04
Mar
सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै गएको छ। जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्। अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन्। पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए। यो वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ। उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म र तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ। उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा…






