06
Aug
मुख्य सचिव, सचिवहरू सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै रास्वपा सदस्य बन्न योग्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न लागेको छ।बुधबार बसेको सचिवालय बैठकमा विधानको धारा १३ को योग्यता खण्ड संशोधन गरी राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतको न्यायाधीश, विशेष अदालतको न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश पार्टी सदस्य बन्न योग्न नहुने प्रावधान प्रस्ताव गरिएको एक सदस्यले बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा पदाधिकारी पनि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव गरिएको छ। त्यस्तै नेपाल सरकारको मुख्य सचिव र संसद सचिवालयको महासचिव भइसकेको व्यक्ति सेवाबाट सेवानिवृत्त भएको दुई वर्ष पुगेपछि…






