Skip to main content

धनगढी न्यूज

स्थानीय तह विशेष

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

एक्सिस विद्याश्रमद्धारा आफ्ना शिक्षकको श्रेणी बढुवा

धनगढी स्थित एक्सिस विद्याश्रणले लामो समयदेखी विद्यालयमा कार्यरत शिक्षकहरुको आन्तरिक श्रेणी बढुवा गरेको छ । बिद्यालयमा बिगत १० बर्षभन्दा लामो समय देखी अनवरत रुपमा शैक्षिक योगदान दिँदै आउनुभएका शिक्षकहरुलाई आर्थीक बर्ष २०८२र८३ देखी लागु हुने गरि बढुवा गरिएको हो । उंहाहरु कार्यरत श्रेणीबाट तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा हुनुभएको हो । निजी विद्यालयले गरेको यस किसिमको कार्य प्रशंसनिय रहेको जनमानसको बुझाइ रहेको छ । बढुवा हुने शिक्षकहरुले आफूहरुले दशकभन्दा लामो समयदेखि विद्यालयलाई दिएको अमूल्य योगदान, समर्पण र निरन्तर मेहनतको कदर भएको जनाएका छन् । विद्यालयले गरेको कदरले आगामी दिनमा अझ ऊर्जा, उत्साह र प्रेरणासाथ शिक्षण यात्रामा लाग्न थप प्रेरणा मिलेको…
Read More

निजी विद्यालयको आन्दोलनमा इस्टुको पनि ऐक्यबद्धता

    संघीय  संसदबाट पारित गर्न लगिएको विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा भएका केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु विरुद्धको संयुक्त आन्दोलनप्रति इस्टु सुदूर पश्चिम प्रदेश कमिटी तथा इस्टु जिल्ला कमिटीले पनि ऐक्यबद्धता जनाएको छ । देशभरका निजी तथा संस्थागत विद्यालयका संगठनहरुको एकतृत आन्दोलन भइरहेको बेला आफ्नो युनियनको तर्फबाट पनि समर्थन रहेको इस्टु सुदूर पश्चिम प्रदेश कमिटी संयोजक धर्मराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । त्यस्तै , इस्टु कैलालीले पनि विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागिताको लागि अपिल गरेको छ । लामो प्रतिक्षापछि आउन लागेको विद्येयकले सबैलाई समेटेर लैजानुपर्ने , देशको शिक्षाको ठुलो हिस्सामा सहयोगी…
Read More
एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर 'मिस्टर नेपाल २०२५' मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् । आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो। बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना…
Read More
धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो । विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका…
Read More
धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

कैलालीको धनगढीमा Hungry Mouth नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरस्थित एक्सिस विद्याश्रम (प्लस टु) नजिक उक्त रेष्टुरेन्ट अवस्थित छ । धनगढीकै दुई युवा उद्यमी नेत्र राज पाण्डे र तिर्थ कठायतले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । गुणस्तरिय परिकारसँगै प्रशस्त पार्किङ्ग क्षेत्र , एकान्त शान्त बस्ने वातावरण सहित छिटो छरितो सेवा प्रदान गरिरहेको हुँदा आफूहरु यहाँ आउने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । "शुक्रबार विशेष" अन्तर्गत केही नौलो परिकार बनाएर उपभोक्तालाई फरक स्वादसहित सत्कार गरिदै आएको सञ्चालक पाण्डेले बताए । घरमै रेष्टुरेन्टका परिकारको स्वाद लिन चाहनेहरुका लागि माग अनुसार होम…
Read More
नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

  नेक्सु थिंकल्याबवद्धारा आफूले निर्माण तथा डिजाइन गरेका स्टिमका सामग्रीहरु विभिन्न विद्यालयमा प्रयोग हुन थालेका छन् । यस क्षेत्रका साझेदार विद्यालयका विद्यार्थीहरुलाई परम्परागत कक्षाकोठाबाट सिर्जनशील , अन्वेषण तथा आयमूलक क्षेत्रमा लगाउने उद्देश्यले यो कार्य सुरु गरिएको हो । गत केहि हप्तादेखि नै नेक्सु थिंकल्याबका स्टिम सामग्रीहरु किड्स जोन , ज्ञान ज्योति , सत्यवती तथा एभरेष्ट एकेडेमीमा पुगिसकेको नेक्सु थिंकल्याबका सञ्चालकले जनाए । यी सबै निर्माण सामग्रीहरु पाठ्यक्रम विकास केन्द्रले प्रविष्ट गरेको विद्यालय तहको पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाईतर्फ उन्मुख रहेको जनाइएको छ । नेक्सु थिंकल्याब स्टिम कार्यक्रम अन्तर्गत २० भन्दा धेरै कक्षा ३ देखि ८ सम्मका…
Read More
सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढीस्थित सु.प. एकेडेमीले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  नयाँ विद्यार्थीहरुलाई नयाँ माहोलमा घुलमिल गराउनुका साथै उनीहरुले पढिरहेको विधा  तथा  भविष्यका सम्भावनाबारे अवगत गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाउनुभयो । कार्यक्रमको सभाध्यक्षता सु.प.एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ओझाले विगतबाट नै सु.प. एकेडेमीले शिक्षा , खेलकुद तथा सामाजिक क्षेत्रमा हरेक किसिमले योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।  अभिमुखीकरण कार्यक्रममा एसपिए कलेजका…
Read More
आफैँलाई बढुवा गर्दै पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाह सातौँमा उक्लिए

आफैँलाई बढुवा गर्दै पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाह सातौँमा उक्लिए

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाह आफैँले आफ्नो बढुवा गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको विवादास्पद स्थानीय सेवा ऐन, २०८१ लागु भएसँगै उनले आफ्नै सिफारिसमा आफूलाई अधिकृत सातौँ तहमा पदोन्नति गरेका हुन्। शाह २०५३ साल साउन २४ गते स्वास्थ्य सहायक (अहेव) पदमा नियुक्त भएका थिए। उनी हालसम्म छैटौँ तहका सिअहेव पदमा कार्यरत थिए। तर सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन, २०८१ को दफा ९ को उपदफा ४ लाई आधार मानी उनले आफैँलाई सातौँ तहमा बढुवा गरेका हुन्। शाहले आफ्नो पहिलो नियुक्ति मितिलाई आधार मानेर २०५३ साल साउन २४ गतेदेखि नै जनस्वास्थ्य अधिकृतका रूपमा जेष्ठता कायम हुने…
Read More
सुदूरपश्चिममा खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

सुदूरपश्चिममा खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

धनगढी : आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ। मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ। हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले बताए। असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन्। सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ। “प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ। असार महिनाभरि कृषि…
Read More
एसपीएसँग ३ वर्षको सम्झौता

एसपीएसँग ३ वर्षको सम्झौता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ। एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं । धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनुभएका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भन्नुभयो, 'हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर…
Read More