Skip to main content

धनगढी न्यूज

Month: August 2025

कुलिङ पिरियडको प्रतिवेदन लेख्ने क्रममा आचार्य र पराजुलीबिच झन्डै हात हालाहालको अवस्था

कुलिङ पिरियडको प्रतिवेदन लेख्ने क्रममा आचार्य र पराजुलीबिच झन्डै हात हालाहालको अवस्था

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको ‘त्रुटि’माथि छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन तयार गर्ने क्रममा सदस्यहरूबिच झन्डै हात हालालको अवस्था सिर्जना भएको छ । समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले प्रतिवेदनको निष्कर्ष लेख्ने क्रममा आ-आफ्नो अडान राखेपछि भएको विवादका क्रममा सदस्यहरूबिच झन्डै हात हालाहालको स्थिति आएको समितिका एक सदस्यले जानकारी दिए । ‘प्रतिवेदनलाई अन्तिम रूप दिने क्रममा सदस्यहरूबिच निकै रस्साकस्सी भयो’,एक सदस्यले भने, ‘त्यसक्रममा रास्वपाका सांसद गणेश पराजुली र नेकपा एमालेका सांसद नारायण आचार्यबिच विवाद बढ्दै जाँदा झन्डै हात हालाहालको स्थिति भयो ।’ ती सदस्यका अनुसार बैठकमा आचार्य र पराजुलीबिच छलफलका क्रममा हात हालाहालको स्थिति आएपछि विशेष…
Read More
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा

गत महिना ट्रम्पले ५० प्रतिशत भन्सार लगाउने दिएका थिए चेतावनी पूर्वराष्ट्रपति बोल्सोनारो। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई नजरबन्दमा राख्न आदेश दिएको छ। कू गर्ने प्रयास गरेको आरोप लागेका बोल्सोनारोलाई सर्वोच्चले सोमबार नजरबन्दमा राख्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वोच्चले तोकेका सर्तको पालना नगरेको भन्दै न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले घरमै नियन्त्रणमा राख्न आदेश दिएका हुन्। यसअघि सर्वोच्चले बोल्सोनारो विदेश भाग्न सक्ने भन्दै विदेशी अधिकारीसँग सम्पर्क गर्न, सामाजिक सञ्जाल चलाउन, दूतावासलाई सम्पर्कको प्रयास गर्न पनि रोक लगाएको थियो। अदालतले बोल्सोनारोको फोन नियन्त्रणमा लिन, वकिल बाहेकसँग भेटघाट गर्न र अदालतको अनुमति प्राप्त व्यक्तिसँग मात्रै भेट्न पाउने आदेश दिएको छ। उक्त…
Read More
विपद् जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले दिए ‘हाईअलर्ट’मा बस्न निर्देशन

विपद् जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले दिए ‘हाईअलर्ट’मा बस्न निर्देशन

२० साउन, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन निर्देशन दिएका थिए । साथै उनले सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन…
Read More
नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

  नेक्सु थिंकल्याबवद्धारा आफूले निर्माण तथा डिजाइन गरेका स्टिमका सामग्रीहरु विभिन्न विद्यालयमा प्रयोग हुन थालेका छन् । यस क्षेत्रका साझेदार विद्यालयका विद्यार्थीहरुलाई परम्परागत कक्षाकोठाबाट सिर्जनशील , अन्वेषण तथा आयमूलक क्षेत्रमा लगाउने उद्देश्यले यो कार्य सुरु गरिएको हो । गत केहि हप्तादेखि नै नेक्सु थिंकल्याबका स्टिम सामग्रीहरु किड्स जोन , ज्ञान ज्योति , सत्यवती तथा एभरेष्ट एकेडेमीमा पुगिसकेको नेक्सु थिंकल्याबका सञ्चालकले जनाए । यी सबै निर्माण सामग्रीहरु पाठ्यक्रम विकास केन्द्रले प्रविष्ट गरेको विद्यालय तहको पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाईतर्फ उन्मुख रहेको जनाइएको छ । नेक्सु थिंकल्याब स्टिम कार्यक्रम अन्तर्गत २० भन्दा धेरै कक्षा ३ देखि ८ सम्मका…
Read More
कक्षा १२ काे नतिजा सार्वजनिक

कक्षा १२ काे नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि  सञ्चालन भएको थियो। परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।धनगढी खबर बाट साभार
Read More
हवाई इन्धन पनि पाइपलाइनबाट, लोथरमा हुनेछ भण्डारण

