Skip to main content

धनगढी न्यूज

Breaking News 1

लखनउलाई हराएको आरसीबी पहिलो क्वालिफायरमा

लखनउलाई हराएको आरसीबी पहिलो क्वालिफायरमा

लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्समाथि ६ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालिफायरमा पुगेको छ।   खनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा २ सय २८ रनको विशाल लक्ष्य आरसीबीले १८ दशलमव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आरसीबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले। कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे। मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे। पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको…
Read More
गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू )

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू )

मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । १३ जेठ, काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनलगायतले प्रदर्शन गरेका छन् । मंगलबार माइतीघरमण्डलमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त रुपमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख…
Read More
धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र (तस्वीरहरू)

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र (तस्वीरहरू)

१३ जेठ, धादिङ। थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् । पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् । पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् । जसकारण हिँडेर पुल क्रस गरेर केही यात्रुहरु भने पारि तर्फका गाडी चढेर गन्तव्यमा जाने तरखरमा अघि बढेका छन् । पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश…
Read More
बाजुरामा टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

बाजुरामा टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

धनगढी : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ। जिल्लाकाे जगन्नाथ गाउँपालिका-२ काँडाकाेटमा टेलिकमकाे बा ५ च २२०९ नम्बरकाे जिप दुर्घटना भएकाे हाे। जिल्ला प्रहरी कार्यालय, बाजुराले दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे बताएकाे छ। दुई जना घाईते छन। उनीहरूकाे पहिचान भएकाे छैन। ११ जनाकाे प्रहरी टाेली घटना स्थलमा पुगेकाे छ। दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचानका लागि समेत प्रहरीलाई समस्या भएकाे छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।दिनेश खबर बाट साभार
Read More
प्रतिनिधिसभामा रास्वपाको विरोध नारा : ‘गृहमन्त्री राजीनामा देउ’

प्रतिनिधिसभामा रास्वपाको विरोध नारा : ‘गृहमन्त्री राजीनामा देउ’

काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।   गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतका दलले अवरोध गरेका हुन्। बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्। बैठकमा रास्वपा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।थाहा खबर बाट साभार
Read More
सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयको बिधेयक प्रतिनिधि सभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक सर्वसम्मत पारित भएको हो । यसअघि १३ चैतमा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको थियो । शिक्षामन्त्री पन्तका अनुसार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सह-कुलपति रहनेछन् । विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुनेछन् ।  विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् । तर, कुलपतिको भूमिका दीक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ । यसबाहेक विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र…
Read More
नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमणि अवस्थीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । इष्टु जिल्ला कार्य समिति कैलालीको आयोजनामा सम्पन्न कार्यक्रमवीच लामो समयदेखि शैक्षिक , राजनैतिक , स्वास्थ्य लगायत अन्य क्षेत्रमा योगदान पुगाएका व्यक्तित्वलाई सम्मान समेत गरिएको छ । यसैगरी २०८२ सालको कक्षा ८ को धनगढी नगरस्तरिय परीक्षामा ४.० जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री माननिय प्रकाश देउवा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विभिन्न…
Read More
सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।
Read More
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ। दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याईदैछ। परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आइतवार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पुरै क्षतिग्रस्त भएको छ। बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडीभित्रबाट शाहसहितका घाईतेहरूलाई बाहिर निकालेका…
Read More
सुनको मूल्य तोलामा  सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ। मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।   त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।दिनेश खबर बाट साभार  
Read More