Skip to main content

धनगढी न्यूज

Month: November 2025

‘जब नेपालीहरूले बाटो चिने, अनि लाग्यो– अब हामी बाँच्छौं’

‘जब नेपालीहरूले बाटो चिने, अनि लाग्यो– अब हामी बाँच्छौं’

तीन जना बेलायती महिलाहरूले एक वर्षअघि नेपालका दुर्गम हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएका थिए। एमिली जेन कोट्स, मेरी रीप र क्याथरिन जेन विल्सनले पदयात्राका लागि भिडभाड कम भएका पदमार्ग खोजे। उनीहरू यस्तो पदमार्गको खोजीमा थिए, जहाँ होटलबाट होटलसम्म, चिया पसलबाट चिया पसलसम्मको यात्रा नहोस्। दुर्गम र कठिन पदमार्ग खोजी गरिरहँदा उनीहरूले बेलायतमै धौलागिरि सर्किट पदयात्रा गरेर फर्किएका एक जना साथी भेटे। ती साथीले सर्किटको नक्सा, पदमार्गको अवस्था र पदयात्राको तालिका दिए। अनि तीनै जनाले ध्यानपूर्वक अध्ययन गरे। नेपालको कठिन पदमार्गमा पर्ने धौलागिरि सर्किटमा होटल र चिया पसल छैनन्। पाँच हजार मिटरभन्दा उच्च हिमाली भञ्ज्याङ, उपत्यका र ग्लेसियर पार गर्नुपर्ने यो पदमार्ग निकै चुनौतीपूर्ण छ। उनीहरूले…
Read More
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

१९ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए । बेवारिसे रुपमा…
Read More
सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

कञ्चनपुर: सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन्। अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू समस्यामा परेका हुन्। किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए। विज्ञापन रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनले बताए। “यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै…
Read More
‘कुनै घुम्तीमा भेटौंला’ भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?

‘कुनै घुम्तीमा भेटौंला’ भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता जनार्दन शर्मा 'प्रभाकर' ले ४२ वर्षभन्दा लामो राजनीतिक सहकार्यमा पूर्णविराम लगाएका छन्। प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ वाम घटक मिलाएर एकीकृत पार्टीको संयोजक बन्दै छन्।यो एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बसिरहेको छ। त्यसपछि प्रचण्डसँग माओवाद र गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिह्न हुने छैन। उनले जीवनमा दोस्रो पटक आफूले बोक्दै आएको राजनीतिक विचारधारा र चुनाव चिह्न छाड्न लागेका हुन्। यसअघि २०७५ जेठ ३ गते नेकपा एमालेसँग पार्टी एकता गर्दा माओ विचारधारा र चुनाव चिह्न छाडेका थिए। यही एकताप्रति असन्तुष्टि जनाउँदै प्रभाकरले सोमबार नै 'राजनीतिक जीवनको कुनै घुम्तीमा भेटौंला' भन्दै प्रचण्डलाई विदाइको हात हल्लाएका थिए। सँगसँगै, ललितपुरको बखुण्डोलस्थि एक क्याफेबाट छुट्टै प्रगतिशील अभियान नेपाल घोषणा पनि गरेका छन्। यसरी 'कुनै घुम्तीमा…
Read More
धनगढीका पास नभएका घरहरूको विवरण माग, मापदण्ड पुगे अभिलेखीकरण गरिने

धनगढीका पास नभएका घरहरूको विवरण माग, मापदण्ड पुगे अभिलेखीकरण गरिने

धनगढी: सुदूरपश्चिम प्रदेशमा धनगढी एक मात्र उपमहानगरपालिका हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा मापदण्ड विपरीत घरहरू निर्माण हुन क्रम अहिले पनि रोकिएका छैनन्। मापदण्ड पूरा नगरेर घरहरू निर्माण गर्दा भूकम्पले क्षति गर्ने जोखिम हुन्छ। धनगढी उपमहानगरपालिकासँग मापदण्ड विपरीत निर्माण भएका घरहरुको पूर्ण विवरणसमेत छैन। धनगढी उपमहानगरपालिकाले पुराना घरहरूको अभिलेखीकरण गर्न सोमवार १५ दिनको सूचना सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरले अभिलेखीकरणको सूचना सार्वजनिक गरिएको बताए। उनले भने, ‘नाप नक्सा पास नभएका भवनहरूको अभिलेखीकरण गर्ने हो।’ विज्ञापन धनगढीमा निर्माण गरिएका पुराना तथा नक्सा पास बिनै निर्माण गरिएका घरहरूको अभिलेख तयार पारिने भएको हो। धनगढी उपमहानगरपालिकाको मापदण्डअनुसार…
Read More
भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै

भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दी धेरै

हेटौँडा । मकवानपुरको भीमफेदी कारागारमा लागुऔषध र जबरजस्ती करणीका कैदीबन्दीको संख्या उच्च रहेको पाइएको छ । नेपालका प्रमुख कारागारहरूमध्ये एक, भीमफेदी कारागारमा हाल १ हजार २३ जना कैदीबन्दी छन् । कारागार कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कैदीबन्दीहरू संलग्न अपराधको प्रकृति हेर्दा लागुऔषध, जबरजस्ती करणी, र कर्तव्य ज्यानमा अपराधका घटनाका कैदी बढी छन् । कारागारको तथ्यांक अनुसार सबैभन्दा धेरै लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी ३८० जनाले कैद भुक्तान गरिरहेका छन् । लागु औषधपछि जबरजस्ती करणी मुद्दाका कैदीबन्दीहरूको संख्या छ । उक्त अपराधका २९६ जना कैदीबन्दीले सजाय भोगिरहेका छन् । पछिल्लो समय लागुऔषध दुव्र्यसनी, लैगिंक हिंसा र यौनजन्य अपराध…
Read More
मिर्गी रोग के हो? कस्ता हुन्छन् लक्षण?