हवाई इन्धन पनि पाइपलाइनबाट, लोथरमा हुनेछ भण्डारण

नेपाल आयल निगम लिमिटेडले अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनका लागि काम अघि बढाएको छ। निगमले चितवनको राप्ती नगरपालिका–१ लोथरमा परियोजनाको कार्यालय स्थापना गर्दै काम अघि बढाएको जानकारी दिएको हो। हाल भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालन भइरहेको छ। २०८१ असोज १७ गते नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच भएको ‘बिटुबी’ सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन बिस्तार र भण्डारण गृह सहितको आधुनिक ग्रीनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो। परियोजनाका प्रमुख रहेका निगमका उप–निर्देशक इन्जिनियर प्रदिपकुमार यादवले अमलेखगञ्जसम्म बिछ्याइएको पाइपलाइनलाई लोथरसम्म बिस्तार गर्ने काम सुरु गर्न सबै प्रकृयाहरु पुरा भएको जानकारी दिए। ‘आधुनिक सुविधा सम्पन्न ग्रीनफिल्ड टर्मिनल निर्माण गर्नका लागि लोथरमा २३ बिघा १२…
Read More
दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना

दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना

  दोधारा चाँदनीः डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ। महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने उनले महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पनासमेत गरेका थिएनन्। विज्ञापन “महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपथ्र्याे कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन,” भट्टले भने, “अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ ।” विसं २०२२ देखि यहाँ बस्दै आएका उनले विगतमा अनेक दुःख खेपेको बताउँदै अहिले महाकाली नदीमा पक्की पुल र…
Read More
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

१९ साउन, काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा…
Read More
कुलिङ पिरियडमा हेरफेर: सकियो छानबिन समितिको म्याद, निरन्तर छलफल, बनेन प्रतिवेदन

कुलिङ पिरियडमा हेरफेर: सकियो छानबिन समितिको म्याद, निरन्तर छलफल, बनेन प्रतिवेदन

फरक-फरक अडानमा समितिका सत्तापक्ष र प्रतिपक्षी सांसदहरू संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न बनेको गठित समितिको म्याद सकिँदासमेत प्रतिवेदन तयार भएको छैन। नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले म्याद सकिँदासम्म निरन्तर छलफल जारी राखे पनि प्रतिवेदनमा के लेख्ने भन्ने निष्कर्ष निकाल्न नसकेको हो। समितिमा रहेका सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले फरक-फरक अडान राखेपछि सहमति जुट्न सकेको छैन, जसले गर्दा समितिको म्याद सकिँदासमेत प्रतिवेदन तयार भएको छैन। समितिलाई सुरूमा २१ दिन र पछि ७ दिनको म्याद दिइएको थियो। उक्त म्याद आइतबार नै सकिइसकेको छ। समितिको प्रतिवेदन सोमबार प्रतिनिधि सभा बैठकमा पेस गर्ने भने पनि…
Read More
कुलिङ पिरियड गडबडी : बयानमा हस्ताक्षर गर्न कर्मचारीले मानेनन्, मुख्यसचिवले रोकेको आरोप

कुलिङ पिरियड गडबडी : बयानमा हस्ताक्षर गर्न कर्मचारीले मानेनन्, मुख्यसचिवले रोकेको आरोप

१९ साउन, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतमसहितका कर्मचारीहरुलाई कुलिङ पिरियड गडबडीसम्बन्धी बयानमा हस्ताक्षर गर्न रोकेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको छ । समितिलाई सोधपुछ गरेका कर्मचारीहरुलाई आइतबार समितिले बोलाएर उनीहरुको बयानमा हस्ताक्षर गराउन खोजेको थियो । तर कुनै पनि कर्मचारीहरु हस्ताक्षर गर्न गएनन् । ‘प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतमले मुख्य सचिवको निर्देशनअनुसार उपस्थित नहुने जानकारी गराए’, समितिका एक सदस्यले अनलाइनखबरसँग भने, ‘अरु कर्मचारीहरुलाई पनि मुख्य सचिवले नै रोकेको भन्ने हाम्रो ठहर हो ।’ २३ असारमा गठन भएको संसदीय छानबिन विशेष समितिले मुख्यसचिव अर्याल, प्रधानमन्त्री कार्यालय सचिव गौतम, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेसँग सोधपुछ…
Read More