Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2292 Posts
गौरीघाट वन फँडानी: बयान लिने काम अन्तिम चरणमा

गौरीघाट वन फँडानी: बयान लिने काम अन्तिम चरणमा

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा मंसिर दोस्रो साता भएको वन फँडानीको विषयमा अनुसन्धानका लागि सामुदायिक वनका पदाधिकारीसँग बयान लिने काम अन्तिम चरणमा पुगेको छ । सामुदायिक वनका अध्यक्षदेखि अन्य पदाधिकारी र सदस्यसँग समेत बयान लिने काम भइरहेको हो । ‘एक हप्ताभित्र अनुसन्धानको काम सकिन्छ, त्यसपछि मुद्दा प्रक्रियामा जान्छौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले भने, ‘अहिले बयान लिने काम नै भइरहेको छ ।’ उनले सामुदायिक वनका अध्यक्ष, सचिवलगायत पदाधिकारी र वन फँडानीबारे जानकारी दिने प्रहरीको समेत बयान लिने काम भएको बताए । विज्ञापन मंसिर ११ गते दिउँसोको समयमा एक/डेढ घण्टाकै अवधिमा गौरीघाट सामुदायिक वनका १ सय ६४ रुख काटिएका थिए…
Read More
एसपिए कलेजको Brand Ambassador मा क्रिकेट मल्ल नियुक्त

एसपिए कलेजको Brand Ambassador मा क्रिकेट मल्ल नियुक्त

क्रिकेटमा उदयमान राष्टिय खेलाडी शेर मल्ल S.P.A. कलेजको Brand Ambassador मा नियुक्त भएका छन् । आइतबार कलेजले उनलाई एकवर्षका लागि Ambassador को रूपमा नियुक्त गरेको S.P.A. कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले जानकारी गराए । नेपाल प्रीमियर लिग सिजन दुईमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाएका मल्ल प्रतियोगिताका उदयमान खेलाडी घोषित भएका थिए । सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताएका छन् । शाहीले खेलाडीलाई खेलसँगसँगै आर्थिक हिसाबमा पनि मजबुत गर्दै जाने उद्देश्यका साथ कलेजले Brand Ambassador  नियुक्त गरेको बताएका छन्। S.P.A. कलेजले आफुलाई गरेको सम्मान र सहयोगको लागि क्रिकेटर…
Read More
धनगढीमा अध्ययनरत के.आई.सिंह गाउँपालिकाका विद्यार्थीहरुद्धारा क्रिकेटर मल्ललाई सम्मान तथा सरसफाई कार्यक्रम सम्पन्न

धनगढीमा अध्ययनरत के.आई.सिंह गाउँपालिकाका विद्यार्थीहरुद्धारा क्रिकेटर मल्ललाई सम्मान तथा सरसफाई कार्यक्रम सम्पन्न

खबर सम्वाददाता :पुष्प राज ओझा आज धनगढी उप महानगरपालिकाको वडा नं. २ बैयावेहडी शिवमन्दिर परिसर वरपर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । यसैविच सोही कार्यक्रममा उदयमान क्रिकेट खेलाडी शेर मल्ललाई सम्मान पनि गरिएको छ । मल्ल सोही के.आई.सिंह गाउँपालिकाका राष्टिय क्रिकेट खेलाडी समेत हुन् । उनले भर्खरै सम्पन्न नेपाल पिर्मियर लिग (NPL) मा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको स्थानिय अभिभावकको भूमिका निर्वाह गरिरहनुभएका एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रकाश बहादुर बलायरले शेर मल्लले क्रिकेट खेलको माध्यमबाट के.आइ.सिंह गाउँपालिका मात्र नभई सिंगो राष्टको शिर उचो बनाउनेमा आफू विश्वस्त रहेको बताउँदै उज्ज्वल  भविष्यको शुभकामना व्यक्त गरेका छन् ।  उक्त कार्यक्रममा…
Read More
प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

प्रतिनिधि सभा निर्वाचन : आजदेखि समानुपातिकतर्फ दल दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुदैछ।     जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले आज बिहान १० बजेदेखि पर्सि २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ। आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसे ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ। यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११०…
Read More
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्माण इजाजत लिनेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको चलचित्र निर्माण इजाजतसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म मात्रै ७० वटा नयाँ चलचित्रले निर्माण इजाजत लिएका छन् । गत वर्षको यही अवधिमा ५१ वटा चलचित्रले मात्रै निर्माणको अनुमति लिएका थिए । यो वर्ष लिइएको अनुमति गत वर्षभन्दा करिब ३७ प्रतिशतले बढी हो । विगत ५ वर्षसँग तुलना गर्ने हो भने निर्माण इजाजत झन्डै दोब्बर पुगेको देखिन्छ ।…
Read More
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ। गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्। मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको…
Read More
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन । मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए । केही विषय खुल्न बाँकी रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घरबाट हराएकै दिन…
Read More
कञ्चनपुरको कृष्णपुरस्थित एक सामुदायिक वनमा एकैदिन १६४ रुख काटिए

