03
Jan
हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा उद्घाटनसत्र आज सम्पन्न भएको छ । विभिन्न सरोकालाहरुको सहभागितामा उक्त साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका हाल धनगढी उप महानगरपालिका , गोदावरी न.पा. , गौरीगंगा न.पा. र कैलारी गा.पा. कार्यक्षेत्र रहेको समेत जानकारी गराइएको छ । संस्थाले कैलारी गाँउपालिकाको विसनपुरमा आफ्नै १२ कठ्ठा जमिनमा विउ प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारीमा समेत रहेको व्यवस्थापकद्धारा प्रस्तुत वित्तिय विवरणमा जानकारी गराइयो । संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३…






