Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

लागुपदार्थको कुलतमा नफसौँ : परराष्ट्र मन्त्री देउवा

लागुपदार्थको कुलतमा नफसौँ : परराष्ट्र मन्त्री देउवा

धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदल यात्रा गरिएको छ। “लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री आर्जु राणा देउवाले लागू औषध दुव्र्यसन फस्नु भन्दा अगाडी आफ्ना आमाबुवाको मुहार हेर्न आग्रह गरेकी छिन्। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि लागू औषध दुव्र्यसन गम्भीर समस्या बनेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्री राणाले युवाहरुलाई लागू औषधको प्रयोगबाट टाढा रहन आग्रह गरेकी छिन्। उनले बाल्यकालमै लागू औषधको असर देखेको अनुभव स्मरण गर्दै भनिन्, “जब म स्कुल पढ्दै थिएँ, लागू औषधको कारणले मेरा तीन…
Read More
कैलालीमा एक जनाको अटोमा आगलागी

कैलालीमा एक जनाको अटोमा आगलागी

धनगढीः कैलालीमा एक जनाको अटोमा आगलागी भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाका सुरेश बोहराको अटोमा आगलागी भएको हो। आफ्नै होटेल अगाडि पार्किङ गरी राखेको से १ ह २५१२ नम्बरको अटोमा बुधवार राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।दिनेश खबर बाट साभार  
Read More
धनगढीमा आजदेखि मानवसेवा आश्रमको महायज्ञद सुरु

धनगढीमा आजदेखि मानवसेवा आश्रमको महायज्ञद सुरु

धनगढीः मानव सेवा आश्रमले धनगढीमा आजदेखि श्रीमद्‍भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु गरेको छ। आश्रमले धनगढीमा आफ्नै भवन निर्माण गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना गरिएको महायज्ञ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन्। महायज्ञ यही माघ ३० गतेसम्म सञ्चालन हुनेछ। आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। आश्रमको धनगढी शाखाले हालसम्म करिब ४ सय जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेको जनाएको छ।दिनेश खबर बाट साभार
Read More
अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा भेटिइन एक महिला

अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा भेटिइन एक महिला

अत्तरिया – कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका – २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका – २ की मानमती भट्टको शव फेला परेको हो । उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Read More
भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतले बेला बेला गरिरहेको जमिन अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) सुदूरपश्चिम समितिले जनाएको छ । यही माघ २० गते कंचनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनलाई भारतिय सहितको टोलीले ट्याक्टर लगाई अतिक्रमण गरेको थियो । उक्त अतिक्रमणका विरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलनप्रति पार्टीको समर्थन रहेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीले राष्टियता विरुद्ध हुने हर्कतका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई अपील समेत गरेको छ । त्यस्तै पार्टीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट विरोधी हर्कत रोक्नन र कुटनैतिक रुपमा समस्या समाधान गर्न अनुरोध गरेको भरत सी…
Read More
कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत फेला

कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत फेला

नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक कलौनीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सडक पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। नेपाल प्रहरीले हत्याको अनुसन्धान प्रारम्भ गरेको छ । घटनास्थललाई सील गरिएको छ। चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए। नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।
Read More
धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता मार्फत सुरु गरेको नाली निर्माणको काममा लापर्बाही गरिएको छ। नाली निर्माण गर्दा स्वइलिङ्ग नगरेको भन्दै स्थानीय युवाहरूले रोकेका छन्। उनीहरूले इस्टिमेट विपरीत काम भएको भन्दै विरोध गरेका हुन। स्थानीय युवा सौरभ सत्यालले कोष तथा लेखा नियन्त्रणको कार्यालय अगाडीको क्षेत्रमा सडकको नाली निर्माणमा लापर्बाही गरिएको बताए। उनले भने, ‘आधा नाली स्वइलिङ्ग गरेको छ। केही क्षेत्रमा ठग्ने काम भएको छ। माटोमा मसला खसालिएको छ। नाली निर्माण गर्ने काम भएको छ।…
Read More
गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै

गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ। नगरपालिकाले २०८१ मङ्सिर २५ गते सडकको मिडियममा दोहोरो तारजालीका लागि ठेक्का सम्झौता गरेको थियो। गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाउन थालिएको छ। पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ। गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले नगर क्षेत्रको ६ लेन सडकमा तारजालीको काम थालिएको बताए। उनले भने, ‘नगरपालिकाको बजेटबाट तारजाली लगाउदैछौ। सडक क्षेत्रमा दुर्घटना कम गर्न, हरियाली बनाउन तथा सौदर्यकरणका लागि तारजाली लगाउन लागेका हौ। यो महिना भित्र काम सकिन्छ होला।’ नगरपालिकाले ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा पाँच किलोमिटर तारजाली लगाउने भएको…
Read More
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

धनगढी: सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ। प्रदेश सभाले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारेको हो। विज्ञापन दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिबाट पारित गरिएको छ। प्रदेशसभाको दसौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो। २८ वटा बैठकमा यससम्बन्धी छलफल गरेर समितिले तयार गरेको प्रतिवेदन मङ्गलवार पारित गरिएको हो। विज्ञापन सुदूरपश्चिमका सबै जिल्लाबाट सुझाव सङ्कलन गरेर पुस २१ गते ९ वटै जिल्लाका प्रमुखसँग पनि दफावार छलफल गरिएको थियो। ती सबै छलफललाई आधार बनाएर तयार गरिएको…
Read More
अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

सफल गायक बन्ने सपना बुनेर अछामबाट धनगढी हानिएका समिर परियार `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका छन् । समिर २५१ जनालाई उछिन्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विगत चार महिनादेखी चलिरहेको चर्चित गायन ‘रियालिटि शो’ `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका हुन् । ‘रियालिटि शो’ गत असोज १२ गतेदेखी चलिरहेको छ । `ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्ट´ ले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टार को प्रतियोगिताको गायन तर्फ अछाम लुङ्ग्राका समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका हुन् । मिठो र बुलन्द आवाजमा गीत गाउन सक्ने भर्सटायल आवाज भएका समीर अछामको लुङ्ग्रामा जन्मिएका पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । उनी विगत…
Read More