Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

२८ फागुन, काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ । यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । बढ्दो…
Read More
नयाँ बन्ने सरकारलाई पत्र

नयाँ बन्ने सरकारलाई पत्र

सर्वप्रथम, नयाँ बन्ने सरकारलाई अग्रिम बधाई। यहाँहरूको सफल कार्यकालको लागि भगवान् श्री गणेशसँग प्रार्थना गर्दै उहाँसँग सम्बन्धित एक प्रेरणादायी कथा स्मरण गराउन चाहन्छु । एक दिन शिव र पार्वतीले आफ्ना दुई पुत्र—गणेश र कुमारलाई विशेष लड्डु दिने निर्णय गर्नुभयो। माता पार्वतीले भन्नुभयो, “जसले पहिले सुमेरु पर्वतको परिक्रमा गर्छ, उसैले सबै लड्डु पाउँछ।” यो सुन्नासाथ कुमार आफ्नो मयूर वाहनमा चढेर तीव्र गतिमा सिधै पर्वतको परिक्रमा गर्न निस्किए। उनी उत्साहित थिए र  गति नै सबै कुरा हो भन्ने विश्वास गर्थे। तर गणेश, जसको वाहन मुसा थियो, माता पार्वतीको कुरा सुनेर केही समय सोचमा परे। उनले आफ्ना माता–पिता शिव र पार्वतीलाई नै सुमेरु…
Read More
गगनले के गर्लान् ?

गगनले के गर्लान् ?

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त नभएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकतर्फ मत गुमाउँदै दोस्रो दल बनेको छ । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कांग्रेसले प्रत्यक्षमा १०७ सिट कम ल्याएको छ । समानुपातिकतर्फ पनि फराकिलो अन्तरले रास्वपाले कांग्रेसलाई पछि पारेको छ । कांग्रेसलाई प्रत्यक्ष एवं समानुपातिक तर्फ उल्लेख्य मत घट्नु र सभापति स्वयं पराजित बनेपछि उनी माथि नैतिक प्रश्न समेत उठेको छ । सभापति थापालाई भेटेका नेताहरूका अनुसार उनी पदबाट राजीनामा दिने मनस्थितिमा छन् ।…
Read More
१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ। काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए।। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी…
Read More
रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा सर्वोच्च अदलतले पूर्ण सुनुवाइका पेस गर्न आदेश दिएको छ। बुधबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो। यसको सुनुवाइ चैत १ गतेदेखि हुने भएको छ। यो दिन पेसी तोक्दा हेर्न नमिल्ने न्यायाधीशहरू बाहेकले गोलाप्रथा गरी पेसी स्थगित नहुने गरी सुनुवाइका लागि राख्न आदेश भएको हो। 'यसमा विपक्षीहरूको लिखित जबाफसमेत परिसकेको वा लिखित जबाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुने बाहेक गरी…
Read More
प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

काठमाडौं :  फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिनुभएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ। कस्तो अवस्थामा हुन्छ जमानत जफत ? निर्वाचन सम्बन्धी कानूनअनुसार कुनैपनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ। यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा…
Read More
इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

२७ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो ।  त्यो शव थियो, गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको । इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी…
Read More
अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय बढी इरानीको मृत्यु

अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय बढी इरानीको मृत्यु

काठमाडौंः फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणमा १ हजार ३ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घर, १ हजार ६ सय १७ व्यावसायिक र सेवा केन्द्र, ३२ चिकित्सा र औषधि सुविधाहरू, ६५ विद्यालय र शैक्षिक संस्थाहरू, १३ रेड क्रिसेन्ट भवनहरू र धेरै ऊर्जा आपूर्ति सुविधाहरू समावेश छन्। इरावानीले नागरिक लक्ष्यहरूमा आक्रमण गरिएका धेरै उदाहरणहरू पेश गरे।थाहाखबर बाट साभार
Read More
नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड विजयी

नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड विजयी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।रातोपाटी बाट साभार
Read More
प्रतिनिधि सभा निर्वाचनः तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य

प्रतिनिधि सभा निर्वाचनः तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् । अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन । रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ ।…
Read More