Skip to main content

धनगढी न्यूज

स्थानीय तह विशेष

चैतन्य पाठशालाद्धारा ध्यानाकर्षणसहितको प्रेस विज्ञप्ति

चैतन्य पाठशालाद्धारा ध्यानाकर्षणसहितको प्रेस विज्ञप्ति

कैलालीको धनगढीस्थित चेतन्य पाठशालाले त्यहाँका एक पूर्व कर्मचारी भरतविक्रम शाहको जेन जी आन्दोलनमा भएको संलग्नताको विषयलाई लिएर समाजिक सञ्जालमार्फत पाठशालालाई जोडेर आएका विभिन्न प्रतिक्रियाहरूप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सस्थाले चासो, सरोकार र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त समेत गरेको छ । संस्थाका प्राचार्य प्रेमनिधि ओझाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ "हामी सबैमा विनम्र अनुरोध गर्न चाहन्छौं कि श्री शाहज्यूको संलग्नता नितान्त व्यक्तिगत विषय हो र वहाँ स्वंयमे मेरो सँस्थासंग संलग्नता नरहेको भनि प्रष्ट पनि पारिसकेको अवस्था छ। त्यसैले उहाँको व्यक्तिगत विषयलाई चैतन्य पाठशालासँग जोडेर व्याख्या नगरिदिनुहुन अनुरोध गर्दछौं।" पाठशालाले निजको…
Read More
धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

२६ भाद्र,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने बताएको छ । यहि भाद्र २४ गते जेएनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका कम्युटर,फर्नीचर,कागजात लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका थिए । आम नागरिकको प्रत्यक्ष सेवासँग जोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सञ्चालनका लागि तयारी गर्न थालेपनि आवश्यक सामाग्री नहँदा शून्यमा झरेका बेला एरिष्टो माविले राष्ट्र सेवाका निम्ति भन्दै एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा सामाजिक सञ्जाल मार्फत गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपलि सामाजिक…
Read More
एन्फा अध्यक्षलाई S.P.A Honour द्धारा सम्मान

एन्फा अध्यक्षलाई S.P.A Honour द्धारा सम्मान

धनगढीस्थित एसपीए कलेजले एसियाली फूटबल महासंघका कार्यकारी सदस्य तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई सम्मान गरेको छ । नेपाली फुटबलको विकासमा नेम्वाङले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै, कैलाली भ्रमणको अवसरमा S.P.A Honour द्धारा सम्मान गरिएको क्याम्पसले जनाएको छ । FIFA Football for Schools कार्यक्रमको उद्घाटनका लागि कैलाली आएको अवसरमा एसपीए कलेजको सभाहलमा अखिल नेपाल फुटबल संघ कार्यसमिति एवम् सुदूर पश्चिम तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष सहित कार्यसमिति सदस्यहरुको उपस्थितिमा उक्त सम्मान समारोह सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले देशकै फुटबल क्षेत्रलाई नेतृत्व गर्ने राष्टिय टिमलाई क्याम्पसमा स्वागत गर्न पाउनु…
Read More
सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले २०७९ मा नियुक्त गरेका अस्पताल विकास समितिहरूको २०८२ चैतमा समय सकियो। सेती प्रादेशिक अस्पतालसहित नौ वटा अस्पतालहरू पाँच महिनादेखि विकास समिति विहीन छन्। विकास समिति नभएकाले अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ। अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न समस्या भएको अस्पतालहरूले बताउने गरेका छन्। तर, सुदूरपश्चिम प्रदेश सरकार अस्पताल विकास समितिको भागबन्डा मिलाउन अझै सकेको छैन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले राजनीति नियुक्ति भएकाले समय लागेको बताएका छन्। उनले भने, ‘अस्पतालहरूका विकास समितिको चैन २ गतेबाट म्याद सकिएको हो। समिकरणमा छौ हामी। छलफल चलीरहेको छ। राजनीति नियुक्तिको विषय…
Read More
एसपीए क्याम्पसको क्याम्पस प्रमुखमा बुधराम चौधरी नियुक्त

