा मध्यम वर्षा र हिमपात

काठमाडौंः मौसममा बदली कायम रहँदा आजपनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली  भू–भागमा साधारणतया…
Read More
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।अन्लाईन खबर बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×