04
Dec
नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले आज काठमाडौंमा भेला गरेका छन्। मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि उक्त कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन पक्षले भेला गरेका हुन्। नियमित महाधिवेशन समयभित्रै नभए विशेष महाधिवेशन गर्ने र त्यसका लागि तयारी जारी राख्नुपर्ने भेलाको निष्कर्ष रहेको नेताहरूले बताएका छन्। नेता जगदीश्वर नरसिंह केसीले १५ औं महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुने देखिएको भन्दै आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताए। ‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ। यो कार्यतालिका पुस १६ गते प्रभावित नहुन सक्छ। १८, २०…






