10
Sep
धनगढी: सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय लगायतमा लगाइएको आगो नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले दमकलको प्रयोगबाट आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिगत जलस्रोत कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, कैलाली भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय धनगढी–१३ को वडा कार्यालयमा लगाइएको आगो नियन्त्रणमा लिएका हुन। विज्ञापन धनगढीमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा लगाइएको आगो मङ्गलवार राति उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिकाका अनुसार बुधवार पनि जिल्ला प्रशासन कार्यालय, कैलाली, यातायात कार्यालय, कैलाली र आन्तरिक राजस्व कार्यालय, कैलालीमा फेरि सल्किएको आगो निभाइएको छ।…






