17
Nov
कञ्चनपुरः कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र निर्धारण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्थानीय तह विशेष पकेट क्षेत्र निर्धारण गरेर बाली र पशुपन्छी विशेष कार्यक्रम सञ्चालन गरेको हो। यहाँ स्थानीय तहहरुलाई उत्पादनका दृष्टिले भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्र निर्धारण गरिएको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सुचना अधिकारी धर्म साउँले चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह विशेष पकेट क्षेत्रअनुसार प्रत्येक स्थानीय तहका लागि ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ। विज्ञापन त्यसैगरी बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र…






