Skip to main content

धनगढी न्यूज

Month: April 2025

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् । सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।
Read More
सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। निर्माण व्यवसायी, संघ कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। विश्वविद्यालयले निर्माण व्यवसायीको चार करोड १२ लाख भुक्तानी नदिएको भन्दै उनीहरूले तालाबन्दीको चेतावनी दिएका छन्। निर्माण व्यवसायी संघको कार्यालयमा आइतवार पत्रकार सम्मेलन गर्दै संघले सात दिनको अल्टिमेटम दिएका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित बाँकी कार्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी निर्माण व्यवसायीहरूको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले नयाँ रजिस्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए। विश्वविद्यालयसँग भुक्तानीका लागि पटक–पटक आग्रह गर्दै आएको भएपनि आलटाल गरिएको…
Read More
धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार सुरु

धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार सुरु

धनगढीः कैलालीको धनगढीमा ७औ राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ सुरु भएको छ। नेपाल उसु महासङ्घको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीमा एक औपचारीक कार्यक्रमका बिच सेमिनार सुरु भएको हो। सेमिनारको सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरे। सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ (क्ष्ध्ग्ँ) द्वारा जारी गरिएको मान्यता प्राप्त व्यालिड लाइसेन्स भएका निर्णायकहरुबाट विविध अन्तर्राष्ट्रिय नयाँ नियम तथा अपडेटहरुमा प्रशिक्षण दिइने बताईएको छ। कार्यक्रमले उसु खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा थप योगदान पुर्‍याउने आयोजकले अपेक्षा लिएको छ। सेमिनारमा अन्तर्राष्ट्रिय स्तरका कोचहरुबाट डिप्लोमा कोर्स सञ्चालन समेत हुने बताईएको छ। सुदूरपश्चिमबाट ४८, कर्णालीबाट…
Read More
‘उज्यालो धनगढी’ : धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडान सुरु

‘उज्यालो धनगढी’ : धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडान सुरु

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बत्ती जडानको काम फेरि थालेको छ। धनगढी–स्याउले सडकका पोलहरूमा बत्ती जडानको काम सुरु भएको हो। ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत हाल नौ सय ५४ वटा बत्तीहरू विभिन्न सडकका पोलहरूमा जडान गरिने भएको छ। धनगढी–दीपायल द्रुतमार्ग, हुलाकी राजमार्ग, राजपुल–भन्सार रिङ्ग रोड, क्याम्पस चोक–जाखोरताल सडक, बेहडाबाबा मन्दिर जाने सडकको पथरी क्षेत्रका विद्युतक पोलहरूमा बत्ती जडान गरिदै छ। धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत काम जारी रहेको बताएको छ। क्रमिक रूपमा ‘उज्यालो धनगढी’ अभियान जारी रहने उपमहानगरपालिकाले बताएको हो। धनगढी उपमहानगरपालिका क्षेत्रका सडकहरूमा उज्यालोका लागि बत्ती जडानको काम क्रमिक रूपमा अगाडी बढ्ने बताइएको छ। धनगढी उपमहानगरपालिकाले जनघनत्व तथा भिडभाड हुने क्षेत्रमा…
Read More
प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिनुुभएको थियो । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका…
Read More
एरिष्टो मा.वि. मा अब कक्षा ११ सुरु , सात प्रकारका छात्रवृत्ति योजना

एरिष्टो मा.वि. मा अब कक्षा ११ सुरु , सात प्रकारका छात्रवृत्ति योजना

धनगढी–८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट व्यवस्थापन संकायमा कक्षा ११ को पढाइ गर्ने भएको छ। स्कुलले आफ्नै सुविधा सम्पन्न नवनिर्मित विद्यालय भवनमा कक्षा ११ को पढाइ गर्ने भएको हो। विद्यालयले व्यवस्थापन विषयसँगै शैक्षिकसत्र २०८३ बाट विज्ञान विषयको समेत पढाइ सुरू गर्ने प्रधानाध्यापक हरि क्षेत्रीले बताए। उनले विद्यालयले कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने समेत जानकारी गराए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने बताए। कलेज छात्रवृत्ति शिर्षकमा हरेक…
Read More
सबै विद्यालय बन्द गरिदिन इस्टु प्रदेश कार्यसमितिको अपिल

