Skip to main content

धनगढी न्यूज

Month: August 2024

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् । ‘मैले मात्र काँध थापेर सरकार जोगिने होइन । अन्तिम समयसम्म उहाँ (मुख्यमन्त्री) लाई साथ दिएको थिएँ’, चौधरीले भने, ‘सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ । मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक…
Read More
बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् । ‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’   उद्घाटन समारोहमा मेयर शाहले…
Read More
लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । जस अनुसार सुदुरपश्चिमको इन्चार्जमा पार्टी सचिब लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । यस अघि भट्ट कर्णाली प्रदेशका इन्चार्ज थिए । यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो । कुन प्रदेशमा को ? शेरधन राई – कोशी लीलानाथ श्रेष्ठ – मधेश डा. राजन भट्टराई – बागमती किरण गुरुङ – गण्डकी पद्मा अर्याल – लुम्बिनी गोरखबहादुर बोगटी – कर्णाली लेखनाथ भट्ट – सुदूरपश्चिम
Read More
धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो । धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Read More
तोलामा सुनको मूल्य १ लाख ४९ हजार ४०० रुपैयाँ निर्धारण

तोलामा सुनको मूल्य १ लाख ४९ हजार ४०० रुपैयाँ निर्धारण

नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर कारोबार भएको हो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ।  बुधबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८०० रुपैयाँ कायम भएको हो ।
Read More
कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो। स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको छ।
Read More
सात महिनाको गर्भवती हुँदा नाडा हाफेजले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिन्

सात महिनाको गर्भवती हुँदा नाडा हाफेजले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिन्

अविश्वसनीय: मिस्रकी फेन्सर नाडा हाफेजले सामाजिक सञ्जालमा खुलासा गरिन् कि उनले २०२४ पेरिस ओलम्पिकमा सात महिनाको गर्भवती हुँदा प्रतिस्पर्धा गरिन्। २६ वर्षीया खेलाडी, जो आफ्नो पहिलो सन्तानको प्रतिक्षामा छिन्,ले आफ्नो पहिलो खेलमा अमेरिकी फेन्सर एलिजाबेथ टार्टाकोभ्स्कीलाई हराएर महिला व्यक्तिगत सेबर इभेन्टमा जित हासिल गरिन्। यो प्रभावशाली जितको बाबजुद, उनी राउन्ड अफ १६ मा बाहिरिइन्। गर्भवती हुँदा प्रतिस्पर्धा गर्नुपर्दाको अनुभवले हाफेजको ओलम्पिक यात्रालाई अद्भुत बनायो। उनले इन्स्टाग्राममा लेखिन् कि सात महिनाको गर्भवती हुँदा प्रतिस्पर्धा गर्नुले शारीरिक र भावनात्मक चुनौतीहरू ल्यायो, तर यसले उनलाई अपार गर्व र खुशी पनि दियो। “पोडियममा दुई खेलाडी जस्तो देखिन्थ्यो, वास्तवमा तिनीहरू तीन थिए!” उनले भनेकी थिइन्,…
Read More
इरानले हमास नेताको हत्या अमेरिकी संलग्नतामा भएको बतायो

इरानले हमास नेताको हत्या अमेरिकी संलग्नतामा भएको बतायो

जेरुसेलम – हमासका नेता इस्माइल हानियेको इरानमा हत्या भएपछि यसले अबको मध्यपूर्वको बाटोका बारे धेरै चासो बढ्न थालेको छ। बुधबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा यस विषयमा कुरा राख्दै इजरायलका जोनाथन मिलरले इरानले अपराधीलाई संरक्षण गरेकाले यसमा सुरक्षा परिषद्ले चासो दिनु पर्ने बताए। उनले हमास र हजिबुल्लाहलाई इरानले संरक्षण दिएका कारण मध्यपूर्वमा समस्या बढेको बताए। इजरायलले हानियेको हत्याको जिम्मेवारी लिने र नकार्ने काम भने गरेको छैन। संयुक्त राष्ट्र सङ्घका लागि प्यालेस्टाइनका डेपुटी पर्मानेन्ट अफिसर फेदा अब्देलहादी नासेरले इजरायलले मध्यपूर्वमा अपराध गरीरहेको तथा राष्ट्र सङ्घले यसलाई रोक्न नसकेको आरोप लगाएकी छिन्। उनले गएको ३०० दिनमा एक लाख ३० हजार प्यालेस्टाइनी मारिएकाले…
Read More
उच्च जोखिममा विमानस्थल र बस्ती

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर…
Read More