Skip to main content

धनगढी न्यूज

Month: April 2025

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।
Read More
प्राज्ञिक विद्यार्थी परिषदद्धारा वत्तृत्वकला प्रतियोगिता आयोजना

प्राज्ञिक विद्यार्थी परिषदद्धारा वत्तृत्वकला प्रतियोगिता आयोजना

प्राज्ञिक विद्यार्थी परिषद , धनगढी नगर एकाइ समितिद्धारा आज एक कार्यक्रमवीच वत्तिृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषदको ३१औँ स्थापना दिवसकोे अवसरमा पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । विद्यार्थीमा अन्तरनिहित प्रस्तुति प्रष्फुटन गर्ने उद्देश्यले अहिलेको जल्दोबल्दो प्रविधि कृत्रिम बौद्धिकता (AI) को शिक्षा क्षेत्रमा परेको प्रभाव विषयक वत्तृत्व प्रतियोगिता आयोजना गरिएको प्राज्ञिक विद्यार्थी परिषद , धनगढी नगर सचिव गीता जोशीले बताइन् । सुदूर पश्चिमाञ्चल क्याम्पसको सभाहलमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिमाञ्चल क्याम्पसमा क्याम्पस प्रमुख योगराज गौतम रहेका थिए । उनले यस्ता प्राज्ञिक खालका प्रतियोगिताले विद्यार्थीमा नवप्रर्वतन तथा सचेतना समेत वृद्धि गर्ने जनाए । प्रतियोगितामा सुदूर पश्चिमाञ्चलका…
Read More
झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपकम ३६ जना शिक्षक, ५ प्रहरी र १ पत्रकार घाइते भएका हुन्। आन्दोलनको क्रममा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ। शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरासमेत हानेको थियो। माइतीघर मण्डलाबाट बिहान ११ बजे विरोध जुलुस सुरु भएको थियो। शिक्षकहरु आज २६औँ दिनको आन्दोलनमा सडकमा थिए।थाहा खबर बाट साभार
Read More
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ। दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याईदैछ। परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आइतवार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पुरै क्षतिग्रस्त भएको छ। बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडीभित्रबाट शाहसहितका घाईतेहरूलाई बाहिर निकालेका…
Read More
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे।   भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो। भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ। वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो।थाहा खबर बाट शाभार
Read More
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए। 'यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ', उनले भने, 'पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ।' उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताए। 'नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्', औलो निरीक्षक भट्टले…
Read More
सुनको मूल्य तोलामा  सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ। मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।   त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।दिनेश खबर बाट साभार  
Read More
औषधीय गुण भएको महुवा सङ्कलन सुरु

औषधीय गुण भएको महुवा सङ्कलन सुरु

धनगढीः औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ। कैलालीका स्थानीयले वनमा पाइने महुवा सङ्कलन गर्न थालेका हुन्। महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ। गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन्। होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ। यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन्। रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताए। “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उनले भने, होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ। गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ।…
Read More
धनगढीमा ग्रासरुट क्रिकेटले बढायो मित्रता र सिप — सिरिज नियमित रूपमा सञ्चालन हुने

धनगढीमा ग्रासरुट क्रिकेटले बढायो मित्रता र सिप — सिरिज नियमित रूपमा सञ्चालन हुने

धनगढी उप-महानगरपालिका अन्तर्गत सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गतको 'फ्रेन्डसिप सिरिज पुरुष' तर्फ सोमबार पहिलो खेल सम्पन्न भएको छ । चन्द्रोदय मा.वि. फूलबारीको खेल मैदानमा भएको उक्त खेलमा सिद्धनाथ मा.वि. जुगेडा र चन्द्रोदय मा.वि. फूलबारीबिच प्रतिस्पर्धा भएको थियो । खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको फूलबारी सेन्टरलाई जुगेडाले ८० रनको लक्ष्य दिएको थियो। जवाफी पालीमा ब्याटिङ गर्न आएको फूलबारीको टिम १७ ओभरमै अलआउट हुँदै १५ रनले पराजित भएको थियो । जुगेडा सेन्टरका हेमन्त बोहरा खेलका नायक बने । उनले दोस्रो इनिङ को व्यक्तिगत चार ओभरमा ४ विकेट लिँदै केवल १० रन खर्चिएर प्लेयर अफ द म्याच बन्न सफल भए…
Read More
कक्षा १२ को परीक्षा स्थगित, नयाँ तालिका भोलिमात्रै सार्वजनिक गर्ने

कक्षा १२ को परीक्षा स्थगित, नयाँ तालिका भोलिमात्रै सार्वजनिक गर्ने

कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’ मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । यसअघि परीक्षा बोर्डले तोकिएको समय…
Read More