एसपीए क्याम्पसको क्याम्पस प्रमुखमा बुधराम चौधरी नियुक्त

धनगढी स्थित एसपिए कलेजको क्याम्पस प्रमुखमा सोही क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत बुधराम चौधरी नियुक्त भएका छन् । केही समयदेखी रिक्त रहेको क्याम्पस प्रमुख पदमा आज क्याम्पसको सभाहलमा आयोजित विशेष कार्यक्रममा उक्त नियुक्ति गरिएको हो । नव नियुक्त क्याम्पस प्रमुख चौधरीलाई बधाई तथा शुभकामना दिँदै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले लामो समय देखि क्याम्पसमा अध्यापनरत बुधराम सरलाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरिनु सही समयमा सही मानिसको छनौट रहेको बताउदैँ अब क्याम्पसले नयाँ शैक्षिक उचाइ लिने विश्वास व्यक्त गरे । उक्त अवसरमा बोल्दै क्याम्पस प्रमुख चौधरीले आफूले क्याम्पसको स्थापनादेखी नै कार्यरत संस्थामा आज प्रमुखको जिम्मेवारी दिइएकोमा क्याम्पस व्यवस्थापनलाई हार्दिक धन्यवाद दिँदै…
Read More
छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ।पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्। विज्ञापन जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन्। अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरेकी छिन्। छाउगोठ नभत्काए…
Read More
धनगढी-१४ फूलबारीमा “न्यू रोहीत फर्निचर सप्लायर्स” संचालनमा आउँदै

धनगढी-१४ फूलबारीमा “न्यू रोहीत फर्निचर सप्लायर्स” संचालनमा आउँदै

धनगढी उप महानगरपालिका १४ फूलबारी डिपोबजारमा न्यू रोहीत फर्निचर सप्लायर्स सञ्चालनमा आउने भएको छ । यही भाद्र १५ गते उद्घाटन हुने उक्त फर्निचर सप्लायर्समा सेवाग्राहीको रोजाइ अनुसारका फर्निचर तथा विद्युत्तिय सामग्रीहरु उपलब्ध हुने जनाइएको छ । लामो समय फर्निचर क्षेत्रमै अनुभव बटुलेका दुई युवा दुर्गा प्रसाद जोशी तथा जयराज ओझाले उक्त सप्लायर्स सञ्चालन गर्न लागेका हुन् । राम्रो , सुलभ तथा गुणस्तरिय फर्निचरका सामनका लागि धनगढी बजार जानुपर्ने बाध्यतालाई अब फूलबारीमै सेवा प्रदान गर्ने लक्ष्यका साथ आफूहरुले कार्य थालनी गरेको संचालक द्धयको भनाइ रहेको छ । उक्त सप्लायर्समा अनलाईन तथा होम डेलिभरी सुविधा पनि रहेको छ । साथै , सेवाग्राहीको…
Read More
कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी

कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी

धनगढी : कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी गरिएको छ। कैलालीका १३ वटा स्थानीय तहहरूका फाइल जिल्ला भूमि आयोगमा आउने क्रम सुरु भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, गोदावरी नगरपालिका लगायतले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको फाइल पठाएका छन्। विज्ञापन स्थानीय तहहरूले पठाएको फाइलहरूलाई आयोगले अध्ययनको काम गर्दै छ। जिल्ला आयोगले फाइल अध्ययनको काम पूरा गरेपछि दाबी विरोधका लागि सूचना सार्वजनिक गर्ने छ। एक महिना भित्रमा भूमि आयोग, कैलाली लालपुर्जा वितरणको चरणमा पुग्ने दाबी गरिएको छ। धनगढीले आयोगमा फाइल पठायो विज्ञापन धनगढी उपमहानगरपालिकाले सोमवार मात्र भूमि आयोगमा फाइल पठाएको हो। धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३, ५, ६,…
Read More
जैविक तटबन्ध गरिदा स्थानीय खुशी

जैविक तटबन्ध गरिदा स्थानीय खुशी

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ । भजनी नगरपालिका समन्वय र कियाको आर्थिक सहयोगमा तटबन्ध गरिएको हो । वहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराद्वारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ३ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैविक तटबन्ध गरिएको छ । बर्षेनी बर्षायाममा काँडा नदीमा बाढी आई बर्दवाफाँटा बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिनको कटानी भई थुप्रै धनजनको क्षति हुने गरेको छ । तसर्थ यसबर्ष पनि बाढी तथा…
Read More
हराए तीजका मौलिक भाका

हराए तीजका मौलिक भाका

कैलालीः कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो। दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे। दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो। ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन्। मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे। विज्ञापन घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिछिन्। उनी भन्छिन्, 'रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे। सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो। अब त ती सबै हराउँदै गए।' स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै…
Read More