Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

काल बन्दै कर्णालीका भिरपाखा र रूख : साढे चार वर्षमा २५२ को मृत्यू

काल बन्दै कर्णालीका भिरपाखा र रूख : साढे चार वर्षमा २५२ को मृत्यू

सुर्खेत । कर्णालीका जोखिमपूर्ण भिरपाखा र रूखबाट लडेर पछिल्लो साढे चार वर्षमा २५२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये २१८ जना भिरबाट लडेका हुन् भने ३४ जनाले रूखबाट खसेर ज्यान गुमाएका छन् । यो तथ्यांक आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को असोज मसान्तसम्मको हो । तथ्यांकले कर्णालीको भौगोलिक विकटता, अप्ठ्यारा गोरेटो र जीवन निर्वाहका लागि गरिने जोखिमपूर्ण गतिविधिले गर्दा यस्ता दुर्घटनाहरू बढेको देखाउँछ । विशेषगरी घाँस, दाउरा, निगुरो र अन्य वन पैदावार संकलन गर्न जाँदा वा भिरालो जमिनमा काम गर्दा मानिसहरू लड्ने गरेका प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको…
Read More
प्रहरीले भन्यो- टिकट सोल्ड आउट भइसक्यो, त्रिवि मैदान वरपर भिड नगर्नू

प्रहरीले भन्यो- टिकट सोल्ड आउट भइसक्यो, त्रिवि मैदान वरपर भिड नगर्नू

 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ। सोमबार अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी गर्दै खेल स्थल बाहिर भीड नगर्न अनुरोध गरेका हुन्। ‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व…
Read More
दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग

दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग

दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको विस्फोटमा प्रयोग गरिएको कार जम्मु–कश्मीरका एक चिकित्सकसँग सम्बन्धित रहेको पत्ता लागेको छ। कम्तिमा १३ जनाको मृत्यु र २१ जना घाइते भएको यो घटना 'आत्मघाती' हमला हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। हिन्दुस्तान टाइम्सका अनुसार विस्फोट भएको कार पुलवामाका बासिन्दा डा. उमर उन नबीको हो। विस्फोट बेला उनले नै कार चलाइरहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। हालै हरियाणाको फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग पनि उमरको कनेक्सन जोडिएको हिन्दुस्तान टाइम्सले लेखेको छ। कारको स्वामित्व खोज्दै जाँदा फरिदाबादमा फेला परेको विस्फोटक पदार्थसँग कनेक्सन जोडिएको एक अनुसन्धान अधिकारीले बताए। ती अधिकारीका अनुसार विस्फोट भएको कार पहिलो पटक सलमान भन्ने व्यक्तिको नाममा दर्ता थियो। उनले देविन्दर नामका व्यक्तिलाई त्यो कार बेचिसकेको बयान दिए।…
Read More
प्रदेश मन्त्रालयले आज कर्मचारी सरुवा गर्दै, मालदार अफिस जान तछाडमछाड

प्रदेश मन्त्रालयले आज कर्मचारी सरुवा गर्दै, मालदार अफिस जान तछाडमछाड

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयले कर्मचारी सरुवा गर्ने आज अन्तिम दिन हो। सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम ४६ मा भएको संशोधनअनुसार आज कर्मचारी सरुवा हुने भएको हो। नियमावली संशोधन गरेर आर्थिक वर्ष २०८२/८३ का लागि कात्तिक २५ गते कर्मचारी सरुवा गर्ने मिति तय गरिएको थियो। विज्ञापन मुख्यमन्त्री कार्यालयले यसअघि नै कर्मचारी सरुवा गरिसकेको छ। प्रदेशका अन्य मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी र सवारी चलाक बाहेक समय पुगेको कर्मचारीको सरुवा हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ। प्रदेश मन्त्रालयहरूले सहायक चौथोदेखि अधिकृत आठौं तहको कर्मचारीको सरुवा गर्ने छन्। तर राम्रो र मालदार ठानिएको कार्यालयमा सरुवा माग्न कर्मचारीहरूले तीव्र लबिङ गरेको कर्मचारी स्रोतको…
Read More
एउटा अनौठो स्वास्थ्य समस्या– आँखाको परेलामा भेटिए स्याउँस्याउँती जुम्रा!

एउटा अनौठो स्वास्थ्य समस्या– आँखाको परेलामा भेटिए स्याउँस्याउँती जुम्रा!

