Skip to main content

धनगढी न्यूज

Month: June 2025

पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखरा । पर्यटनको राजधानी पोखरामा होटल व्यवसाय सञ्चालन भइरहेका अधिकांश घरले महानगरबाट नक्सापास लिएका छैनन् । नक्सापासविना होटल चलाउनेहरूमा प्रतिष्ठित र ठुला होटलसमेत छन् । कतिपयले स्वीकृति नलिएको प्रस्टै पुष्टि हुन्छ भने कतिपयको तथ्याङ्क महानगरमा छैन । महालेखा परीक्षकको प्रतिवेदनले २० वटा होटलको नाम नै उल्लेख गरेर नक्सापास नभएको देखाएको हो ।यसरी नक्सापास नलिनेमा फिस्टेल लजदेखि होटल एलो प्यागोडा, फूलबारी होटलसम्म छन् । टेम्पल ट्री रिसोर्ट, कुटी रिसोर्ट, बरपिपल रिसोर्ट, रानीवन रिट्रिट जस्ता होटलको तथ्याङ्क नै महानगरमा छैन । यस्तै, वाटर फ्रन्टले समेत नक्सापास स्वीकृति लिएको छैन ।होटल ग्लासियर, ल्याण्डमार्क, क्लव इन्फिनिटी, हिमालय होम्सदेखि होटल तुलसी, स्तुपा, स्नोल्याण्ड, ड्रागन, फेवा…
Read More
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न रास्वपालाई सभामुखको आग्रह

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न रास्वपालाई सभामुखको आग्रह

काठमाडौं : सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन्। रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए। सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन्।सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई…
Read More
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै  लागू हुने स्पष्ट पारेको छ । ‘असार…
Read More
सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर: भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधवार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ। सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो। ‘भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,’ सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, ‘एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ।’ सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा…
Read More
यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हाल। 

यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हाल। 

काठमाडौं : कुनैवेला हनुमानढोका भन्नेबित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे।  कसैलाई डर देखाउनुपर्‍यो भने ‘हनुमानढोकामा भेटौँला’ भनेको सुनिन्थ्यो ।   हुन पनि प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा रहेको प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो। त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ। भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा बनेको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ। स्थानीय र पुरातत्त्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला…
Read More
मधेसमा बजेट कार्यान्वयन : ११ महिनामा जम्मा २२ प्रतिशत खर्च

मधेसमा बजेट कार्यान्वयन : ११ महिनामा जम्मा २२ प्रतिशत खर्च

मधेस सरकारको चालु आर्थिक वर्षको बजेट खर्च गर्नमा कछुवाको गतिमा छ । चालु आर्थिक वर्षको वर्ष ११ महिनामा प्रदेश सरकारले चार भागको एक भागभन्दा पनि कम बजेट रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका अनुसार जेठसम्म मधेस सरकारको कुल बजेटको २२ दशमलव ४७ प्रतिशत रकम मात्रै खर्च हुन सकेको छ । करिब ७८ प्रतिशत बजेट रकम अझ खर्च हुन नसकेको प्रदेश प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका प्रवक्ता निरेन्द्रलाल कर्णले बताए । प्रदेश सरकारले अहिलेसम्म चालु र पुँजीगत गरी ९ अर्ब ८६ करोड ११ लाख ३० हजार ३९५ रुपैयाँ खर्च गरेको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ५५ करोड १९…
Read More
बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

काठमाडौँ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् । कहाँ–कहाँ अवरुद्ध सूची हेर्नुहोस्:-रातोपती बाट साभार
Read More
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न

समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न

काठमाडौँ । समाजवादी मोर्चा गठन भएको बुधबार दुई वर्ष पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको आधार तय गर्ने उद्देश्यका साथ २०८० साल असार ४ गते राजधानीको राष्ट्रियसभा गृहबाट मोर्चा घोषणा भएको थियो । सुरुमा मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी (जसपा) नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी थियो । तर २०८१ साल वैशाखमा जसपा नेपाल विभाजित भएपछि मोर्चाबाट अलग भएको थियो । सोही वर्ष साउनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(रास्वपा)बाट चोइटिएको महिन्द्र राय यादव समूह सहभागी भएको थियो । अहिले यादव समूह पनि विभाजन भएर सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूह माओवादीमा…
Read More
मुख्यसचिवले ‘कान फुक्दा’ ‘कुलिङ पिरियड’बारे प्रधानमन्त्री नेगेटिभ

मुख्यसचिवले ‘कान फुक्दा’ ‘कुलिङ पिरियड’बारे प्रधानमन्त्री नेगेटिभ

काठमाडौँ । संघीय निजामती विधेयकमा २ वर्ष ‘कुलिङ पिरियड’ राख्ने कि नराख्ने भन्नेमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अन्तिम समयमा आएर विभाजित देखिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विधेयकमा रहेको कुलिङ पिरियड हटाएर मात्र पास गर्नुपर्ने पक्षमा उभिएका छन् । छिल्लो समय खासगरी मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीलाई कान फुकेर यो व्यवस्था हटाउन बल गर्दा उनी यूटर्न भएको बताइएको छ । ‘यसमा प्रधानमन्त्रीलाई मुख्य सचिव र संसदका महासचिवले प्रभाव पारेको जस्तो देखिन्छ, बुझिन्छ, उहाँहरुले ठुलो लविङ गर्नुभएको छ’, स्रोतको भनाइ छ ।तर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चौथो दल रास्वपा…
Read More
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ।   अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिएका छन्, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिएका छन्। सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए।इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ। इरानले तेल अभिवका बासिन्दाहरूलाई…
Read More