14
Sep
धनगढी: गत मङ्गलवार भएको जेन्जी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको राजधानी समेत रहेको धनगढीमा रहेका प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालय ध्वस्त पारिएको छ। प्रदर्शनको क्रममा नेपाल टेलिकम, विद्युत प्राविधिकरण, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका, पशु र कृषि कार्याल तथा नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । माथी उल्लेख गरिएका बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी गरिएको छ भने सरकारी कार्यालयका सवारी साधनसमेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुर लगायतका ठाउँमा रहेका स्थानीय, प्रदेश र संघीय सरकार मातहतका सरकारी संरचनामा समेत तोडफोड…






