Skip to main content

धनगढी न्यूज

Month: November 2025

भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना, १५१ मुद्दा दर्ता

भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना, १५१ मुद्दा दर्ता

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रहरीको केन्द्रीय प्रवक्ता  डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको छ। यो संख्या काठमाडौं उपत्यकासहित देशभरिकै हो। यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै पनि काठमाडौंमै छ। डिआइजी काफ्लेका अनुसार काठमाडौंमा मात्रै ७७ वटा मुद्दा दर्ता र १७७ जना व्यक्ति पक्राउ परेका छन्। त्यस्तै ललितपुरमा १३ वटा मुद्दा दर्ता हुँदा २६ जना पक्राउ परेका छन्। भक्तपुरमा ६ वटा मुद्दा दर्ता भई २३ जना पक्राउ परेका…
Read More
सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमतिपत्र छपाइ शुभारम्भ

सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमतिपत्र छपाइ शुभारम्भ

  २१ कात्तिक, काभ्रेपलाञ्चोक। काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बटम थिचेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ शुभारम्भ गरेका छन्। पहिलो चरणमा यातायात व्यवस्था विभागले दिएको १२ लाख  सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए। उनका अनुसार केन्द्रमा सुरुमा दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ। ‘केन्द्रले सबै प्रक्रिया पूरा गरेर ढिलोमा ६ महिनामा १२ लाख सवारीचालक अनुमतिपत्र उपलब्ध हुनेगरी छपाइ सुरु भएको छ,’ मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न सक्छौं।’ कार्यकारी निर्देशक…
Read More
क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

कैलाली : नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए। “यो क्रिकेटको स्वर्णिम युग हो। यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ।” विज्ञापन नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए। नेपाल प्रिमियर लिग ९एनपिएल०ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले…
Read More
‘त्यसदिन आईजीपी खापुङले नै दिएका थिए बानेश्वरमा गोली चलाउने आदेश’

‘त्यसदिन आईजीपी खापुङले नै दिएका थिए बानेश्वरमा गोली चलाउने आदेश’

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा गरी २२ जनाले ज्यान गुमाए । आन्दोलनमा ठुलो मानवीय क्षति भएपछि जेनजी पुस्तामात्र नभएर देशव्यापी आक्रोश बढ्यो र भदौ २४ गतेको आन्दोलन उग्र बन्यो । गृह मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । ठुलो मानवीय क्षति हुने गरी प्रहरीद्वारा बल प्रयोग गरिएको घटनाबारे विभिन्न कोणबाट व्याख्या भइरहेको समयमा तत्कालीन समयमा फिल्डमा रहेका अधिकृतहरू…
Read More
फर्कियो नेपाली क्रिकेट टोली

फर्कियो नेपाली क्रिकेट टोली

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो। त्यहाँ वेस्ट इण्डिजसँग तीन खेलको टी-२० सिरिज खेलेको थियो। त्यसमा पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल गुमाएको थियो। तर टी-२० सिरिज भने कब्जा गर्न नेपाल सफल भएको थियो। त्यसपछि नेपाली टोली ओमान प्रस्थान गरेको थियो। त्यहाँ आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोट खेल्यो। एसिया छनोटमा नेपालले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्‍यो। समूह चरणका दुई…
Read More
संरक्षित क्षेत्रबाहिर बाघ : नेपालमा बासस्थान ८० प्रतिशतले बढ्ने प्रक्षेपण

संरक्षित क्षेत्रबाहिर बाघ : नेपालमा बासस्थान ८० प्रतिशतले बढ्ने प्रक्षेपण

सन् २०१० मा प्रसिद्ध नेचर क्लाइमेट चेन्ज जर्नलमा बंगलादेशको सुन्दरवनमा पाइने बाघ सन्दर्भमा एउटा लेख छापियो । जलवायु परिवर्तनले सुन्दरवनका बाघ लोप हुन सक्ने उल्लेख थियो । सन् २००० लाई आधार वर्ष मानेर २८ सेन्टिमिटरले समुद्री सतह बढ्दै जाने हो भने बाघको बासस्थान ९६ प्रतिशतले घट्ने उल्लेख थियो ।  विश्व वन्यजन्तु संरक्षण कोषका उपप्रमुख एवं अनुसन्धाकर्ता कोल्भी लोउक्सको उक्त लेखमा प्रजनन् योग्य बाघको संख्या २० भन्दा कम हुने भनियो । जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने मुलुकहरूको मध्येको एक बंगलादेशलाई अझै पनि बाघ जोगाउन चुनौती छ । सन् २०१५ मा १०६ वटा बाघ रहेको सुन्दरवनमा २०२४ सम्म आइपुग्दा १९ वटा थपिएर…
Read More
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिवार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे। सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन्। उनलाई धान बेच्नका लागि चार दिन लाग्यो। विज्ञापन जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो। सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन्। तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ। कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ। कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो…
Read More
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छन् । आज साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरे । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।…
Read More
न्यायालयको अवस्था र सुधारबारे के भन्छन् जेनजी कानुन व्यवसायी र विद्यार्थी?

न्यायालयको अवस्था र सुधारबारे के भन्छन् जेनजी कानुन व्यवसायी र विद्यार्थी?

बुधबार २४ वर्षीय माजिद अन्सारीले जेनजी आन्दोलनमा सहभागी हुन जाँदै गर्दा अदालतमा भोगेका केही किस्सा सुनाए। माजिद नेपाल ल क्याम्पसमा बिएएलएलबी पढिरहेका छन्। आन्दोलन हुनुभन्दा एक महिनाअघि उनी एउटा मुद्दाको काम लिएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए। 'त्यो कामका लागि मेरो साथीलाई फाँटवालाले यताउति घुमाइदियो,' उनले सुनाए, 'त्यसपछि मलाई साथीले वारेसनामा दिएर मिल्छ भने गरिदिनू भनेर भनेकाले म गएको थिएँ। त्यसको एक सातासम्म म जिल्ला अदालतका फाँटहरूमा घुमिरहेँ।' उनले त्यहाँका कार्यालय सहयोगीले गरेको व्यवहार पनि सुनाए। माजिद र उनका साथीले कार्यालय सहयोगीलाई एउटा फाइल खोजिदिन आग्रह गरे। सहयोगीले झर्केर 'किन खोज्ने, तपाईंको काम गर्न बसेको हुँ र' भनिदिए। 'त्यसपछि मेरो साथीले त मलाई अदालत जस्तो ठाउँ नै यस्तो छ, म…
Read More
अंशु गौतम हत्या प्रकरण : शव अस्पतालमा, अनुसन्धान जटिल

अंशु गौतम हत्या प्रकरण : शव अस्पतालमा, अनुसन्धान जटिल

२० कात्तिक, विराटनगर । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि बेलबारी-चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो । उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरे । डीएनए परीक्षण गर्दा म्याच भयो । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो । तर प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । क्लु नभेटेका कारण प्रहरी अनुसन्धान…
Read More