Skip to main content

धनगढी न्यूज

Month: August 2025

प्रतिपक्षी दलहरूले गरे निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ को विरोध

प्रतिपक्षी दलहरूले गरे निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ को विरोध

'दुई पार्टी मात्रै देशमा बाँचे हुन्छ, अरूलाई समाप्त गरे हुन्छ भनेजसरी निर्वाचन आयोगले कार्यविधि ल्यायो' नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक दलहरूको बैठकले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधानविरोधी रहेकोले यसको विरोध गर्ने निष्कर्ष निकालेको छ। निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ ल्याउँदै यही साउन २२ गतेभित्र सुझाव दिन राजनीतिक दलहरू र सर्वसाधारणहरूलाई आग्रह गरेको थियो। सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले आह्वान गरेको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमतलगायत दलका नेताहरू सहभागी थिए। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचन आयोगले बनाएको कार्यविधि संविधानविरीत रहेको निष्कर्षमा आफूहरू…
Read More
चाँगुनारायणको देश यात्रा : बद्रीनारायणका रूपमा वसन्तपुर भित्र्याइयो (तस्बिरहरू)

चाँगुनारायणको देश यात्रा : बद्रीनारायणका रूपमा वसन्तपुर भित्र्याइयो (तस्बिरहरू)

काठमाडौँ । श्रावण शुक्ल द्वादशीको दिन बुधबार भक्तपुरस्थित चाँगुनारायण भगवानको बद्रीनारायणको रूपमा विशेष पुजाका साथै देश यात्राका क्रममा वसन्तपुर ल्याइएको छ । देश यात्राका क्रममा लक्ष्मी नारायण र सरस्वतीको प्रतीक स्वरूप तीन वटा कलशलाई जमलपाटी गई गुरुजुको पल्टनको टोलीबाट हर्षबढाइँ गर्दै जमल पाटीबाट हर्षोउल्लास पूर्वक जात्रा गरी प्राचीन राजदरबार हनुमानढोकामा ल्याइएको थियो । हनुमानढोका पुगे पश्चात् जिवित देवी कुमारीको प्रत्यक्ष नजरमा विशेषपुजा लसकुस गरी तलेजु भवानीको मुलढोकाबाट भित्र्याइएको छ ।रातो पाटी बाट साभार  
Read More
राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्ति रास्वपाको पार्टी सदस्य हुन नपाउने प्रस्ताव

राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्ति रास्वपाको पार्टी सदस्य हुन नपाउने प्रस्ताव

मुख्य सचिव, सचिवहरू सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै रास्वपा सदस्य बन्न योग्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न लागेको छ।बुधबार बसेको सचिवालय बैठकमा विधानको धारा १३ को योग्यता खण्ड संशोधन गरी राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतको न्यायाधीश, विशेष अदालतको न्यायाधीश वा  सर्वोच्च अदालतको न्यायाधीश पार्टी सदस्य बन्न योग्न नहुने प्रावधान प्रस्ताव गरिएको एक सदस्यले बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा पदाधिकारी पनि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव गरिएको छ। त्यस्तै नेपाल सरकारको मुख्य सचिव र संसद सचिवालयको महासचिव भइसकेको व्यक्ति सेवाबाट सेवानिवृत्त भएको दुई वर्ष पुगेपछि…
Read More
जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि..

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि..

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ। हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। मङ्गलवार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो। हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए। हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए। विज्ञापन 'हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो', उनले भने, 'हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ।' जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको…
Read More
छाक कटाएर जलविद्युतको मर्मतमा जुटे बैतडीका मठैराजवासी

छाक कटाएर जलविद्युतको मर्मतमा जुटे बैतडीका मठैराजवासी

घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् । बैतडी । घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् । छेउमै चमेलिया जलविद्युत् आयोजना भए पनि गाउँमा राष्ट्रिय प्रसारणको बिजुली नपुगेपछि डिलासैनी गाउँपालिका–४, मठैराजका करिब तीन सय घरपरिवार गाउँकै लघुजलविद्युत्को जीर्ण पावरहाउस मर्मत गर्न जुटेका हुन् । २०५४ मा निर्माण भएको २१ किलोवाटको लघुजलविद्युत्को पावरहाउसको भवन जीर्ण भएर भत्केपछि विद्युत् सेवा एक वर्षदेखि बन्द थियो । पावरहाउस मर्मत गर्न गाउँले एकजुट भएको स्थानीय पदमबहादुर विष्टले बताए । मर्मतका लागि स्थानीय सरकारसँग माग गरे पनि चासो नदिएको गुनासो गर्दै उनले छेउमै चमेलिया जलविद्युत्…
Read More
धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो । विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका…
Read More
मुख्यमन्त्री शाहको एक वर्ष : “राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल”

मुख्यमन्त्री शाहको एक वर्ष : “राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल”

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताएका छन्। सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताए। उनले भने, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ।” विज्ञापन छिमेकी मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा आफ्नो नेतृत्वमा भएको औपचारिक…
Read More
बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्। मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्। प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए। बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्। को-को भए मन्त्री? नेकपा (एमाले) बाट मन्त्री हुनेहरू; १. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री…
Read More
कञ्चनपुरमा आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

कञ्चनपुरमा आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ । कञ्चनपुर। घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  सागर बोहराले जानकारी दिए। सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो। त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए। आत्महत्या दुरुत्साहनमा अनुसन्धानका…
Read More
धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

कैलालीको धनगढीमा Hungry Mouth नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरस्थित एक्सिस विद्याश्रम (प्लस टु) नजिक उक्त रेष्टुरेन्ट अवस्थित छ । धनगढीकै दुई युवा उद्यमी नेत्र राज पाण्डे र तिर्थ कठायतले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । गुणस्तरिय परिकारसँगै प्रशस्त पार्किङ्ग क्षेत्र , एकान्त शान्त बस्ने वातावरण सहित छिटो छरितो सेवा प्रदान गरिरहेको हुँदा आफूहरु यहाँ आउने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । "शुक्रबार विशेष" अन्तर्गत केही नौलो परिकार बनाएर उपभोक्तालाई फरक स्वादसहित सत्कार गरिदै आएको सञ्चालक पाण्डेले बताए । घरमै रेष्टुरेन्टका परिकारको स्वाद लिन चाहनेहरुका लागि माग अनुसार होम…
Read More