सबै विद्यालय बन्द गरिदिन इस्टु प्रदेश कार्यसमितिको अपिल

नेपाल शिक्षक महासंघद्धारा सञ्चालित शिक्षक आन्दोलन मिति २०८१ चैत्र २० गतेदेखि संघीय राजधानी काठमाण्डौमा जारी रहेकोमा त्यसमा ऐकेबद्धता जनाउन संस्थागत विद्यालय शिक्षक युनियन(ISTU) , सुदूर पश्चिम प्रदेश कमिटीले सम्वद्ध सबैमा आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा भैरहेको देशव्यापी आन्दोलनमा सहभागी हुन समेत इस्टु सुदूर पश्चिमले अनुरोध गरेको छ । "आन्दोलनलाई अझ देशव्यापी तथा सशक्त बनाउनको लागि २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्ताल गर्ने नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय बमोजिम भोलि २५ गतेदेखि सुदूर पश्चिम प्रदेश अन्तर्गतका सम्पुर्ण विद्यालयहरु (सामुदायिक एवम् संस्थागत) पूर्णरुपमा बन्द गरि सहयोग गरिदिन अनुरोध गर्दछौँ " , विज्ञप्तिमा उल्लेख छ ।…
Read More
KGIST इन्स्टिच्युटका विद्यार्थीहरु अन्तर्राष्ट्रिय पाँचतारे होटलमा इन्टर्नसीप गर्दै

KGIST इन्स्टिच्युटका विद्यार्थीहरु अन्तर्राष्ट्रिय पाँचतारे होटलमा इन्टर्नसीप गर्दै

धनगढीस्थित KGIST इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात पाँचतारे होटलहरुमा तलबी इन्टर्नसीप प्राप्त गरेका छन् । विगत १४ वर्षदेखि होटल व्यवस्थापनका विभिन्न्न कोर्षहरु सञ्चालन गर्दै आइरहेको इन्स्टिच्युटले समय समयमा देश तथा  विदेशका विभिन्न प्रख्यात होटलहरुमा इन्टर्नसीपका लागि विद्यार्थीहरु पठाउँदै आएको इन्स्टिच्युटका एकेडेमिक कोर्डिनेटर विकास सिकेले बताए । इन्टर्नसीप कार्यक्रम अन्तर्गत होटल मेरिट (बैंगलोर) , हायात सेन्टिक हेब्बल होटेल (बैंगलोर),रेडिसन ब्लु होटेल (चेन्नई) लगायतका तारे होटलहरुमा विद्यार्थीहरुलाई संलग्न गराईएको सिकेले जनाए ।  यस्ता कार्यक्रमबाट विद्यार्थीको क्षमता विकासमा ठूलो टेवा पुग्ने इन्स्टिच्युटले जनाएको छ । यसैविच KGIST इन्स्टिच्युटले यही आउँदो वैशाख ३ गतेबाट एसईई दिएर बसेका विद्याथीहरुका लागि निशुल्क रुपमा अंग्रजी भाषा…
Read More
KGIST इन्स्टिच्युटले नि:शुल्क कक्षाहरु संचालन गर्दै

KGIST इन्स्टिच्युटले नि:शुल्क कक्षाहरु संचालन गर्दै

धनगढीस्थित KGIST इन्स्टिच्युटले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी नि:शुल्क कक्षाहरु सञ्चालन गर्ने भएको छ । एसईई परिक्षा दिएर घरमै बसेका विद्यार्थीहरुको समयको सही सदुपयोग गर्ने हेतुले अंग्रेजी तथा कम्प्युटरका कक्षाहरु सञ्चालन गर्न लागिएको इन्स्टिच्युटका शिक्षक रविन्द्र चन्दले जानकारी गराए । अहिलेको प्रतिस्पर्धात्मक युगमा अंग्रेजी भाषा तथा कम्प्युटरको ज्ञान अपरिहार्य भएको हुँदा उक्त कक्षाहरु सञ्चालन गर्दा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा कम्प्युटर सिपको विकासमा टेवा पुग्ने विश्वास इन्स्टिच्युटले लिएको छ । इन्स्टिच्युटले यही आउँदो वैशाख ३ गतेबाट सो कक्षाहरु नि:शुल्क रुपमा सञ्चालनमा ल्याउने भएको हो। सीमित सिट भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत इन्स्टिच्युटले अनुरोध गरेको छ…
Read More
धनगढीका २८६ सामुदायिक कुकुरको बन्ध्याकरण

धनगढीका २८६ सामुदायिक कुकुरको बन्ध्याकरण

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले दुई सय ८६ सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण गरेको छ। उपमहानगरपालिकाले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गरेको हो। सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण गरेको बताएको छ। उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ। सामुदायिक कुकुरले गर्दा दुर्घटना र रेबिज रोग लाग्ने भएकाले बन्ध्याकरणका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको बताइएको छ। उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतवारदेखि बुधवारसम्म सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो। चार दिनसम्म सञ्चालन भएको शिविरमा १५८ पोथी र १२८ भाले गरी दुई…
Read More