Skip to main content

धनगढी न्यूज

स्थानीय तह विशेष

नारायणगढ-मुग्लिन सडकको छैन भरपर्दो विकल्प

नारायणगढ-मुग्लिन सडकको छैन भरपर्दो विकल्प

काठमाडौँ । दसैँको मुखमा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेपिरहेका छन् । यो सडकखण्डको तुइनखोला नजिकै पहिरो जाँदा दुई सातादेखि सवारी सञ्चालन प्रभावित बनेको छ । अहिल्लो साताको शुक्रबारदेखि पटक–पटक पहिरो खस्ने र पन्छाएर सडक खुलाउने क्रम जारी थियो, तर मंगलबार दिउँसो ठुलो पहिरो खस्दा पूर्णरुपमा सडक अवरुद्ध भएको छ । संघीय राजधानी काठमाडौँलाई जोड्ने ‘लाइफलाइन’ सडक अवरुद्ध हुँदा तराई-मधेस र पश्चिम नेपाल आवातजावत गर्ने यात्रु समस्यामा परेका छन् । २०३६ सालमा पूर्व–पश्चिम राजमार्गलाई काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गसँग जोड्ने लिङ्करोडको रुपमा मुग्लिन–नारायणगढ खण्डको निर्माण गरिएको थियो । तर यसको विकल्पमा अर्को राजमार्ग निर्माण गर्न नसक्दा बर्सेनि सर्वसाधारण सास्ती…
Read More
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नाम किटेरै आएको छ । देउवा दम्पतीको नाम वाचलिस्टमा छ । अरुको हकमा फाइल हेरेर कदम चाल्नेबारे छलफल भएको छ । ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो । ‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी…
Read More
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकारले जानकारी दिए। द्वापरयुगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको हाे । द्वापरयुगमा विषाक्त दुध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने गरेको हो । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएकी बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ।…
Read More
मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन्  धनगढी । दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन् । परम्परागत रूपमा दसैँ–तिहारको बेला महिलाले सामूहिक रूपमा प्रस्तुत गर्ने यो मौलिक नृत्य अहिले थारू गाउँमा विशेष आकर्षण बनेको छ । गोदावरी नगरपालिका-८, फकलपुरका माधव चौधरीका अनुसार साँझपख महिलाहरू एकनासको थारू वेशभूषामा सजिएर मादल र मिजुराको तालमा नाच्न थालेपछि गाउँभरिकै माहोल चाडपर्वमय बनेको छ । सखिया नाचमा महिलाले गोलबद्ध भएर तालमेलसहित नाच्ने गर्छन् । ‘मदरिया’ ले बजाउने मादलको ताल अनुसार उनीहरूले विभिन्न शैलीमा प्रस्तुत गर्ने यो नाचलाई सामूहिक मैत्रीको प्रतीक मानिन्छ । थारू महिलाले साथीलाई ‘सखी’…
Read More
बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

बैतडीः जेनजी प्रदर्शनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको  जानकारी दिए। उनले भने, 'जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन्। कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ।' विज्ञापन कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए। उनले भने, 'जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि  सेवाग्राहीको सङ्ख्या भने न्यून छ। माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन्।' सरकारी कार्यालयमा क्षति भएको…
Read More
सरकारी कार्यालयहरूलाई आलोक मल्टी कन्सर्न प्रालिद्धारा फर्निचर सहयोग

सरकारी कार्यालयहरूलाई आलोक मल्टी कन्सर्न प्रालिद्धारा फर्निचर सहयोग

जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि, आलोक मल्टी कन्सर्न प्रालि, धनगढी-४, चटकपुरले सहयोग गर्नेभएको छ। यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो। " यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ । " कम्पनीले भनेको छ आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा…
Read More
सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार आज देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।  कञ्चनपुर । दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार (आज) देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सुपथ मूल्य पसलमार्फत चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध हुनेछन् । धनगढी, महेन्द्रनगर, खलङ्गा, मङ्गलसेन, मार्तडी, दिपायललगायतका स्थानबाट खाद्य व्यवस्था कम्पनीका पसल सञ्चालन हुनेछन् । त्यस्तै,…
Read More
कञ्चनपुरमा २७ वर्षीय युवाको मृत्यु प्रकरण: वडासदस्यसहित चार जना पक्राउ

कञ्चनपुरमा २७ वर्षीय युवाको मृत्यु प्रकरण: वडासदस्यसहित चार जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ परेका छन्। शुक्रबार राति आफ्नै कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर ज्यान दिएका थिए। धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए। परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए। विज्ञापन धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा…
Read More
धनगढीको जनजीवन सामान्य बन्दै

धनगढीको जनजीवन सामान्य बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। प्रशासनले अत्यावश्यक सेवा, कार्यको लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न दिएको छ। विज्ञापन त्यस्तै, अवस्थालाई मध्यनजर गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, साँझ ७ बजेदेखि ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने छ। प्रशासनले तीन जनाभन्दा बढी समूह बनाएर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ। नवपुस्ता (जेनजी) आन्दोलनको कारण उत्पन्न असहज परिस्थितिले जनजीवन कठिन बनेको…
Read More
कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा(३) बमोजिम जिल्लाभर लागु हुनेगरी शनिबार निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका हुन् । प्रजिअ लम्सालले जारी गरेको आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकाय कार्यालय र परिसर, अत्यावश्यक वस्तु सेवा आपूर्तिका स्थलहरु, मठ, मन्दिर तथा मुख्य बजार केन्द्रहरुमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ। निषेधित क्षेत्रमा कुनै प्रकारको हुलदंगा, अशान्ति हुने गरी हातहतियार, घरेलु हतियार, लाठी जस्ता सामाग्री लिएर विरोध र्‍याली, सभा तथा जुलुस गर्न नपाउने, कुनै व्यक्ति वा राजनैतिक दलका पार्टी कार्यालयमा…
Read More