Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

निर्वाचन आयोगलाई हर्क साम्पाङको जबाफ- जाबो चुनाव प्रचार गर्न केटाकेटीको साहरा लिनु पर्दैन

निर्वाचन आयोगलाई हर्क साम्पाङको जबाफ- जाबो चुनाव प्रचार गर्न केटाकेटीको साहरा लिनु पर्दैन

निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जबाफ दिएका छन्। निर्वाचन आयोगलाई साम्पाङले दिएको जबाफमा बालबालिकाहरू ‘आमाबाबालाई पछ्याएर आएका हुन सक्ने’ उल्लेख गरेका छन्। ‘मलाई कुनै जानकारी छैन’, साम्पाङले निर्वाचन आयोगलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिकालाई ल्याएर कुनै पनि काममा अह्राएको छैन, फकाएर या डर धम्की या प्रलोभनमा पारेर कसैलाई नियतवश प्रचारमा लगाएको छैन! लाखौं समर्थक भएको मलाई जाबो चुनाव प्रचार गर्न कै लागि बालबालिका, केटाकेटीको साहरा लिनु पर्ने के नै खाँचो छ र !’ निर्वाचन आयोगले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग…
Read More
मोरङ-४ : हिजोका सहकर्मी आज प्रतिस्पर्धी

मोरङ-४ : हिजोका सहकर्मी आज प्रतिस्पर्धी

१५ माघ, विराटनगर । मोरङ-४ मा विगतका दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू नै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका छन् । जसको केन्द्रमा छन्  पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र कांग्रेस महामन्त्री गुरुराज घिमिरे । २०७० सालमा २८ वर्षकै उमेरमा संविधानसभा सदस्य बनेका मोदीले त्यसपछिका दुईवटै प्रत्यक्ष निर्वाचन जितेर संसदीय यात्रामा ह्याट्रिक गरिसकेका छन् ।  चौथो पटक संसद् छिर्ने उनको यात्रा यसपटक ‘अग्निपरीक्षा’ जस्तै बनेको छ । मोदीको जितको इतिहासमा कहिले एमालेले त कहिले कांग्रेसले साथ दिएका थियो । २०७४ को निर्वाचनमा उनले वाम गठबन्धनका तर्फबाट चुनाव जित्दा नेकपा एमालेबाट जीवन घिमिरेले सघाए । उनी क्षेत्र नम्बर ४(ख)बाट…
Read More
बझाङको सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

बझाङको सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

धनगढी:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा २६ लाख ५४ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धान अनुसार ३ तले १२ कोठे नमूना विद्यालय भवन निर्माणमा सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै बोलपत्रबिनै निर्माण गराइएको, वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी भुक्तानी गरिएको र नगरेको कामलाई गरेजस्तो देखाइएको पाइएको छ। यस क्रममा सार्वजनिक निर्माणतर्फ १७ लाख ७५ हजार रुपैयाँ र विद्युत् तथा औजार शीर्षकमा २ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा भुक्तानी गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८…
Read More
रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार उक्त समिति गठन गरेको सो पार्टीले जनाएको छ । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । अर्याल नेतृत्वको समिति अन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू समेत तोकिएका छन् । त्यसबाहेक ३ वटा विशेष समिति समेत गठन गरेको रास्वपाले…
Read More
एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन, कति पुग्यो मूल्य?

एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन, कति पुग्यो मूल्य?

नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला २० हजार पाँच सय रूपैयाँ महँगो हो। यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा सात हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको…
Read More
हिमपातले डोल्पा आउने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

हिमपातले डोल्पा आउने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

१५ माघ, डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका मुकुन्द पौडेलले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ। फोन मार्फत् जानकारी दिँदै पौडेलले भने, ‘हामी दुईवटा साना पसलमा आगो तापेर बसेका छौँ। तर एक जना अशक्त नागरिक भने गाडीमै छन्, खानपिनको व्यवस्था छैन, अवस्था निकै नाजुक छ।’ हिउँमा फसेको घण्टौंसम्म पनि उद्धारका…
Read More
कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ। छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।” कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका…
Read More
ओलीको जिकिर- जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ

ओलीको जिकिर- जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ

१४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गरेका हुन् । ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरुले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,’ ओलीले भनेका छन्, ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’ बरु उनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि…
Read More
हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

बाजुराः केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो । केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए। उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’ पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र…
Read More
बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान २ बजेअघि रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। 'सोधपुछका लागि उहाँलाई नियन्त्रणमा लिइएको हो,' उनले भनेका छन्। गएराति एक व्यक्ति घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना हुँदा सुमित्राको घरमा ८ जना सदस्य थिए। सुमित्रासँगै उनका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी र उनका…
Read More