24
Feb
धनगढी : सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ। सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी धेरै देखिएको हो। सुदूरपश्चिमका ग्रामीण क्षेत्रको गरिबी ३० दशमलव ८६ प्रतिशत रहेको छ। प्रदेश सरकारले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार गरिबीको दर उल्लेख गरेको हो। प्रदेशको औसतमा गरिबी ३४ दशमलव १६ प्रतिशत रहेको छ। नेपालका सात वटा प्रदेशमा सबै भन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा छ। सुदूरपश्चिम प्रदेश भन्दा कर्णाली प्रदेशको गरिबी कम छ। कर्णाली प्रदेशको गरिबी २६ दशमलव ६९ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशको २४ दशमलव ३५…