कञ्चनपुरको कृष्णपुरस्थित एक सामुदायिक वनमा एकैदिन १६४ रुख काटिए

धनगढी: कञ्चनपुरमा अवैध रूपमा रुखहरु कटान गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा रुख काटिएको हो। मंसिर ११ गते सामुदायिक वन वरपर बस्ने स्थानीयले खयर तथा सिसमको रुख काटेको बताइएको छ। तर रुख काट्नेहरुको पहिचान भने नखुलेको सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले बताइन्। विज्ञापन कृष्णपुर-७ को वडा कार्यालयसँगै रहेको सामुदायिक वन २०५५ सालदेखि संरक्षण गर्न थालिएको हो। २०५५ सालमा सुकुम्वासी आएर खाली जग्गमा बसेपछि स्थानीयले सुकुम्वासीलाई हटाएर बिरुवा रोपेर सामादायिक वन बनाइए वडा अध्यक्ष घुम्मन रानाले बताए। करिब २० बिघा क्षेत्रफलमा फैलिएको बस्तीको बिचमा रहेको वन क्षेत्रबाट स्थानीयले सुकेका रुख काटेर लैजाने गरेको तथा वन…
Read More
नागरिकताको घाउ

नागरिकताको घाउ

सधैं जस्तै पूर्वबाट घाम रातो भएर उदाउँदै थियो । चराहरुको बिहानी हल्लाखल्ला उस्तै थियो । माछापुच्छ्रे हिमालको काल्पनिक बाघ अन्नपूर्ण तर्फ उफ्रन लागे जस्तो देखिन्थ्यो । भरखरै पुछेको ऐना जस्तै कञ्चन देखिएको आकास क्षितिज पारीसम्म एकनासले निलो थियो । ‘हैन आकाशले बादल कता लुकाउँछ कहिले काहीँ ?’ सफा गगनतर्फ हेर्दा मनमा उठ्ने प्रश्न हो यो । लालुपातेले फूलेर पोखरा सिंगार्ने काममा सक्रिय सहभागिता जनाएको थियो । दुई दिन अगाडीको झरीले सडकको धुलो समेत पखालेको थियो । त्यसैले धोबीले पिटीपिटी धोएर सुकाएका बस्त्र जस्तै थिए बाटाहरु । निर्मल थियो फेवाको जल । लाग्थो निकै प्रफुल्ल छ पोखरा । तर, करिव दुई…
Read More
सरी अमेरिका, तिमीसँग यो जीवन बिताउन सकिएन!

सरी अमेरिका, तिमीसँग यो जीवन बिताउन सकिएन!

जनवरी महिना। सानफ्रान्सिस्कोको साँझ। मौसम निकै चिसो छ। सहरको सुन्दर अनुहारलाई बाक्लो कुहिरोले निलेको छ। सडक बत्तीहरू लाचार पहेँला धब्बाहरूजस्ता मात्र देखिएका छन्। सुन्तले रातो रङमा मुस्कुराउने गोल्डेन गेट बिज्र उदास मुद्रामा ठिङ्ग उभिएको छ। प्रशान्त महासागर उस्तै शान्त, मौन र अविचलित छ। छालहरू उर्लिरहेका छन् –  मानौं ती युगौंदेखि आफैभित्र गुम्सिएका व्यथाहरू किनारामा लगेर बिसाउन आतुर छन्। समुद्री तटको ‘बिच च्यलेट ब्रुअरी एन्ड रेस्टुरेन्ट’ खचाखच भरिएको छ। पृष्ठभूमिमा सुमधुर ज्याज सङ्गीत गुन्जिरहेको छ। मानिसहरू आआफ्नै धुनमा मस्त छन्। तर गौरव भने एउटा कुनामा गहिरो मौनता अँगालेर बसेको छ। हातमा कफीको तातो कप छ। तर, मनमा कठ्याङ्ग्रिएको चिसोपना। सायद ऊ आफै हराएको…
Read More