Skip to main content

धनगढी न्यूज

Month: August 2025

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन्। कञ्चनपुर।वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन्। काठ सङ्कलन गर्न नपाउँदा वनमा रहेको लाखौं मूल्यको काठ कुहिएर जान थालेको छ। सामुदायिक वनमा उत्पादन भएका काठ र दाउरा प्राविधिक कार्ययोजना अनुसार सङ्कलन गर्न नपाउँदा वन समूह आर्थिक सङ्कटमा परेका छन्। सरकारले विसं २०७७ माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेको थियो। सो…
Read More
पार्टी हित विपरीत काम गरेपछि दीपक साह जनमतबाट निष्कासित

पार्टी हित विपरीत काम गरेपछि दीपक साह जनमतबाट निष्कासित

काठमाडाैँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो । साहलाई गत चैत १४ गते १४ बुँदे सुधारकाे सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे । रातो पाटी बाट साभार  
Read More
विपक्षी दबाबसामु यसरी झुक्न बाध्य भयो कोशी सरकार

विपक्षी दबाबसामु यसरी झुक्न बाध्य भयो कोशी सरकार

लिम्बू र मैथिली सरकारी कामकाजको भाषा बन्दै, दलित विधेयक पनि छिटो ल्याउन दबाब लिम्बू र मैथिली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनुपर्ने विपक्षी दलहरूको प्रस्तावले कोशीमा परिणाम पाएको छ। मुख्य विपक्षी नेकपा (माओवादी केन्द्र) र अर्को विपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले गैरसरकारी विधेयक पेस गरेपछि अफ्ठयारोमा परेको प्रदेश सरकार अन्ततः आफै विधेयक पेस गर्ने निर्णयमा पुग्न बाध्य भएको छ। कोशी मन्त्रिपरिषद् बैठकले अघिल्लो बिहीबार लिम्बू र मैथिली भाषालाई आउँदो फाल्गुनन्द जयन्ती (कात्तिक २५ ) देखि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको थियो। सरकारले आफै विधेयक ल्याउनकै लागि बिहीबार प्रदेश सभामा भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत गर्ने औपचारिकता पूरा गरेको छ। प्रदेश…
Read More
सम्झनाको न्याय माग्दै विद्यार्थी सडकमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

सम्झनाको न्याय माग्दै विद्यार्थी सडकमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। कञ्चनपुर। घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।आइतबार १७ वर्षिया भट्ट बेलडाँडी २ सिहपाल टोलस्थित घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन् । विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन्।सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे।प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन्।भीमदत्त…
Read More
मिनिरल वाटरको बोतलको विवादमा बौद्धमा युवकमाथि खुकुरी प्रहार

मिनिरल वाटरको बोतलको विवादमा बौद्धमा युवकमाथि खुकुरी प्रहार

काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् । उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान…
Read More
गोहीको आक्रमणमा परेका किशोरलाई खोज्न हात्ती परिचालन

गोहीको आक्रमणमा परेका किशोरलाई खोज्न हात्ती परिचालन

बर्दियामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकी सवा ५ बजेतिर ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा खोलामा मधुवन नगरपालिका –१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगर गोहीले आक्रमण गरी झम्टेर लगेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको हात्तीसार नजिक खौराहा खोला पौडी खेलेर पार गर्न लाग्दा थारुलाई आक्रमण गरेको थिए। खोलामा गोही देखेपछि किनारमा भएका दुई साथीले रूपमिलनलाई त्यहाँबाट भाग्न भनेका थिए। उनी भाग्न नभ्याउँदै गोहीले थारुको टाउकोमा झम्टिएर उनलाई पानी भित्र लगेको प्रत्यक्ष देखेका भनेर प्रहरीलाई बताएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गोहीले झम्टिएर…
Read More
जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

जोगबुढा र दैजी जोड्ने सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

डडेलधुरा: डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री मधेशका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। जोगबुढाको अन्तिम पहाड न्वालीडाँडाबाट दैजी क्षेत्र देखिन्छ। आँखैअगाडि देखिने दैजी पुग्न अहिले त्यति सहज छैन। यस क्षेत्रको करिब चार किलोमिटर पार गर्न घन्टौँ लाग्छ भने यात्रुवाहक जिप हिलोमा फस्दा डोरीले तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको छ। चुरे पहाडको भिरालो सतहको हिलोमा फसेको गाडी तान्दै, धकेल्दै यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ। विज्ञापन जोगबुढाबाट दैजीसम्मको दुरी करिब ८० किलोमिटर छ तर जोगबुढाबाट–बुडर–अत्तरिया हुँदै दैजी पुग्नु परे १३५ किमी दुरी पार गर्नु पर्दछ। करिब आधा छोटो सडक पर्ने भएकाले जोगबुढा…
Read More
थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुरः  साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन्। धानका गाँजा हरिया भएका छन्। खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन। “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरीले भने,“भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनि बताउँछन्। वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ। यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ।  साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै…
Read More
गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने असोज १  देखि लागू हुने

गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने असोज १ देखि लागू हुने

आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । काठमाण्डौ।आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत…
Read More
निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेस-एमाले बाहेकका दलको विरोध

निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेस-एमाले बाहेकका दलको विरोध

२१ साउन, काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध जनाएको हो । आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । नर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै बुधबार कांग्रेस–एमाले बाहेकका दलहरू छलफलमा जुटेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले सो कार्यविधि…
Read More