04
Mar
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य आधार इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गरेका छन्। उनले टेलिभिजन सम्बोधनमा स्पष्ट रूपमा ‘हामी युद्धमा संलग्न हुने छैनौँ’ भन्दै प्रतिशोधको डरले विश्वका लागि हानिकारक कुनै कदममा स्पेन संलग्न नहुनेमा जोड दिए। उनले भने, “हामी यस विपत्तिको विरोध गर्छौं।” उनले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकहरूसँग साझा भएको बताए। जसले थप युद्ध वा अनिश्चितता चाहँदैनन् । यसअघि मङ्गलबार ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट्दा ट्रम्पले स्पेनलाई ‘डरलाग्दो’ सहयोगी भनेका थिए। सान्चेजले ट्रम्पको मागअनुसार रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन…






