Skip to main content

धनगढी न्यूज

स्थानीय तह विशेष

मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको छ। नुक्लिपुरबाट दक्षिण मोहना नदीमा बर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुसल उद्धार गरिएको हो। शुक्रवार बिहान घाँस काटन गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टी  थुनिएका थिए। सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो। दिनेश खबर बाट साभार  
Read More
विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।  विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३…
Read More
धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो। निर्माण कम्पनीले २०८० बैशाख १५ गतेभित्र पुल निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। मटेली खोलामा पुल निर्माणका लागि तीन करोड २६ लाख १५ हजार, चौकीगडाका लागि चार करोड ७० लाख ३३ हजार र चेपाट्टे खोलामा पुल निर्माणका लागि २ करोड ९७ लाख १६ हजारमा सम्झौता भएको छ। सम्झौता अवधीभित्र काम पूरा नगरेको मित्र बिल्डर्सलाई पहिलो पटक २०८० कात्तिक १५ गतेसम्म पुल निर्माणको समय थप गरिएको थियो। तर, मटेली खोलाको पुलको प्रगति २०, चौकीगडा खोलाको पुलको प्रगति ३० र चेपाट्टे खोलाको पुल निर्माणको…
Read More
मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ। बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा १४० जना घाइते भएका…
Read More
सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

धनगढी, साउन २ गते । सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । पुँजीगततर्फ १७ अर्ब दुई करोड ५४ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको सरकारले १० अर्ब ५७ करोड १० लाख ५७ हजार रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा पुँजीगततर्फ छुट्याइएको २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेटमध्ये १५ अर्ब ८१ करोड ६७ लाख ६२ हजार रुपियाँ (६१.२२ प्रतिशत) बजेट खर्च भएको थियो । यसैगरी,…
Read More
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । बुधबार औपचारिक पत्र गएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन् । अन्लाईन खबर बाट साभार
Read More
सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइ सकियो

सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइ सकियो

धनगढीः सुदूरपश्चिम प्रदेशमा असार सकिएसँग ९४ प्रतिशत खेतमा रोपाइ सकिएको छ। प्रदेशका नौवटै जिल्लामा गरेर ९३ दशमलव ६५ प्रतिशत खेतमा रोपाइ सकिएको हो। प्रदेशभित्र एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार अन्तिमसम्म एक लाख ६३ हजार हेक्टरमा धान खेतीको काम सकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त कृषि निर्देशक नरेन्द्र पनेरुले बताए। उनले भने, ‘एक लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ। १० हजार हेक्टर बाँकी होला। दार्चुला जिल्लामा भने सबैभन्दा बढी क्षेत्रफलमा रोपाइ सकिएको छ। दार्चुलामा ९७ प्रतिशत खेतमा रोपाइ सकिएको छ। कैलालीमा ९६ प्रतिशत खेतमा रोपाइ सकिएको छ।  कञ्चनपुरमा ९५ प्रतिशत, डडेल्धुरा, बैतडी र…
Read More
सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

चितवन — नारायणगढ–मुग्लिन सडकमा पहिरो आएको सुन्दा धेरैलाई सडक बिस्तारका बेला काटेको पाखाबाटै खसेको लाग्छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर सडकबाट खसेका दुई वटा बस त्रिशूलीमै बगेर बेपत्ता भएपछि धेरैको मनमा सडक बिस्तारका बेला काटेको पहाड गाडीमाथि झरेको होला भन्ने छ । तर ६५ जना यात्रु सवार दुई वटा बस बेपत्ता बनाउने पहिरो सडकआडबाट आएको छैन । घटनास्थलमा सडकआडको भित्तामा घाँसपात र बोटबिरुवा यथावत छन् । दुई वटा बस बगाउने गरी त्यो पहिरो कसरी आयो ? डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की दुर्घटनाको भोलिपल्ट नै बस पल्टाउने पहिरोको मूल खोज्न निस्किए । सिमलताल नारायणगढ बजारबाट २३ किलोमिटर जति उत्तरपूर्व मुग्लिन तर्फ पर्छ ।…
Read More
सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने

सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने

धनगढी  सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन। असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफलसमेत भएन। सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन। एमालेले समर्थन फिर्ता लिएपछि,…
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
Read More