मिर्गी रोग के हो? कस्ता हुन्छन् लक्षण?

मिर्गी वा छारे रोग दीर्घ रोग हो। यो रोगमा बिरामीमा एक्कासि विद्युतीय तरंग पैदा हुन्छ। बिरामी बेहोस हुने, काम्ने, मुखबाट फिँज आउने, दाँत किट्ने, जिउ कडा हुने जस्ता लक्षण देखापर्छन्। त्यस्तै बिरामीलाई केही बेरसम्म होस आउँदैन। मिर्गीका अरू फरक खाले लक्षण पनि हुन सक्छन्। मिर्गी हुन बेहोस हुनैपर्छ भन्ने छैन। दिमागमा विद्युतीय तरंग पैदा भएर जस्तासुकै लक्षण देखिए पनि त्यसलाई मिर्गी भनिन्छ। मिर्गीमा 'सिजर' हुन्छ। सिजरको ठ्याक्कै नेपाली शब्द छैन। बिरामीलाई ज्वरो आउनु, काम्नु, बेहोस भएर ढल्नुलाई सिजर भनिन्छ। सिजरको लक्षण पटक पटक देखिनुलाई नै मिर्गी भनिन्छ। एक पटक सिजर देखिँदैमा मिर्गी भएको मानिँदैन। कहिलेकाहीँ शरीरमा ग्लुकोज (सुगर), नुनको मात्रा कम भएर, अरू रोगका…
Read More
बंगलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

बंगलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया । काठमाडौ‌ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले  चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ । सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् । तीन पटक बङ्गलादेश सरकारको नेतृत्व…
Read More
गौरीफन्टा नाकाको सात स्थानमा गरिने चेकजाँच व्यवस्थित गर्न माग

गौरीफन्टा नाकाको सात स्थानमा गरिने चेकजाँच व्यवस्थित गर्न माग

धनगढी: नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा भारतीय सुरक्षाकर्मीको चेकिङ्ग पछि सुरुमा सशस्त्र प्रहरी छ। सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्ने  हरेक नागरिक तथा उनीहरूले ल्याएको सामानको चेकजाँच गर्छ। सीमा क्षेत्रको सुरक्षाको प्रमुख दायित्व नै सशस्त्र प्रहरीलाई दिइएको छ। सशस्त्र प्रहरीले चेकजाँच गरेपछि कञ्चनपुर क्षेत्रमै नेपाल प्रवेश गरेका नागरिकहरूले ल्याएका सामाग्रीको नेपाल प्रहरीले दोस्रो पटक चेकजाँच गर्छ। भारतबाट नेपाल प्रवेश गर्ने पर्यटक, भारतमा काम गर्दै आएका नेपाली, भारतीय बजारमा किनमेलका लागि गएका नेपालीहरू माथि कञ्चनपुर जिल्लाको सुरक्षा टोलीले चेकजाँच गर्छन्। विज्ञापन कञ्चनपुर जिल्लाको सशस्त्र प्रहरी र नेपाल प्रहरीले चेकिङ्ग गरेका नागरिकहरू फेरि कैलाली प्रहरी र सशस्त्र प्रहरीको सम्पर्कमा आउँछन्। मोहना नदीको पुल छेउमा रहेको…
Read More
फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

फागुन २१ मा चुनाव भएन भने के हुन्छ ?

मान्यवर खड्ग प्रसाद ओलीको बायोग्राफी लेखियो भने उहाँको जीवनका अत्यन्त महत्त्वपूर्ण दुइटा विषय हुनेछन् । पहिलो, बयलगाडाको यात्रा । दोस्रो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध । नेपाली समाजमा विगत ३५ वर्षदेखि ठुला–ठुला पार्टीहरूले हुकुम चलाउँदै आएका हुन् । १८–१९ वर्षदेखि विराट विद्रोहबाट आएको पार्टी पनि त्यसमा सामेल भएको हो । जेनजीको विद्रोहपछि इतिहासको यो सम्पूर्ण उतार–चढावबिच दुईथरी परिघटना भए । जसको हामी चर्चा गरिरहेका छौँ । भ्रष्टाचार भयो । कुशासन भयो । नातावाद भयो । समाजमुनि ज्वालामुखीको आगो त बलिरहेकै थियो । मान्यवर खड्ग प्रसाद ओलीले विवेकपूर्वक, अविवेकपूर्वक नयाँ पुस्ताको संवेदना, त्यसका आकांक्षा, त्यसका लक्ष्यहरूको कुनै पर्बाह नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि…
Read More