18
Jun
धनगढी : कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो।कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ। चालु आर्थिक वर्षको साउनमा ५७ करोड ५०…