भारतको गुजरातमा एउटा अनौठो र दुर्लभ स्वास्थ्य समस्याको घटना फेला परेको छ। गुजरातको अमरेली जिल्लाको सावरकुंडला नगरको एउटा अस्पतालमा उपचार गर्न आएकी महिलाको त्यो समस्या देखेर डाक्टरहरू पनि छक्क परेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार सुरतकी ६६ वर्षीया गीता बेन नामकी महिला आँखा उपचार विभागमा उपचार गराइरहेकी थिइन्। करिब दुई महिनादेखि उनको आँखा वरिपरि र खासगरी परेलामा चिलाउने र पोल्ने समस्या भइरहेको थियो। आँखा रातो हुने, निन्द्रा नलाग्ने जस्ता लक्षण पनि देखिएका थिए। अस्पतालका आँखा विशेषज्ञ डा. मृगांक पटेलले जाँच गर्दा थाहा भयो — उनको परेलामा एक-दुइटा होइन, २५० वटाभन्दा बढी जीवित जुम्रा र ८५ भन्दा बढी अन्डा रहेछन्। यसलाई भारतमै दुर्लभ…
Read More
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द

२५ कात्तिक,विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । १२२ क्षेत्रमा एक करोड ७४ लाख महिलासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ । नोभेम्बर…
Read More
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भइरहेको थियो। सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए। उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन…
Read More
हिन्दू धर्म र आधुनिक विज्ञानको दृष्टिमा गाईको महत्व

हिन्दू धर्म र आधुनिक विज्ञानको दृष्टिमा गाईको महत्व

धनगढीः हिन्दू सभ्यता र संस्कृतिमा गाईको स्थान अतुलनीय छ। वैदिक कालदेखि नै गाईलाई “गौमाता” भनेर सम्मान गरिँदै आएको छ। धार्मिक दृष्टिले गाईलाई पवित्र प्राणीका रूपमा चित्रित गरिन्छ भने वैज्ञानिक दृष्टिले यसको दूध, मूत्र र गोबर सबै जीवनोपयोगी तत्वका स्रोत मानिन्छन्। गाईलाई हिन्दू धर्ममा केवल पशु नभई जीवन, समृद्धि र मातृत्वको प्रतीकका रूपमा सम्मान गरिन्छ। हिन्दू परिवारमा गाई अनिवार्य हुनुपर्ने शास्त्रीय विधान छ। ग्रामीण क्षेत्रमा हरेक परिवारले अन्य पशुका अलावा गाई पालन अनिवार्य गरेको अझै देख्न सकिन्छ। विज्ञापन पूजा, पाठ र पितृकर्ममा गाईको अनिवार्य हुन्छ। पूजा-पाठ र पितृकर्ममा लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर अनिवार्य हुन्छ। पिण्डदान गर्न समेत…
Read More
कुलमान घिसिङ संलग्न दल दर्ताको अन्तिम तयारी

कुलमान घिसिङ संलग्न दल दर्ताको अन्तिम तयारी

२३ कात्तिक, काठमाडौं । अन्तरिम सरकारका उर्जामन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको लागि अन्तिम चरणमा पुगेका छन् । जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजनाअनुरुप पार्टी निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको हो । स्रोतका अनुसार अहिलेसम्मको तयारीमा पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुनेछ । नयाँ बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङ, सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय र संयूक्त पहिचानवादी मोर्चा जोडिने सम्भावना छ । पहिचानवादी मोर्चामा आठ घटकका पहिचानवादी समूह छन् ।अन्लाईन खबर बाट साभार  
Read More
अख्तियारले ७ वर्षअघि ‘गुपचुप’ थन्क्याएको साढे ५ अर्बको घोटालामाथि सीआईबीको अनुसन्धान

अख्तियारले ७ वर्षअघि ‘गुपचुप’ थन्क्याएको साढे ५ अर्बको घोटालामाथि सीआईबीको अनुसन्धान

२२ कार्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा भएको कीर्ते र अनियमिततामा अनुसन्धान शुरु गरेको छ । नेपाल ट्रष्टबाट थमसेर्कु डेभलपर्ससँग ठेक्का सम्झौतामा संलग्न भएका तत्कालिन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका हुन् । नेपाल ट्रष्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई अनियमित रुपमा लिजमा दिने निर्णय गरेको थियो । त्यतिबेला नै ट्रष्टको निर्णयको चौतर्फ विरोध भएको थियो । अनियमितता र भ्रष्टाचार भएको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो । अख्तियारले सात वर्षपछि त्यही विषयमा हात हालेको हो । यो निर्णयमा तत्कालिन सचिव अर्जुनबहादुर…
Read More