10
Aug
एमिली एटकिंसन — ब्राजिलको साओ पाउलोमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमान रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उईार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय पनि कोही घाइते नभएको रिपोर्ट आइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ । ब्राजिलका राष्ट्रपति लुला…






