Skip to main content

धनगढी न्यूज

Month: November 2025

धनगढी–४ का अध्यक्ष बुद्धि खड्कासहित जनप्रतिनिधिले पोखरा भ्रमणमा उडाए वडाको पाँच लाख बजेट

धनगढी–४ का अध्यक्ष बुद्धि खड्कासहित जनप्रतिनिधिले पोखरा भ्रमणमा उडाए वडाको पाँच लाख बजेट

धनगढी: धनगढी उपमहानगरपालिका–४ का जनप्रतिनिधिहरूले निर्वाचित भएको पहिलो वर्षमै वडाको बजेटबाट करिब पाँच लाख रुपैयाँ भ्रमणमा खर्च गरेको तथ्य सार्वजनिक भएको छ। वडावासीहरूले यसलाई 'जनताको करको दुरुपयोग र गैरजिम्मेवार खर्च' भन्दै तीव्र आलोचना गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा वडाले भ्रमण शीर्षकमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो रकमबाट वडाध्यक्ष बुद्धि बहादुर खड्का, महिला वडा सदस्य माया कुमारी भण्डारी साउँद, दलित महिला सदस्य गङ्गा देवी बिक, र वडा सदस्य श्याम राज बोहरा पोखरा घुम्न गएका हुन्। भ्रमणमा वडा सदस्य भागीराम चौधरी भने सहभागी थिएनन्। विज्ञापन पोखरा घुमफिर गरेका उनीहरूले भने स्याङ्जा, पाल्पा, बुटवल, भरतपुर र नेपालगञ्जलगायत स्थानमा समेत 'अध्ययन…
Read More
जेनजी आन्दोलनपछि वीरगञ्ज महानगर : विकास बजेट कटौती, सहयोग जुटाएर कार्यालय चलाउँदै

जेनजी आन्दोलनपछि वीरगञ्ज महानगर : विकास बजेट कटौती, सहयोग जुटाएर कार्यालय चलाउँदै

बारा । जेनजी आन्दोलनको क्रममा ठुलो क्षति बेहोरेको वीरगञ्ज महानगरले विभिन्न निकायहरूसँग सहयोग जुटाएर कार्यालय सञ्चालन गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरका ११ वटा महाशाखा, ४० वटा शाखामा रहेका कागजपत्र जलेर नष्ट भएका छन् । कार्यालयमा रहेका कुर्सी, टेबल, कम्प्युटर, प्रिन्टर, दराज, सिसिक्यामेरा, एसीहरू जलेका छन् भने १८ वटा चार पाङ्ग्रेसहित ३ दर्जन सवारी साधन जलेका छन् । कार्यालय खण्डहरमा परिणत भएको छ । कागजपत्र जलेका कतिपय कोठाहरूमा अझै पनि खरानीको थुप्रो छ । वीरगञ्ज महानगरका प्रशासकीय प्रमुख अरविन्द लाल कर्णले जेनजी आन्दोलनको नाममा सुनियोजित ढंगले महानगरमाथि क्षति पुर्‍याइएको बताएका छन् । ‘क्षति…
Read More
न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयर निर्वाचित भएपछि चर्चामा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन भरमग्धुर प्रयत्न गरे पनि उनले चुनाव जिते।  अमेरिकामा उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। मेयर निर्वाचित भएपछि ममदानीले नेपाली रेस्टुरेन्टमा 'लञ्च' गरेका छन्। बुधबार ज्याक्सन हाइट्सस्थित लालिगुरास बिस्ट्रो नामको नेपाली रेस्टुरेन्टमा उनी 'लञ्च'का लागि पुगेका हुन्। त्यहाँ उनी म:म, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएका छन्। उनले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स अकाउन्टबाट साझा गरेका छन्। उनीसँगै अमेरिकी सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी)पनि 'लञ्च'मा सहभागी थिइन्। 'मेयर निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक…
Read More
रविको वयान लिइयो, ओली र लेखकको कहिले ?

रविको वयान लिइयो, ओली र लेखकको कहिले ?

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार वयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ । यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई…
Read More
अवैध टेन्ट व्यवसायीमाथि कडाइ गर्न इभेन्ट एशोसिएसनको माग

अवैध टेन्ट व्यवसायीमाथि कडाइ गर्न इभेन्ट एशोसिएसनको माग

धनगढी: सुदूरपश्चिम इभेन्ट एशोसिएसनले अवैध रूपमा टेन्ट र डिजे सञ्चालन गर्ने व्यवसायीमाथि कारबाही गर्न आग्रह गरेको छ । एशोसिएसनले बुधवार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी रुपमा चलेका क्याटरिङमाथि कडाइ गर्न आग्रह गरेको हो। जिल्लाका विभिन्न टोल–टोलमा बिना दर्ता र इजाजत सञ्चालन भइरहेका टेन्ट तथा डिजे व्यवसायका कारण सामाजिक शान्ति भंग हुने र वैधानिक रूपमा व्यवसाय गर्दै आएका सदस्यहरू मारमा परेकको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा भनिएको छ, “जिल्लाभित्र अनुमति र दर्ता नलिएका टेन्ट तथा डिजे व्यवसायीहरूले सञ्चालन गरिरहेका कार्यक्रमले सामाजिक विग्रह बढाएको छ । प्रशासनले तुरुन्त निगरानी गरी कारबाही गर्नुपर्छ ।” विज्ञापन  बिना दर्ता सञ्चालन भइरहेका…
Read More
नेपाली कम्युनिस्ट पार्टीले अनुमोदन गर्‍यो ९ प्रस्ताव

नेपाली कम्युनिस्ट पार्टीले अनुमोदन गर्‍यो ९ प्रस्ताव

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट निर्णय भएको ९ वटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाएका हुन् । संयुक्त राष्ट्रिय सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ । प्रस्तावहरू : १. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ । २. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ । ३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ । ४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने…
Read More
प्रचण्ड-माधवलाई वामदेवको प्रश्न– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?

प्रचण्ड-माधवलाई वामदेवको प्रश्न– प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन भएन?

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन्। काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन्। ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ। आज कति वर्ष भयो? हामी कतिपटक प्रधानमन्त्री भयौं? हामीले कतिपटक प्रधानमन्त्री–मन्त्री बनायौं?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला।’ उनले संविधानमा लेखिएका कुरा…
Read More
जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले दियो प्रहरीमा जाहेरी

विशेष अदालतले काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो। अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ  क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए। 'हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,' स्रोतले भन्यो, 'अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही गर्छ।' भदौ २३ गते ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए। आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए। सेतोपाटी बाट साभार…
Read More
धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढी : धनगढीको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी उपमहानगरपालिका–७ को मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो। पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन्। तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ। बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ । विज्ञापन एक दशमलव शून्य…
Read More
साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’

साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’

धनगढी । विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो । साँफेबगरमा गत शनिबार राति आगलागी भएको थियो । करिब ९ बजे स्थानीय सुमन कुँवरको पसलमा विद्युत् सर्ट भएर लागेको आगोले क्षणभरमै रौद्र रूप लियो । परिणामस्वरुप आसपासका केही पसल जले । अधिकांश संरचना काठबाट बनेका कारण आगो फैलिँदै गएको थियो । वारुण यन्त्र नहुँदा आगलागी नियन्त्रण निकै चुनौतीपूर्ण बन्यो…
Read More