Skip to main content

धनगढी न्यूज

Breaking News 1

ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'बेस्ट फ्रेन्ड' भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही दिनयता आफ्ना मित्रसँग रूष्ट देखिन्छन्। पुटिनले युद्ध रोक्न अस्वीकार गर्दै युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि दिक्क भएका ट्रम्पले केही दिनयता उनीविरूद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। पुटिनले युक्रेनी सहरहरूमा मिसाइल र ड्रोन प्रहार गरेर अनावश्यक रूपमा मान्छे मारिरहेको औंल्याउँदै ट्रम्पले गत आइतबार उनलाई 'पागल' समेत भने। 'उनले धेरै मानिस मारिरहेका छन्,' ट्रम्पले भने, 'मलाई थाहा छैन, उनलाई के भएको छ।' पुटिनले त्यसपछि पनि युक्रेनमाथि प्रहार गर्न नरोकेपछि ट्रम्पले सोमबार भने, 'पुटिनले के महसुस गरेका छैनन् भने म नभएको भए रूसलाई धेरै नराम्रो भइसक्थ्यो। मेरो मतलब अत्यन्तै नराम्रो! उनी आगोसँग खेलिरहेका छन्।'पुटिनसँग ट्रम्पको मित्रता उनी राष्ट्रपति हुनुअघिदेखिको हो। उनीहरूको यो सम्बन्धलाई पुरूषहरूबीचको घनिष्ठ मित्रता जनाउने 'ब्रोमान्स' भनिन्छ। राजनीतिमा आउनुअघि ट्रम्प रियल स्टेट व्यापारी र रियालिटी…
Read More
सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्।सेतोपतो बाट साभार
Read More
धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माण गर्न बजेट विनियोजन

धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माण गर्न बजेट विनियोजन

धनगढी : नेपाल सरकारले धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको हो। सरकारले आगामी आर्थिक वर्षमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फाप्लासहित देशका चार वटा रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। उनले फाप्लासहित काठमाडौंको मूलपानी मोरङको गिरिजाप्रसाद क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला निर्माण गर्न ४२ करोड विनियोजन गरिएको बताए। फाप्लामा क्रिकेट मैदान निर्माण गर्न ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समिति’ गठन गरिएको छ।दिनेश खबर बाट साभार
Read More
काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडियो

काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडियो

काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडिएको छ।बिहीबार काठमाडौंमा राजसं‌स्था पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा घुसपैठ गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पाँचै जनालाई छाडिएको छ। दुई जनालाई विद्युत प्राधिकरण अगाडि, एक जना शान्तिबाटिका र दुई जना भोटाहिटीबाट नियन्त्रणमा लिइएको थियो। तीन जनालाई समितिको तर्फबाट प्रदर्शन गर्ने कार्यकर्ताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।सेतोपती बाट साभार
Read More
‘१७ वर्ष अघि र पछिको परिस्थिति तुलना गरेर हेरौँ न, उपलब्धि प्रष्ट देखिन्छ’

‘१७ वर्ष अघि र पछिको परिस्थिति तुलना गरेर हेरौँ न, उपलब्धि प्रष्ट देखिन्छ’

लुम्बिनी : चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेको करिब १० महिना भएको छ। देशका मुख्य दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएका मुख्यमन्त्री आचार्यले शुरुदेखि नै सुशासन, पारदर्शिता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन।   उनलेसुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवा प्रवाहलाई अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पुर्‍याउने सङ्कल्प राखेका  छन्। प्रस्तुत छ, निरङ्कुश राजतन्त्रको अन्त्य गरेर जनताको शासन स्थापित गरेको दिन गणतन्त्र दिवसका अवसरमा समग्र प्रदेशको अवस्था र गणतन्त्रमा जनताका अधिकार स्थापित गर्ने, संविधान र संघीयता कार्यान्वयनको अवस्था र दलहरूको प्रतिवद्धतालगायतका विषयमा गरिएको कुराकानी-…
Read More
निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली

निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम भन्ने बहसको विषय नै होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रको तुलना नै नहुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नै नभएको बताए। राज्यका जिम्मेवारीमा रहेकाहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने, गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता राष्ट्रका चुनौती भए पनि हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नहुने प्रधानमन्त्री ओलीको तर्क छ। ‘निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन’, उनले भने, ‘राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने  धेरै कुरा हुन सक्छन्। गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका…
Read More
आगामी आवको वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसम्बन्धी सुझाव माग

आगामी आवको वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयसम्बन्धी सुझाव माग

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा प्रदेशसभाका सांसदहरूसँग सुझाव माग गरेका छन्। बुधवार धनगढीमा आयोजित आगामी आवको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रदेशसभाका सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले आवश्यक सुझाव पेस गर्न माग गरेका हुन्। वार्षिक नीति तथा कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशसभाका सांसदद्वारा आएका सुझावमा आधारित भएर सुदूरपश्चिम सरकारको तर्फबाट आगामी आवको नीति तथा कार्यक्रम ल्याउने भएकाले यथाशीघ्र सुझाव उपलब्ध गराउन अनुरोध गरे। उनले सुदूरपश्चिमका नागरिकको माग र चाहना अनुरुप दिगो विकासका लक्ष्य हासिल गर्न प्रदेश सरकार लागिपरेको बताए। मुख्यमन्त्री शाहले जनताले प्रत्याभूत गर्नसक्ने र सबै सांसदले अपनत्व लिने किसिमले नीति तथा कार्यक्रम…
Read More
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान…
Read More
धनगढी-अत्तरिया ६ लेन सडककाे मनहराखाेलामा चार वर्षसम्म पुल बनेन

धनगढी-अत्तरिया ६ लेन सडककाे मनहराखाेलामा चार वर्षसम्म पुल बनेन

धनगढी : कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा पर्ने मनहराखोलामा पुल निर्माणले गति लिन सकेको छैन । बजेट अभावका कारण पुल निर्माणले गति नलिएको बताइएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अगाडि निर्माणाधीन पुलको काम ६० प्रतिशत काम पूरा भएको छ । चालु आर्थिक वर्षमा पुल निर्माणका लागि पर्याप्त बजेट नआएका कारण निर्माण कार्यले तीव्रता नलिए पनि निर्माण कम्पनीले काम जारी राखेको महाकाली पुल योजना कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार यस आर्थिक वर्षमा पुलका लागि एक करोड ३५ लाख बजेट आएको सबै रकम भुक्तानी दिइसकेको इन्जिनियर सन्तोष चन्दले बताए। उनले अझै एक करोड रुपियाँ रकम भुक्तानी दिन बाँकी रहेको बताए। आर्थिक…
Read More
प्रतिनिधिसभा बैठक : आज पनि अवरोध, आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभा बैठक : आज पनि अवरोध, आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्ष दलले विरोध जनाएको छ। बैठक सुरू हुने बित्तिकै प्रतिपक्ष दलहरूले उभिएर विरोध जनाएका हुन्।   सभामुखले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे।  भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन्। मंगलबार पनि प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका थिए। जसले गर्दा मंगलबार बैठक स्थगित भएको थियो।थाहा खबर बाट साभार  
Read More