Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

बझाङको सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

बझाङको सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

धनगढी:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा २६ लाख ५४ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धान अनुसार ३ तले १२ कोठे नमूना विद्यालय भवन निर्माणमा सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै बोलपत्रबिनै निर्माण गराइएको, वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी भुक्तानी गरिएको र नगरेको कामलाई गरेजस्तो देखाइएको पाइएको छ। यस क्रममा सार्वजनिक निर्माणतर्फ १७ लाख ७५ हजार रुपैयाँ र विद्युत् तथा औजार शीर्षकमा २ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा भुक्तानी गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८…
Read More
कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ। छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।” कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका…
Read More
धनगढी जुनियर जेसीजको १०औं वार्षिक साधारण सभा सम्पन्न, कृष्ण पुजारा अध्यक्षमा निर्वाचित

धनगढी जुनियर जेसीजको १०औं वार्षिक साधारण सभा सम्पन्न, कृष्ण पुजारा अध्यक्षमा निर्वाचित

धनगढी । धनगढी जुनियर जेसीजको १०औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जु जेसी कृष्ण पुजारा निर्वाचित हुनुभएको छ। सभाबाट चयन भएको नयाँ कार्यसमितिअन्तर्गत कार्यकारिणी उपाध्यक्षमा योगेन्द्र चन्द र दीपा चन्द, महासचिवमा पदम साउद, कानुनी सल्लाहकारमा सन्ध्या सिंह स्नेही तथा कोषाध्यक्षमा अनिश जोशी चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदमा राम रोकाया, ममता तोलाङ्गी, लक्ष्मण उपाध्याय र सिर्जना विश्वकर्मा निर्वाचित हुनुभएको छ। नव–निर्वाचित अध्यक्ष पुजाराले संस्थालाई अझ सशक्त, सक्रिय र समाजमुखी बनाउन प्रतिबद्ध रहेको बताउँदै युवा नेतृत्व विकास, सामाजिक सेवा तथा सामुदायिक उत्थानका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा…
Read More
हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

बाजुराः केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो । केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए। उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’ पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र…
Read More
हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

४ माघ, रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो । ​जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हि‍ंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका  कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् । ​रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी…
Read More
सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन्। उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन्। मंगलवार कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधवार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। यस्तो छ कार्यतालिका क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ प्रदेशः सुदूरपश्चिम प्रदेश बिहान ९ः३० बजे तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय) अपराह्न १२ः३० बजे पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय दिउँसो ४ः०० बजे गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय राति ८ः०० बजे बुङ्गल, बझाङ बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र…
Read More
धनगढीस्थित एशियन व्यवस्थापन कलेजको स्वागत कार्यक्रम बर्दियामा सम्पन्न

धनगढीस्थित एशियन व्यवस्थापन कलेजको स्वागत कार्यक्रम बर्दियामा सम्पन्न

धनगढीमा अवस्थित एशियन व्यवस्थापन कलेजले पुष२८ गते नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम बर्दियामा सफलतापूर्वक सम्पन्न गरेको छ। कलेज व्यवस्थापन, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम संयोजक राम सिंह साउद ज्यूले स्वागत कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन तथा गतिविधिबारे जानकारी गराउनु रहेको बताउनुभएको छ। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र कलेजप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने गर्दछ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा परिचयात्मक सत्रसमेत समावेश गरिएको थियो। कलेज प्रशासनले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
Read More
स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि धनगढी उपमहानगरद्धारा विद्युतीय चुलो वितरण गरिदै

स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि धनगढी उपमहानगरद्धारा विद्युतीय चुलो वितरण गरिदै

धनगढीः धनगढी उपमहानगरपालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण आजबाट सुरु गरेको छ। नवीकरणीय ऊर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत नगरभित्र बसोबास गर्ने स्वीकृत लाभग्राहीलाई लक्षित गरी विद्युतीय चुलो वितरण थालिएको हो। नगरप्रमुख गोपाल हमालका अनुसार दाउरा र ग्यासको प्रयोग घटाई स्वच्छ, सुरक्षित तथा वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनले आजदेखि चरणबद्ध रूपमा लाभग्राहीलाई विद्युतीय चुलो हस्तान्तरण गरिँदै जाने जानकारी दिएका छन्। उपमहानगरपालिकाका विभिन्न वडाबाट आवेदन दिएका र वडा कार्यालयको सिफारिस प्राप्त नगरवासीलाई तोकिएको मापदण्डका आधारमा चुलो वितरण भइरहेको छ। यो कार्यक्रम हरित जलवायु कोषको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको लागत साझेदारीमा सञ्चालन भइरहेको छ। स्वच्छ खाना पकाउने (क्लिन कुकिङ सोलुसन–सीसीएस) परियोजना…
Read More
थारु समुदायमा माघी पर्व आजबाट सुरु

थारु समुदायमा माघी पर्व आजबाट सुरु

धनगढीः थारु समुदायमा आजबाट माघी पर्व सुरु भएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्तीलाई यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ। हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी इतिहास परापूर्वकालदेखि मनाउदै आईरहेको थारू अगुवाहरुको भनाइ छ। पुस अन्तिम दिन आज जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिनसम्म धुमधामसँग थारु समुदायले मनाउने गर्छन्। माघी थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ। भोलि माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुने कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका थारु अगुवा तथा अभियान्ता माधब थारुले बताए। थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका…
Read More
एस.पी.ए. कलेज नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये सूचीकृत

एस.पी.ए. कलेज नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये सूचीकृत

धनगढी — सुदूरपश्चिमाञ्चल क्याम्पस (एस.पी.ए. कलेज) सन् २०२५ का लागि Asia Education Review द्वारा नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये एकका रूपमा सम्मानित भएको छ। यस उपलब्धिलाई सुदूरपश्चिम प्रदेशको उच्च शिक्षाको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगा मानिएको छ। एस.पी.ए. कलेज सुदूरपश्चिम प्रदेशमै त्रिभुवन विश्वविद्यालय अन्तर्गत Bachelor of Hotel Management (BHM) कार्यक्रम सञ्चालन गर्ने एकमात्र शैक्षिक संस्था हो। नेपालकै सबैभन्दा पुरानो र ठूलो राष्ट्रिय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग आबद्ध यो कलेजको यो मान्यताले कलेजको शैक्षिक गुणस्तर, उद्योगमैत्री शिक्षण पद्धति तथा अन्तर्राष्ट्रिय पहुँचलाई थप पुष्टि गरेको छ। Asia Education Review ले एस.पी.ए. कलेजलाई बलियो शैक्षिक संरचना, व्यावहारिक सिकाइमा केन्द्रित शिक्षण प्रणाली तथा दक्ष होटल…
Read More