Skip to main content

धनगढी न्यूज

Month: November 2025

क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सले सुरु गरेको एनपिएल ‘ट्रफी टुर’ समापन गरिएको छ। कैलालीको टीकापुरबाट शुक्रवार आरम्भ भएको ट्रफी टुर कञ्चनपुरको महेन्द्रनगर हुँदै पुनः कैलालीको धनगढी पुगेर शनिवार समापन गरिएको हो। समापनअघि धनगढीमा बाजागाजासहित ट्रफी प्रदर्शन गरिएको थियो। विज्ञापन एनपिएलको प्रचारप्रसारका साथै क्रिकेटप्रति सबैको उत्साह जगाउन रोयल्सले यो टुर आयोजना गरेको सुदूरपश्चिमवासी समेत रहनुभएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए। समापनपछि आयोजित पत्रकार सम्मेलनमा रोयल्स टोलीका प्रशिक्षक जगत टमटासहित खेलाडीले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए। दोस्रो संस्करणको एनपिएल प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने टोलीमा…
Read More
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने

अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको उनले बताए ।…
Read More
दुई महिना अगाडि लुटिएको सुप विश्वविद्यालयका डिनको गाडी अझै फेला परेन

दुई महिना अगाडि लुटिएको सुप विश्वविद्यालयका डिनको गाडी अझै फेला परेन

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको दुई महिना पूरा हुन लागेको छ। गत भदौ २५ गते डिन जोशीको निवासबाट लुटिएको गाडी अहिलेसम्म फेला परेको छैन। डिन जोशीले चढ्ने  बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी दिउँसै लुटिएको हो। जेन्जी आन्दोलनको भोलिपल्ट भदौ २५ गते डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट मुखमा मास्क लगाएका आठजनाको समूहले दिउँसो १२ बजे गाडी लुटेर लगेका थिए। घटना लगत्तै कैलाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खबर गरिए पनि लुटिएको गाडी दुई महिनासम्म फेला नपरेको विश्वविद्यालयले जनाएको छ। विज्ञापन विश्वविद्यालयले घटना लगत्तै मौखिक जानकारी दिएर…
Read More
काँग्रेसका नेता आलमको निधन

काँग्रेसका नेता आलमको निधन

रौतहट : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। शनिबार बिहान काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ६० वर्षीय आलमको निधन भएको राजपुर नगरपालिकाका नगरप्रमुख तथा उनको छोरा राजिक आलमले जानकारी दिए।     गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो। तर चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो। रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए। उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन…
Read More
जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा छालाको सुक्खापन र फुट्ने समस्याबाट कसरी बच्ने ?

जाडोमा अधिकांश मानिसहरूलाई छालासम्बन्धी समस्याहरू हुने गर्छन्। कहिले सुक्खापन हुन्छ त कहिले छाला फुट्छ। चिसो र सुक्खा हावामा मोइस्चर (नमी)को मात्रा कम हुने हुँदा छालाको प्राकृतिक नमी छिट्टै सुक्छ। यस मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्छ, जसले गर्दा छालाको सुरक्षात्मक तह कमजोर हुन जान्छ। विशेषगरी हात, खुट्टा र ओठ जस्ता भागहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्, किनकि यी भागहरू लगातार चिसो हावाको सम्पर्कमा रहन्छन्। तर, थोरै सावधानी र सही स्किन केयर रुटिन अपनाएमा यो समस्याबाट सजिलै जोगिन सकिन्छ। मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, पर्याप्त मात्रामा हाइड्रेटेड रहने र पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाको असरबाट बचाउन सकिन्छ र यसलाई…
Read More
सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिपका चालक दोलखा मेलुङ-४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए। जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई बेसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ। त्यस्तै…
Read More
बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी

२२ कात्तिक, काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कबुल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको…
Read More
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

कञ्चनपरः कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् । विज्ञापन डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताए। हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । “मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ”, अधिकृत भट्टराईले…
Read More
एस.पी.ए कलेजद्धारा कलेजक्षेत्र वरिपरि सरसफाइ सम्पन्न

एस.पी.ए कलेजद्धारा कलेजक्षेत्र वरिपरि सरसफाइ सम्पन्न

धनगढीस्थित एस.पी.ए कलेजले आज शुक्रबार कलेज वरिपरिका विभिन्न क्षेत्रमा सरसफाइ सम्पन्न गरेको छ । कलेजका कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरु उक्त सरसफाइ कार्यमा संलग्न भएका थिए । आफ्नो नगर आफै सफा राखौँ भन्ने अभिप्रायले एस.पी.ए कलेजले अतिरिक्त क्रियाकलाप अन्र्तगत यो सरसफाई कार्यक्रम आयोजना गरेको क्याम्पसले जनाएको छ । धनगढी उप महानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी भन्ने नारालाई साथ दिदैँ बेला बेलामा यस्ता सरसफाई कार्यक्रम गर्ने गरेको कलेजका मा.वि. संयोजक रमेश प्रसाद जोशीले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुले कलेजक्षेत्र वरिपरिका रहेका विभिन्न फोहरमैलाको सरसफाई गरेका छन् ।
Read More
ओलीको प्रश्न : सुकरात त भागेनन् केपी ओली भाग्छ ?

ओलीको प्रश्न : सुकरात त भागेनन् केपी ओली भाग्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए । अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे । ‘त्यसवेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’, ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद…
Read More