Skip to main content

धनगढी न्यूज

Month: August 2025

कैलालीमा झोलुङ्गे पुलले डुङ्गा विस्थापित

बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ धनगढी। बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ । मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए । नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए । पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए । बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका…
Read More
जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

बैतडीः जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ। बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्। जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु–याउने गरेको छ। दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए। मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ। विज्ञापन उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ। खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन।” भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका…
Read More
“धनगढीको “ड्रिम फाप्ला” अर्काे पञ्चेश्वर नबनोस”

“धनगढीको “ड्रिम फाप्ला” अर्काे पञ्चेश्वर नबनोस”

धनगढीः कैलालीको धनगढीमा रहेको फाप्ला क्रिकेट रङ्गशाला तथा खेलग्रामको भौतिक निर्माणको काम अगाडी बढ्नेमा आसङ्का व्यक्ति गरिएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नै “ड्रिम फाप्ला”को सपना पूरा हुनेमा आशङ्का व्यक्त गरेका हुन्। विज्ञापन धनगढीमा आइतवार पत्रकार सम्मेलनमा उनले “ड्रिम फाप्ला” अर्को पञ्चेश्वर बनाउन खोजिएको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशका नेताहरुले लामो समयदेखि पञ्चेश्वर जलविद्युत् परियोजना निर्माण गर्ने भन्दै आश्वासन दिने गरेको भएपनि पूरा नभएको बताउदै चन्दले फाप्लामा क्रिकेट रङ्गशालाका पूर्वाधार निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्ला क्रिकेट रङ्गशाला र खेलग्रामका लागि २६ अर्ब बढी बजेटको आवश्यकता देखिएकाले निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्लामा क्रिकेट रङ्गशाला मात्र…
Read More
बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याइँदैन: मन्त्री चौरसिया

बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याइँदैन: मन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्। नेपाली कांग्रेसनिकट नेपाल महिला संघले आइतबार ज्ञापन पत्र बुझाएपछि मन्त्री चौरसियाले बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याउने पक्षमा सरकार नरहेको बताए। सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको मन्त्री चौरसियाले स्पष्ट पारे। ‘जुन मस्यौदा तयार भएको छ, त्यसमा बहुविवाहको कुरा छैन। गलत सम्बन्धबाट (गलत नै भनौँ, महिलाले पुरुषलाई र पुरुषले महिलालाई ढाँटेको सम्बन्धबाट) गर्भ रहन…
Read More
सुदूरपश्चिममा एक वर्षमा १० अर्बको भौतिक पूर्वाधार निर्माण

सुदूरपश्चिममा एक वर्षमा १० अर्बको भौतिक पूर्वाधार निर्माण

  धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताए। विज्ञापन गत आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक र एक वर्षमा छ वटा सडक पुल निर्माण भएको उनले बताए। सरकारी तथा सामुदायिक भवन छ वटा निर्माण गरिएका छन्। जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी आवास र तीन वटा…
Read More
दुई संसदीय समितिको बैठक बस्ने, यी हुन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्ने, यी हुन् कार्यसूची

संघीय संसदका दुई समितिको बैठक आइतबार बस्दैछ। आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ। सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्यांक र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक…
Read More
च्छो-रोल्पा यात्रा : मातृत्व, प्रकृति र आत्मसन्तुष्टिको कथा

च्छो-रोल्पा यात्रा : मातृत्व, प्रकृति र आत्मसन्तुष्टिको कथा

  ‘वन विज्ञानमा आईएस्सी पढ्दादेखि नै पढेको फरेस्ट टाइप्सलाई आँखाले नियाल्दै र किताबलाई वास्तविक धरातलमा जोड्दै हिंड्न पाउँदा वन विज्ञान पढाइको महत्व अझ बढी हुँदोरहेछ । रमाइलोको लागि गन्तव्यमा पुग्न मात्र हिंडेको नभई यो त मेरो किताबी सैद्धान्तिक कुरालाई पुष्टि गर्ने अवसर हो भन्ने लाग्यो मलाई ।’ हामी वन तथा वातावरण मन्त्रालय हेटौंडाको बैठक हलमा जम्मा भएका थियौं । मन्त्रालयको कर्मचारी हुनाले यस्ता मीटिङमा त नियमित भाग लिइन्थ्यो नै तर यो पटक हामी थोरै फरक र उत्सुकता सहितको सन्दर्भमा जुटेका थियौं । प्रसंग थियो, मन्क्रालयको स्वीकृत वार्षिक कार्यत्रम जलवायु परिवर्तनका लागि च्छो–रोल्पा संवादको तयारी । यो संवादको लागि गौरीशंकर गाउँपालिका,…
Read More
कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न वन कार्यालयको निर्देशन

कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न वन कार्यालयको निर्देशन

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ। नगरपालिकाले विगत एक वर्षदेखि अवैध रूपमा चित्तल पालन गर्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो। विज्ञापन शुक्रवार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सब डिभिजन वन कार्यालय वाणीलाई छानबिन गर्न निर्देशन दिँदै पत्राचार गरेका छन्। पत्रमा कृष्णपुर नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुई वटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न भनिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (१५) बमोजिम वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा…
Read More
माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि स्थगित भएको छ। शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक अपराह्नसम्म बसेर आजका लागि स्थगित गरिएको हो। बैठक भोलि पुनः ११ बजेदेखि सुरू हुने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ। बैठकमा शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेन्डा र प्रस्तावबारे आज सदस्यहरूले धारणा राखेका थिए। शनिबार १८ जना स्थायी कमिटी सदस्य, पाँच जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए। बैठकमा बोल्नका लागि सबै सदस्यहरूलाई  १० मिनेटको समय निर्धारण गरिएको छ। सेतो पाटी बाट साभार
Read More
सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढीस्थित सु.प. एकेडेमीले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  नयाँ विद्यार्थीहरुलाई नयाँ माहोलमा घुलमिल गराउनुका साथै उनीहरुले पढिरहेको विधा  तथा  भविष्यका सम्भावनाबारे अवगत गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाउनुभयो । कार्यक्रमको सभाध्यक्षता सु.प.एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ओझाले विगतबाट नै सु.प. एकेडेमीले शिक्षा , खेलकुद तथा सामाजिक क्षेत्रमा हरेक किसिमले योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।  अभिमुखीकरण कार्यक्रममा एसपिए कलेजका…
Read More