Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

“गोदावरीमा पुरुषको शव भेटियो”

“गोदावरीमा पुरुषको शव भेटियो”

अत्तरिया – कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका – ३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् । उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
Read More
सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

ऋतु ओझा, धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल भने पाइएन। यो कुप्रथालाई न्यूनीकरण गर्न भनेर महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य, गैरसरकारी संस्थाअन्तर्गतका धेरै एनजीओ/आईएनजीओले थुप्रै कार्यक्रम गरेका छन्। तर कत्तिको प्रभावकारी भयो? यसको लेखाजोखा न सरकारी कार्यालयले राखेका छन् न त गैरसरकारी संस्थाले नै। जब छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब…
Read More
कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

धनगढी : कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।
Read More
रानाथारु समुदायमा तीजको रौनक

रानाथारु समुदायमा तीजको रौनक

धनगढी :सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ । भोलि श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको हो । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ । यो समुदायको तीज भोलि परेको छ । पर्वको अवसर पारेर रानाथारु गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको रानाथारु समुदायका अगुवा नारायण रानाले बताउनुभयो । उहाँका अनुसार तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने चलन रहेको छ । तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला…
Read More
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन । आज नै सपथ लिए लगत्तै पदभार ग्रहण गरेका हुन । सो अबसरमा बोल्दै उनले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने बताए। ‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौं । हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एक/दुई दिनमै दिन्छौं ।’ शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई…
Read More
प्रधानाध्यापक पक्राउ: बैतडीमा महिलामाथि जबरजस्तीकरणीको घटना

प्रधानाध्यापक पक्राउ: बैतडीमा महिलामाथि जबरजस्तीकरणीको घटना

बैतडीः बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका १ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन्। उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
Read More
बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०/२१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए। भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए। महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए। उनको शव रेलको लिकमा फेला परेको थियो।  
Read More
धनगढीमा मोटरसाइकल दुर्घटनाधनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटनाधनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१८ तुल्सीबारी चोकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। कैलारी गाउँपालिका–६ का ४७ वर्षीय लेखराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१००९ प २०६२ नम्बरको मोटरसाइकल र जोशिपुर गाउँपालिकाका अनिस डगौँराले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अनिसकी १७ वर्षीया छोरी अनिता चौधरी घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
टीकापुरमा: बाघले ७ बाख्रा खायो

टीकापुरमा: बाघले ७ बाख्रा खायो

बाघले बिष्ट र परियारको गोठबाट ३/३ वटा बाख्रा र ओलीको गोठबाट एक बाख्रा खाएको छ। बाघले आक्रमण गर्दा बस्नेतको गोठमा थप एक बाख्रा घाइते भएको छ। कैलाली प्रहरीले घटनाबारे जानकारी गराउँदै बाघको आक्रमणबाट भएका क्षतिबारे अध्ययन गरिरहेको बताएको छ। प्रहरीले स्थानीयहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। साथै, वन कार्यालयसँग समन्वय गरेर बाघको नियन्त्रणका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जानकारी दिएको छ। स्थानीय बासिन्दाहरूले बाघको आतंकले त्रसित बनेका छन् र बाघ नियन्त्रणका लागि तत्काल उपाय खोज्न माग गरेका छन्। बाघको आक्रमणले गाउँमा ठूलो त्रास फैलाएको छ। स्थानीयहरूले रातको समयमा सतर्कता बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्। बाघको आक्रमणको यो घटना पछिल्लो…
Read More
आज शाहको शपथ ग्रहण, पूर्ण मन्त्रिमण्डल गठनको आशा

आज शाहको शपथ ग्रहण, पूर्ण मन्त्रिमण्डल गठनको आशा

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३:३० बजे सपथ ग्रहण गर्नेछन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज शपथ लिने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। मुख्यमन्त्री शाहले शपथ ग्रहण गरेपछि मन्त्रीपरिषद् विस्तारको तयारी पनि गरेका छन्। त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा पनि मन्त्रीको नाम टुंग्याउन छलफल जारी छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन-तीन मन्त्रालय लिने समझदारी भए पनि कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ। नागरिक उन्मुक्ति पार्टीलाई पनि एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी…
Read More